मानव बेचबिखन गर्ने गिरोहका नाइके पक्राउ « Khabarhub

मानव बेचबिखन गर्ने गिरोहका नाइके पक्राउ


२५ भाद्र २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


468
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अमेरिका पठाइदिने भन्दै विभिन्न प्रलोभनमा पारी मानव बेचविखन गर्ने गिरोहका नाइके पक्राउ परेका छन्  ।

रूकुम पूर्व सिस्ने गाउँपालिका-४ नाथीगाड जन्मस्थान भई हाल अमेरिकाको टेक्सासमा बसोबास गर्दै आएका अमेरिकी नागरिक ५२ वर्षीय मृदुल भन्ने हस्त गौतमलाई  प्रहरीले पक्राउ गरेको छ ।

नेपाली नागरिकहरूलाई युएई (दुबई), थाइल्याण्ड, फिलिपिन्स, जाम्बीया, सिंगापुर, हङकङ लगायतका देशहरूमा पुर्‍याई राहदानी, मोबाइल समेत जफत गरी थप पैसा माग गर्ने, एजेन्टले भनेजति पैसा नदिएमा शारीरिक मानसिक यातना दिने, विदेशमा रहेका एजेन्टहरूलाई बेचविखन गर्ने, बुझाउने जस्ता क्रियाकलाप गरी अलपत्र पार्ने कार्यमा संलग्न उनलाई मानव बेचविखन अनुसन्धान ब्युरोबाट खटिएको प्रहरीले रूपन्देही बेलहियाबाट पक्राउ गरेको हो ।  

यसअघि पक्राउ कमल तामाङ समेत भएको मानव बेचविखन तथा ओसारपसार र संगठित अपराधमा ५ वटा मुद्दा दर्ता भई उक्त कसूरमा संलग्न ३ जना अभियुक्तहरू पक्राउ परी अनुसन्धान भइरहेकोमा उक्त कसूरमा निज हस्त गौतम प्रमुख योजनाकार रहेको खुल्न आएको हो ।

उनले मेक्सिकोमा बेस बनाई विश्वासिला ५ जना एजेन्टलाई नेपाल, दुबई, सिंगापुर, फिलिपिन्स, थाइल्याण्ड, श्रीलंका, कोलम्बीया, लेटिन अमेरिका लगायतका देशहरूमा परिचालन गरेको र पीडितहरूबाट विभिन्न मितिमा अमेरिका पठाइदिने भन्दै अन्य एजेन्टहरू समेतलाई परिचालन गरी २ करोड भन्दा बढी पैसा लिइसकेको खुल्न आएको छ । 

गौतम समेतको संलग्नता भएको उक्त मुद्दामा जम्मा ६ जना पीडितहरू रहेको र २ जना पीडितको उद्धारको लागि सम्बन्धित निकायसँग आवश्यक समन्वय भइरहेको सो ब्युरोले जनाएको छ ।

उनीउपर जिल्ला अदालतबाट ७ दिन म्याद अनुमति लिई मानव बेचबिखन, ओसारपसार तथा संगठित अपराध मुद्दामा थप अनुसन्धान भइरहेको छ । 

प्रकाशित मिति : २५ भाद्र २०८०, सोमबार  २ : ५७ बजे

विमानस्थलबाट एक महिनामा सुनसहित ४५ पक्राउ

काठमाडौँ – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट प्रहरीले एक महिनाको अवधिमा एक

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा भयो १४ अर्ब ५६ करोड

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पछिल्लो २४ घण्टामा

युक्रेनमाथि रुसको आक्रमण

काठमाडौँ । रुसी सेनाले बुधबार राति युक्रेनमा ठुलो मात्रामा आक्रमण

अनेरास्ववियुका चेतन अयडीको हत्या प्रकरण : ६ जनालाई जन्मकैद, १८ जनालाई सफाइ

काठमाडौँ । बाजुराका चेतन अयडीको हत्या आरोपमा ६ जनालाई जन्म

बागमतीमा १३४ दरबन्दी घटाउने मन्त्रिपरिषद्को निर्णय

हेटौँडा – बागमती प्रदेश सरकारले प्रदेशअन्तर्गतका कार्यालय तथा निकायको सङ्गठन