चिसोका कारण भूकम्पपीडितमा स्वास्थ्य समस्या, दुईजनाको मृत्यु  « Khabarhub

चिसोका कारण भूकम्पपीडितमा स्वास्थ्य समस्या, दुईजनाको मृत्यु 


२५ कार्तिक २०८०, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

कर्णाली– भूकम्पबाट प्रभावित नागरिकमा स्वास्थ्य समस्या देखिन थालेको छ । खुला चौरमा त्रिपाल र कम्बलको भरमा रात कटाउनु पर्दा अत्यधिक जाडोका कारण स्वास्थ्यमा समस्या देखिन थालेको हो ।

अत्यधिकरुपमा बढेको जाडोका कारण बिहीबार र शुक्रबार दुईजनाले ज्यान गुमाएका छन् । ज्यान गुमाउनेमा नलगाड नगरपालिका–४ लहँका ४८ वर्षीया महिला पम्फा रावल र सोही वडाकै ८४ वर्षीय गोपालबहादुर रावल छन् । वडाध्यक्ष बद्री पन्तका अनुसार गोपालको दम रोगका कारण र पम्फाको निमोनियाका कारण मृत्यु भएको हो ।

उनले चिसोले निमोनिया भएपछि उपचारका क्रममा दल्लीस्थित नगर अस्पतालमा पम्फाको मृत्यु भएको जानकारी दिए । वडाध्यक्ष पन्तका अनुसार लहँमा तुसारो परेको र सिरेटो जाडो पनि बढ्दै गएपछि एकसरो लुगा र त्रिपालका भरमा रात काट्नुपर्ने बाध्यताका कारण ज्येष्ठ नागरिक, बालबालिका र दीर्घरोगीमा स्वास्थ्य समस्या देखिन थालेको छ ।

उनका अनुसार तीन सय ७५ घरधुरी रहेको वडा नम्बर ४ मा दम, बाथ र मुटु रोगी ३० जना ज्येष्ठ नागरिक र ३० जना सुत्केरीको व्यवस्थापन गर्न समस्या भएको छ । बालबालिका बिरामी हुन थालेको भन्दै वडाध्यक्ष पन्तले चिसोले स्वास्थ्य अवस्था बिग्रँदै जाँदा बिरामीको सङ्ख्या बढ्न थालेको बताए ।

दल्ली नगर अस्पतालका डा. विशाल उप्रेतीले चिसोका कारण ज्वरो, रुघाखोकी, झाडापखाला, मुटुरोग र दमका बिरामी बढिरहेको जानकारी दिए । उनले अस्पतालमा ज्येष्ठ, नागरिक, बालिका, महिला गरी दैनिक एकसय ५० जनासम्म बिरामी उपचारका लागि आउने गरेको उनको भनाइ छ ।

भूकम्पले बाग्मारे–कल्लेरी, तिपतिपे–औलचतुलाइना–कोठीगाउँ खानेपानीलगायत करिब ५० योजनामा क्षति पुग्दा खानेपानी सङ्कट बढेको नगरप्रमुख रावतले बताए ।

नेपालगञ्ज मेडिकल कलेजका वरिष्ठ फिजिसियन डा. श्याम विकले भेरी नगरपालिकाको रावतगाउँ, नलगाडको चिउरी, कालेगाउँलगायत ठाउँमा चार दिनसम्म बसेर करिब चार सय बिरामीको उपचार गरेर फर्किएको बताए । 

उनका अनुसार भूकम्प गएको एकदुई दिनदेखि नै बालबालिका र ज्येष्ठ नागरिकमा निमोनिया र दमको लक्षण देखिन थालिसकेको थियो । नियमित औषधि सेवनकर्ताको भूकम्पले घर भत्काउँदा औषधि पुरिएपछि उनीहरूले औषधि खानबाट वञ्चित भए जसले गर्दा उनीहरूमा चिसोले असर पार्दै गएको छ । 

एक–एक थान त्रिपाल र कम्बलकै सहारामा रात कटाउनुपर्दा सिरेटो जाडोले ज्येष्ठ नागरिक, बालबालिका र सुत्केरीमा दम, रुघाखोकी, निमोनिया, ज्वरो, झाडापखालालगायत स्वास्थ्य समस्या देखिन थालेको बताइएको छ ।

प्रकाशित मिति : २५ कार्तिक २०८०, शनिबार  १० : १८ बजे

माथिल्लो मुस्ताङ र मुक्तिनाथ क्षेत्रमा हिमपात

मुस्ताङ– माथिल्लो मुस्ताङ क्षेत्र र मुक्तिनाथ क्षेत्रमा हिमपात भएको छ

गृहमन्त्रीको निर्देशनपछि प्रहरी एक्सनः चार दिनमा २२६ जना बिचौलिया पक्राउ

काठमाडौँ – गृहमन्त्री सुधन गुरुङको सक्रियतासँगै प्रहरीले चार दिनमा २२६

बर्दिबास अस्पताललाई ‘थाइराइड रोग’को पहिचान गर्न उपकरण प्रदान

महोत्तरी– बर्दिबास युथ क्लबले महोत्तरीको बर्दिबास अस्पताललाई‘ थाइराइड रोग’को पहिचानका

बसको ठक्करबाट एक बालकको मृत्यु

चितवन– चितवनमा बसको ठक्करबाट एक बालकको मृत्यु भएको छ ।

ओली र लेखकको बन्दीप्रत्यक्षीकरण निवेदनमा आज सुनुवाइ हुँदै

काठमाडौँ– नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र