एमालेको मधेस प्रदेश अधिवेशन आजदेखि « Khabarhub

एमालेको मधेस प्रदेश अधिवेशन आजदेखि


२४ आश्विन २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

धनुषा– नेपाल कम्युनिष्ट पार्टी (एमाले) मधेस प्रदेशको आजदेखि जनकपुरधाममा हुन लागेको प्रथम प्रदेश अधिवेशनको सबै तयारी पूरा भएको छ ।

आज अधिवेशनको उद्घाटन हुने र बिहीबार बन्दसत्र हुने एमाले मधेस इन्चार्ज योगेश भट्टराईले जानकारी दिए । पार्टी अध्यक्ष केपी शर्मा ओलीले जनकपुरमा मधेस प्रदेशको पहिलो अधिवेशनको उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

उनले मधेस प्रदेशको पार्टी कार्यालय ‘मिथिला भवन’ को पनि शिलान्यास गर्ने जनाइएको छ । मधेस प्रदेशका इन्चार्ज एवम् केन्द्रीय सचिव योगेश भट्टराईले आठ जिल्लाका ३६ वटै पालिका, विभिन्न जनवर्गीय सङ्गठन सहितका निकायबाट गरेर एक हजार २७ प्रतिनिधि अधिवेशनमा सहभागी हुने जानकारी दिए।

अधिवेशनको उद्घाटन सत्रमा सात हजार एमाले नेता कार्यकर्ताको सहभागिता रहने र अधिवेशनको समुचित व्यवस्थापनका लागि एक सय पाँचजना स्वयंसेवक परिचालन गरिने जानकारी दिँदै उनले अधिवेशनको सुरक्षा, आवास, भोजन, सांस्कृतिक कार्यक्रम तथा स्वयंसेवक परिचालन सहितको सम्पूर्ण कार्य पूरा भएको बताए ।

प्रदेश अधिवेशन तयारी समितिका संयोजकसमेत रहेका प्रदेश अध्यक्ष रामअवतार यादवका अनुसार जनकपुरधाम उपमहानगरपालिका–४ तिरहुतियागाछीस्थित महेन्द्रनारायण निधि मिथिला सांस्कृतिक केन्द्रको हलमा हुने उद्घाटन सत्रका लागि सबै तयारी पूरा भएको छ । 

प्रदेश अधिवेशनमा लाग्ने खर्च आन्तरिक स्रोतबाट व्यवस्थापन गरिएको र त्यसका लागि प्रत्येक प्रतिनिधिबाट दुई हजार प्रवेश शुल्क तथा एमालेका प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यहरूबाट रु १०-१० हजार सहयोग लिइने अध्यक्ष यादवले बताए । 

प्रकाशित मिति : २४ आश्विन २०८०, बुधबार  २ : ०५ बजे

कञ्चनपुरमा भारतको एक करोड ९० लाख सहयोमा विद्यालय भवन निर्माण थालियो

काठमाडौं– कञ्चनपुरको भीमदत्त नगरपालिका–१० स्थित श्री महेश्वर माध्यमिक विद्यालयको नयाँ

पुरन्धरा झरना : जङ्गलको काखमा झरेको सुन्दरता, पर्यटकको बढ्दो आकर्षण

दाङ– तीनैतिर हरियाली वनले घेरिएको शान्त वातावरण । पश्चिमपट्टि कलकल

वन र पर्यावरण संरक्षणलाई प्राथमिकता दिनुपर्छ : मन्त्री चौधरी

जनकपुरधाम– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले वन, वातावरण, कृषि,

जर्मनीमा आयोजित ‘प्राइड’ उत्सवमा गराइएको भ्यान दुर्घटनामा एक जनाको मृत्यु, संदिग्धको खोजी जारी

काठमाडौं- जर्मनीको राजधानी बर्लिनमा आयोजित समिलङ्गी तेस्रोलिङ्गीको ‘प्राइड’ उत्सवलाई लक्षित

मोबाइल नदिएको निहुँमा साथीको हत्या

गण्डकी– मोबाइल नदिएको निहुँमा बागलुङको बडिगाड गाउँपालिका–१ का १७ वर्षीय