सिद्धार्थनगरको बजेट पारित « Khabarhub

सिद्धार्थनगरको बजेट पारित


२६ असार २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

भैरहवा- रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाको अगामी आर्थिक वर्ष २०८०/०८१ का लागि विनियोजित बजेट, नीति तथा कार्यक्रम सर्वसम्मतले पारित भएको छ ।

नगरपालिकाको १३औं नगर सभाको असार १० गते बसेको पहिलो बैठकले आर्थिक वर्ष २०८०/०८१ का लागि नगर उपप्रमुख उमा अधिकारीले प्रस्तुत गरेको एक अर्ब १३ करोड बढी रुपैयाँ बजेट दोस्रो बैठकमा छलफल पछि सर्वसम्मतले पारित भएको सिद्धार्थनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवराज पौड्यालले बताए ।

जस अनुसार चालु तर्फ ५८ करोड ६ लाख ८० हजार सात सय ४ रुपैयाँ र पुँजीगत तर्फ ५५ करोड ३४ लाख ६१ हजार २ सय ९६ रुपैयाँको बजेट प्रस्तुत भएको थियो ।

यस्तै नगर प्रमुख इश्तियाक अहमद खानले प्रस्तुत गरेको नीति तथा कार्यक्रम पनि छलफल पछि संसोधन सहित सभाले सर्वसम्मतले पारित गरेको हो ।

यस्तै सभाको असार २६ गते बसेको तेस्रो बैठकले संगठन तथा व्यवस्थापन सर्वेक्षण, न्यायिक समिति, लेखा समितीको प्रतिवेदन छलफपछि सर्वसम्मतले पारित गरेको छ ।

सभामा पेश भएको कर्मचारी व्यवस्थापन विधेयक तथा शिक्षा ऐन, २०७४ संसोधन विधेयकमा नगर सभा सदस्यले अध्ययनको माग गरेपछि हिउँदो अधिवेशनमा पुनः पेश गर्ने गरी नगर सभाको १३ औँ अधिवेशन समापन भएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पौड्यालले बताए ।

प्रकाशित मिति : २६ असार २०८०, मंगलबार  ६ : ३७ बजे

दश घण्टापछि कुमार बेनको घरबाट बाहिरिए बालेन

ललितपुर– काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ललितपुर तरेको १० घण्टापछि

प्रेस चौतारी अध्यक्ष पाण्डेलाई संकट, संगठनका २३ नेतृले कसे मोर्चा

काठमाडौं- नेकपा एमालेको भ्रातृसंगठन राष्ट्रिय युवा संघका नेता मञ्जिब क्षेत्रीलाई

जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता भिनाटियरबारे रूसी प्रस्ताव, रिहाइको सम्भावना बढ्यो

एजेन्सी – मस्कोले जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता लरेन्ट भिनाटियरको बारेमा

बरियारपट्टी छोटी भन्सार स्तरोन्नतिको माग गर्दै अर्थमन्त्रीलाई ज्ञापनपत्र

सिरहा– सिरहाको बरियारपट्टी गाउँपालिका–३ मा रहेको छोटी भन्सार कार्यालय बन्द