सिद्धार्थनगरको बजेट पारित « Khabarhub

सिद्धार्थनगरको बजेट पारित


२६ असार २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

भैरहवा- रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाको अगामी आर्थिक वर्ष २०८०/०८१ का लागि विनियोजित बजेट, नीति तथा कार्यक्रम सर्वसम्मतले पारित भएको छ ।

नगरपालिकाको १३औं नगर सभाको असार १० गते बसेको पहिलो बैठकले आर्थिक वर्ष २०८०/०८१ का लागि नगर उपप्रमुख उमा अधिकारीले प्रस्तुत गरेको एक अर्ब १३ करोड बढी रुपैयाँ बजेट दोस्रो बैठकमा छलफल पछि सर्वसम्मतले पारित भएको सिद्धार्थनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवराज पौड्यालले बताए ।

जस अनुसार चालु तर्फ ५८ करोड ६ लाख ८० हजार सात सय ४ रुपैयाँ र पुँजीगत तर्फ ५५ करोड ३४ लाख ६१ हजार २ सय ९६ रुपैयाँको बजेट प्रस्तुत भएको थियो ।

यस्तै नगर प्रमुख इश्तियाक अहमद खानले प्रस्तुत गरेको नीति तथा कार्यक्रम पनि छलफल पछि संसोधन सहित सभाले सर्वसम्मतले पारित गरेको हो ।

यस्तै सभाको असार २६ गते बसेको तेस्रो बैठकले संगठन तथा व्यवस्थापन सर्वेक्षण, न्यायिक समिति, लेखा समितीको प्रतिवेदन छलफपछि सर्वसम्मतले पारित गरेको छ ।

सभामा पेश भएको कर्मचारी व्यवस्थापन विधेयक तथा शिक्षा ऐन, २०७४ संसोधन विधेयकमा नगर सभा सदस्यले अध्ययनको माग गरेपछि हिउँदो अधिवेशनमा पुनः पेश गर्ने गरी नगर सभाको १३ औँ अधिवेशन समापन भएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पौड्यालले बताए ।

प्रकाशित मिति : २६ असार २०८०, मंगलबार  ६ : ३७ बजे

कर्णाली प्रदेशसभा : ३५ अर्ब ३९ करोड बजेट प्रस्तुत

कर्णाली – कर्णाली प्रदेश सरकारले राजस्व र व्ययको वार्षिक अनुमानसहितको

हराएका सीमा स्तम्भ खोजी गरी पुनःस्थापना गरिने

कञ्चनपुर – नेपाल–भारत सीमा समन्वय समितिको बैठक यहाँ सम्पन्न भएको

परराष्ट्रमन्त्री खनाल र सिपिसीका नेता लिउबीच भेटवार्ता

काठमाडौं – चीनको औपचारिक भ्रमणमा रहेका परराष्ट्रमन्त्री एवं राष्ट्रिय स्वतन्त्र

सांसद खुश्बु ओलीको चरित्र हत्या गरेको आरोपमा एक जना पक्राउ

काठमाडौं – प्रतिनिधि सभा सदस्य खुश्बु ओलीको चरित्रहत्या गरेको आरोपमा

राधास्वामीका आश्रित भोकै, महानगर भन्छ : सिस्टम फेरिएकाले खुवाउन सकेनौँ, आन्दोलन जरूरी थिएन

काठमाडौं- कीर्तिपुरको राधास्वामीस्थित सुकुम्वासी होल्डिङ सेन्टरको मूल गेटमा सुत्केरी, बालबालिका,