हिउँ चितुवा र संस्कृति संरक्षणमा नासोँ गाउँपालिका « Khabarhub

हिउँ चितुवा र संस्कृति संरक्षणमा नासोँ गाउँपालिका


२५ कार्तिक २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

मनाङ– हिमाली जिल्ला मनाङको प्रवेशद्वार नासोँ गाउँपालिका हिउँ चितुवा र संस्कृति संरक्षणमा जुटेको छ । लोपोन्मुख हिउँ चितुवाले वातावरण सन्तुलनको भूमिका खेल्ने भएकाले संरक्षण गर्नु आवश्यक रहेको गाउँपालिकाका अध्यक्ष धनबहादुर गुरुङले बताए ।

अध्यक्ष गुरुङले भने, ‘हाम्रा अग्रजले मान्दै आएको संस्कृति र हिउँ चितुवा संरक्षणले नै जलवायु सन्तुलन भएको थियो । अहिले यी लोपोन्मुख चिजको प्रवर्द्धन आवश्यक छ । पालिकाले यस्ता कार्यको संरक्षण तथा प्रवर्द्धन गर्नुपर्छ र लागिपरेका छौँ ।’

उनले हिउँ चितुवा र संस्कृतिको प्रवर्द्धन गर्दै पर्यटक आकर्षित गर्ने योजना रहेको बताए । यहाँको मुख्य आय नै पर्यटन भएकाले यसको पनि उपयोगमा जोड दिइएको उनको भनाइ छ ।

चितुवा संरक्षण केन्द्र पाङ्ग्जे फाउन्डेसनका संयोजक नरेन्द्र लामाले जलवायु परिवर्तनले हिउँ चितुवाको सङ्ख्या घट्दो अवस्थामा पुगेको बताए । उनले चितुवाको सङ्ख्या घट्नुले जलवायु खलबलिएको जनाउँछ । विश्वमा नेपाललाई हिउँ चितुवाको बासस्थानको रुपमा चिनिने गरेको उनको भनाइ छ । 

उनले भने, ‘हिउँ चितुवालाई हिमालको रानी भनिन्छ । हिमाली वातावरणको सूचक हिउँ चितुवा हो । जुन हिमालमा हिउँ चितुवाको राम्रो बासस्थान छ । त्यो हिमाली क्षेत्रको वातावरण सफा र स्वच्छ छ भनिन्छ ।’

विश्वका १२ वटा देशमा मात्रै हिउँ चितुवा पाइन्छन् । तीमध्ये पनि १० प्रतिशत नेपालका विभिन्न हिमाली क्षेत्रमा पाइन्छ । 

प्रकाशित मिति : २५ कार्तिक २०८०, शनिबार  ११ : ३७ बजे

ट्रम्पलाई भेट्न सी बुधबार अमेरिका जाने

बेइजिङ- चीनका राष्ट्रपति सी जिन्पिङले यसै साता अमेरिकी राष्ट्रपति डोनाल्ड

उद्योगमन्त्रीको जवाफ- ‘क्विक रेस्पोन्स टिम’ बनाएका छौँ, ग्यास अभाव हट्दै जान्छ

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपक कुमार साहले ग्यास आपूर्ति

भोटेकोशी-त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समिति गठन

काठमाडौं– भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समिति गठन गरिएको छ । 

ओलीले प्रतिवेदनमै भने : कसैले बेमौसमी बाजा बजाउँदैमा नेतृत्व छाड्दिनँ (पूर्णपाठसहित)

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले

एमाले बैठकमा ओलीको सिन्डिकेट : सहभागी नेताहरू भन्छन् ‘यस्तो अवस्था देखेको थिएन’

काठमाडौं- करिब छ महिनापछि बसेको नेकपा एमालेको केन्द्रीय कमिटी बैठकमा