दिनभर आज: यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचारहरू | Khabarhub Khabarhub

दिनभर आज: यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचारहरू


२५ भाद्र २०८०, सोमबार  

पढ्न लाग्ने समय : 3 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

दिनभर आजमा तत्काललाई विद्युत् आपूर्ति नरोक्न प्रधानमन्त्री प्रचण्डको निर्देशन, गृह मन्त्रालयका १० जना सहसचिवको जिम्मेवारी हेरफेर, राप्रपाले भदौ २७ गते काठमाडौँमा विरोधसभा गर्ने, चिनियाँ राजदूतको विवादास्पद अभिव्यक्तिविरुद्ध काठमाडौँमा प्रदर्शन, धरौटी तिर्न नसकेपछि अरूणकुमार श्रेष्ठ कारागार चलान, कोशीको मुख्य न्यायाधिवक्तामा आचार्य नियुक्तलगायतका समाचारले प्रमुख स्थान पाए ।

गृह मन्त्रालयका १० जना सहसचिवको जिम्मेवारी हेरफेर

गृह मन्त्रालयले १० जना सहसचिवको जिम्मेवारी हेरफेर गरेको छ ।

गृहले अध्यागमन विभागको महानिर्देशकमा सहसचिव रूद्रसिंह तामाङको सरूवा गरेको छ। यसअघिका महानिर्देशक झलकराम अधिकारीको मन्त्रालयमा सरूवा भएको थियो।

धरौटी तिर्न नसकेपछि अरूणकुमार श्रेष्ठ कारागार चलान
ललिता निवास प्रकरणमा एक जना पक्राउ परेका अभियुक्तले धरौटी तिर्न नसकेपछि कारागार चलान भएका छन्।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश भोलानाथ ढकालको इजलासले आइतबार पक्राउ परेका १८ जनालाई नै रिहा गर्न आदेश दिएको थियो। एक जनालाई साधारण तारेख र १७ जनासँग धरौटी माग गरेको थियो।

१३ देशका कूटनीतिक नियोग प्रमुखसँग प्रधानमन्त्रीको अन्तर्क्रिया
वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिक तथा कामदारहरू र उनीहरूले भोग्नुपरेका समस्या र त्यसको समाधानमा केन्द्रित रहेर २ दिने उच्चस्तरीय अन्तर्क्रिया आज सुरू भएको छ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले श्रम आप्रवासन सम्बन्धी समस्याहरू र तिनको सम्बोधनमा केन्द्रित रहेर विदेशस्थित नेपाली कूटनीतिक नियोगका प्रमुखहरूसँग अन्तर्क्रिया गरेका हुन् ।

तत्काललाई विद्युत् आपूर्ति नरोक्न प्रधानमन्त्री प्रचण्डको निर्देशन

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले डेडिकेटेड फिडर र ट्रङ्क लाइनको महशुलका सम्बन्धमा देखिएको विवाद समाधान गर्न अध्ययन भइरहेकाले यसबारे निर्क्यौल नभएसम्म उद्योगमा आपूर्ति भइरहेको विद्युत बन्द नगर्न नेपाल विद्युत प्राधिकरणलाई निर्देशन दिएका छन् ।

यसैबीच प्रधानमन्त्री ‘प्रचण्ड’ले पाँच वर्षसम्म वर्तमान गठबन्धनकै सरकार चल्ने बताएका छन्।

सोमबार हुने विराटनगरमा समाजवादी मोर्चाको कार्यक्रमका लागि सवराटनगर पुगेका प्रधानमन्त्री दाहालले विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै दलीय गठबन्धननै चल्ने बताएका हुन्।

सरकार टिकाउन होइन भ्रष्टाचारविरुद्ध लागेको छु : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफू सरकार टिकाउन नभएर भ्रष्टाचारविरुद्ध लागेको बताएका छन् ।

सोमबार विराटनगरमा समाजवादी मोर्चा नेपालले आयोजना गरेको सन्देश सभालाई सम्बोधन गर्दै उनले आफूलाई सरकार कतिन्जेल टिक्छ भन्नेमा चिन्ता नभएको भन्दै भ्रष्टाचारविरुद्ध लागेको बताएका हुन् ।

कोशीको मुख्य न्यायाधिवक्तामा आचार्य नियुक्त

कोशी प्रदेशको मुख्य न्यायाधिवक्तामा गजेन्द्र आचार्य नियुक्त भएका छन् ।

सोमबार प्रदेश प्रमुख प्रशुराम खापुङले मुख्यमन्त्री हिक्मत कुमार कार्कीको सिफारिसमा नेपालको संविधानको धारा १६० को उपधारा २ बमोजिम मुख्य न्यायाधिवक्तामा गजेन्द्र आचार्यलाई नियुक्त गरेको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।

राष्ट्रपति पौडेल र सामसुङ कम्पनीका ग्लोबल प्रेसिडेन्टबीच भेटवार्ता
राष्ट्रपति रामचन्द्र पौडेलसँग कोरियाको सामसुङ कम्पनीका ग्लोबल प्रेसिडेन्ट सिउङ ही पार्कले आज शिष्टाचार भेटवार्ता गरेका छन् । सो भेटमा राष्ट्रपति पौडेलले कोरियाले गरेको विकासको प्रशंसा गर्दै सूचना प्रविधिका विभिन्न पक्षमा चासो राखेका थिए ।

राप्रपाले भदौ २७ गते काठमाडौँमा विरोधसभा गर्ने
राष्ट्रिय प्रजातन्त्र पार्टीले भदौ २७ गते काठमाडौमा वृहत विरोधसभा गर्ने भएको छ ।

सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै राप्रपाले देशद्रोहीविरुद्ध विरोधसभा गर्न लागिएको जनाएको हो । भ्रष्टाचारमा संलग्न उच्च राजनीतिक नेतृत्वलाई छानबिनको दायरामा ल्याउन, सुन तस्करीलगायतका भ्रष्टाचार काण्डमा संलग्नको पूर्ण छानबिन गर्नका लागि दबाब दिनका लागि विरोधसभाको आयोजना गर्न लागिएको राप्रपाले जनाएको छ ।

सुशासनको बाटोतर्फ लाग्ने काम गर्न सरकारलाई ओलीको सुझाव
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जनताको समस्या समाधान गरेर सुशासनको बाटोतर्फ लाग्ने काम गर्न सरकारलाई सुझाव दिएका छन् ।

सोमबार ललितपुरमा तेजाब आक्रमण विरुद्धको जागरण दिवसमा अवसरमा पार्टीले आयोजना गरेको कार्यक्रममा ओलीले अहिले सरकारले स्टन्डबाजीमात्रै गरेको भन्दै स्टन्डबाजी छाडेर जनताको समस्या समाधान गरेर सुशासनको बाटोतर्फ लाग्ने काम गर्न सरकारलाई सुझाव दिएका हुन् ।

नेपालको नयाँ नक्शाप्रति समर्थन जनाउन चीनलाई एमाले महासचिव पोखरेलको आग्रह
नेकपा (एमाले)का महासचिव शंकर पोखरेल र चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी)का विदेश विभाग प्रमुख लिउ जियनचाओबीच भेटवार्ता भएको छ । सोमबार बेइजिङमा महासचिव पोखरेल र सीपीसीका विदेश विभाग प्रमुख लिउबीच भेटवार्ता भएको हो ।

नेपालको सूचना प्रविधि क्षेत्रलाई थप परिष्कृत गर्न आवश्यक: उपराष्ट्रपति
उपराष्ट्रपति राम सहाय प्रसाद यादवले नेपाल सूचना प्रविधिको विकाससँग जोडिसकेकाले अब यो क्षेत्रलाई थप परिष्कृत र सुसंस्कृत बनाई उन्नत प्रविधिहरूको प्रयोग गर्दै अगाडि बढ्नुपर्ने बताएका छन् ।

नेपाललाई युक्रेन बनाउन खोजियो :महासचिव विप्लव

नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवले नेपाललाई युक्रेनको अवस्थामा लैजान खोजेको भन्दै आपत्ति जनाएका छन् ।

सेयर बजारमा ४४.३० अंकको वृद्धि

आइतबार बढेको सेयर बजारले सोमबार पनि निरन्तरता दिएको छ । यस दिन नेप्से सूचक ४४.३० विन्दुले बढेर १९८६.९९ अंकमा आइपुगेको छ ।

४ कम्पनी सकारात्मक सर्किट लेबलमा कारोबार हुँदा १ अर्ब ५१ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ

चिनियाँ राजदूतको विवादास्पद अभिव्यक्तिविरुद्ध काठमाडौँमा प्रदर्शन
राष्ट्रिय एकता अभियानले नेपालका लागि चिनियाँ राजदूत चेङ सोङको विवादास्पद अभिव्यक्तिविरुद्ध नाराबाजी गर्दै काठमाडौँमा र्‍याली निकालेको छ ।

प्रदर्शनकारीले चिनियाँ राजदूतलाई फिर्ता गर, चिनियाँ बिस्तारवाद मुर्दावाद, आन्तरिक मामिलामा हस्तक्षेप बन्द गर, ऋणजाल चाहिदैन, देश डुबाउन पाइदैन जस्ता नारा लगाएका थिए ।

काठमाडौँ महानगरद्वारा तत्काल गर्नुपर्ने कामको सूची सार्वजनिक

काठमाडौँ महानगरपालिकाले चालु आर्थिक वर्षमा तत्काल थाल्नुपर्ने ७१ वटा कामको सूची सार्वजनिक गरेको छ ।

महानगरका प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारीले कामको सूची सार्वजनिक गर्दै कुनै कारणले पनि निर्धारित कार्यक्रममा ढिलाइ नगर्न सबै विभागीय प्रमुखलाई निर्देशनसमेत दिएका छन् ।

प्रकाशित मिति : २५ भाद्र २०८०, सोमबार  ९ : ०० बजे

कोशीमा नयाँ सरकार गठनको आह्वान

काठमाडौं – कोशी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङले नयाँ सरकार

सबैखाले विपद्बाट क्षति भएका घरको पुनःनिर्माण गर्न सरकारले अनुदान दिने

ललितपुर – अबदेखि सबैखाले विपद्बाट क्षति भएका घरको पुनःनिर्माणका लागि

महाकाली नदीको टापुमा ट्र्याक्टरसहित थुनिए मजदुर

कञ्चनपुर – कञ्चनपुरको महाकाली नदीमा नदीको बहाव बढेपछि नदीजन्य पदार्थ

राति मेघगर्जन, चट्याङ्ग र हावाहुरी सहित वर्षाको सम्भावना

काठमाडौं – हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको

लेखन कुञ्जद्वारा समाजसेवी महिलालाई सम्मान

काठमाडौं- मातातीर्थ औँसी २०८१ का अवसरमा लेखन कुञ्जले समाजसेवी महिलालाई