रक्षामन्त्री खड्काद्वारा पीडित सहायता कक्ष र ट्राफिक सचेतना अभियानको शुभारम्भ « Khabarhub

रक्षामन्त्री खड्काद्वारा पीडित सहायता कक्ष र ट्राफिक सचेतना अभियानको शुभारम्भ


२४ आश्विन २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

वीरेन्द्रनगर- उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले कर्णालीमा पीडित सहायता कक्ष र ट्राफिक सचेतना अभियानको शुभारम्भ गरेका छन् ।

प्रदेश प्रहरी कार्यालय सुर्खेतले ‘पीडित सहायता कक्ष’ र नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयले ‘ट्राफिक सेचनता अभियान’ को नेतृत्व गरिरहेको छ ।

पीडित सहायता कक्षको उद्घाटन गर्दै उपप्रधानन्त्री खड्काले केही महिनादेखि सुरु भएको सुरक्षित विशेष अभियान प्रभावकारी बनेकाले देशभर कार्यान्वयनमा ल्याउनुपर्ने बताए । उनले पीडितमैत्री प्रहरी सेवा प्रवाहका लागि अभियान प्रभावकारी हुने बताउँदै तल्लो तहका प्रहरी कर्मचारीसम्म यसको स्वामित्व लिने वातावरण बनाइनुपर्ने बताए ।

‘पीडितलाई हरेक दिन फोन गरेर उजुरी उपर भइरहेको प्रगतिका बारेमा जानकारी गराउनु सामान्य कुरा होइन्, यो चुनौतिपूर्ण छ’, उपप्रधानमन्त्री खड्काले भने, ‘यो अभियानलाई सफल बनाउका लागि सबै प्रहरी कर्मचारीले अभियानको स्वामित्व लिन आवश्यक छ ।’ उपप्रधानमन्त्री खड्काले जनता देशका मालिक र जनप्रतिनिधि तथा कर्मचारी सेवक हुन् भन्ने भावनाको विकास गराउन अभियानले टेवा पुर्‍याउने बताए ।

उनले पीडित बारम्बार प्रहरी कार्यालय धाउनुपर्ने बाध्यताको अन्त्य हुनु ठूलो कुरा हुने भन्दै प्रहरीले गाली गर्ने हुन् कि भन्ने मानसिकताबाट सेवाग्राहीलाई मुक्त गर्नुपर्नेमा जोड दिए ।

उपप्रधानमन्त्री खड्काले संविधानमार्फत जनता सार्वभौमसत्ता सम्पन्न भएको बताउँदै सेवा प्रवाह पनि सोहीअनुसार सेवाग्राही मैत्री बनाउनुपर्नेमा जोड दिए ।

प्रकाशित मिति : २४ आश्विन २०८०, बुधबार  ७ : १३ बजे

यस्ता छन् गगन थापाले देखेका यातायात सुधारका योजनाहरू

काठमाडौँ- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सार्वजनिक यातायात सुधारका प्रारम्भिक

महाशिवरात्रि पर्वको तयारी अन्तिम चरणमा

काठमाडौं – महाशिवरात्रिलाई लक्षित गर्दै पशुपतिनाथ मन्दिर क्षेत्रमा तयारी अन्तिम

प्रधानमन्त्री कार्कीद्वारा बङ्गलादेश सरकार र जनतालाई बधाई

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले १३औँ संसदीय निर्वाचन सफलतापूर्वक सम्पन्न

सहकारीको बचत फिर्ता गराइदिन माग गर्दै चितवनमा कांग्रेस उम्मेदवारलाई ज्ञापनपत्र

चितवन– चितवनका सहकारीपीडितहरूले आफ्नो बचत रकम फिर्ताका लागि पहल गरिदिन

गहुँको समर्थन मूल्य तोक्ने प्रक्रिया सुरु

काठमाडौं – कृषि विभागले गहुँको समर्थन मूल्य तोक्न आवश्यक अध्ययन