विभिन्न स्थानबाट लागूऔषधसहित १४ जना पक्राउ | Khabarhub Khabarhub

विभिन्न स्थानबाट लागूऔषधसहित १४ जना पक्राउ


२५ भाद्र २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– देशका विभिन्न स्थानबाट लागूऔषधसहित १४ जना पक्राउ परेका छन् । काठमाडौंको तारकेश्वर नगरपालिका-८ जरङ्खुबाट अवैध लागूऔषध गाँजा ३ सय ग्रामसहित सोही ठाउँ बस्ने ५४ वर्षीया उषा बस्नेत समेत ८ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

सोही ठाउँ बस्ने नुवाकोट तारकेश्वर गाउँपालिका-५ घर भएकी २४ वर्षीया सुमित्रा ढुङ्गानाको कोठामा लागूऔषध बेचबिखन भइरहेको भन्ने विशेष सूचनाको आधारमा प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त गाँजासहित पक्राउ गरेको हो । 

बाराको निजगढ नगरपालिका-९ सिम्रिस्थित जंगलबाट अवैध लागूऔषध गाँजा ५ किलोसहित ३ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा मकवानपुर बकैया गाउँपालिका-९ बस्ने २८ वर्षीय सुजन घलान, मकवानपुरगढी गाउँपालिका-१ बस्ने २६ वर्षीय गणेश बहादुर बन्जन, रौतहट चन्द्रपुर नगरपालिका-३ बस्ने ३४ वर्षीय छबीलाल स्याङताङ रहेका छन् ।

ना.४५ प ३४३ नम्बरको मोटरसाइकलमा सवार सुजन र गणेशले उक्त गाँजा छबीलाललाई बिक्री गर्न लागेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय निजगढबाट खटिएको प्रहरीले उक्त गाँजासहित तीनै जनालाई पक्राउ गरेको हो । 

सुर्खेतको बीरेन्द्रनगर नगरपालिका-४ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४० मिलिग्रामसहित सोही ठाउँ बस्ने ३७ वर्षीय कमल मल्ललाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो सुर्खेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । 

बर्दियाको बढैयाताल गाउँपालिका-२ फुटाहाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ सय १० मिलिग्रामसहित २ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बाँके खजुरा गाउँपालिका-३ धौलागिरी बस्ने  २५ वर्षीय पुष्कर सिरिश र १९ वर्षीय किरण थापा मगर रहेका छन् । प्रहरी चौकी जमुनीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

 

प्रकाशित मिति : २५ भाद्र २०८०, सोमबार  ३ : २७ बजे

गण्डकीको बजेट ३१ अर्ब ९८ करोड 

पोखरा– गण्डकी प्रदेश सरकारले आगामी आवका लागि ३१ अर्ब ९७

विपद् जोखिमलाई दृष्टिगत गर्दै तयारीमा जुट्न मुख्यमन्त्री पाण्डेको आग्रह

गण्डकी– गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सम्भावित विपद् जोखिमलाई दृष्टिगत

उखु उत्पादक किसानलाई १ अर्ब ६० करोड रुपैयाँ अनुदान उपलब्ध गराउन माग

काठमाडौं– नेपाल किसान महासङ्घ र अखिल नेपाल किसान महासङ्घले उखु

भिजिट भिसा प्रकरणमा हामीले ल्याएको प्रस्तावबाट रास्वपा पछि हट्यो : सचेतक घिमिरे

काठमाडौं– नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले भिजिट भिसा प्रकरणमा

भारतमा कोरोना संक्रमणबाट थप १० जनाको मृत्यु, मृतकको संख्या ९७ पुग्यो 

काठमाडौं– भारतमा कोरोना संक्रमणबाट थप १० जनाको मृत्यु भएको छ