दिनभर आज: यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचारहरू « Khabarhub

दिनभर आज: यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचारहरू


२५ कार्तिक २०८०, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

 दिनभर आजमा कांग्रेस महामन्त्रीद्वयले बुझाए प्रधानमन्त्रीलाई ध्यानाकर्षण पत्र, आवास निर्माणलाई तीव्र बनाउन राज्यव्यवस्था समितिको सुझाव, भूकम्पपीडितलाई सघाउन आह्वान, उपलब्धि रक्षाका लागि नयाँ अभियान : प्रधानमन्त्री,  हिमचितुवाको आक्रमणबाट ८२ च्याङ्ग्रा मरेलगायतका समाचारले प्रमुख स्थान पाए ।

कांग्रेस महामन्त्रीद्वयले बुझाए प्रधानमन्त्रीलाई ध्यानाकर्षण पत्र
नेपाली कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले भूकम्प प्रभावित क्षेत्रबाट फर्किएपछि जरुरी सुझावसहित प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को ध्यानाकर्षण गराएका छन् ।

आवास निर्माणलाई तीव्र बनाउन राज्यव्यवस्था समितिको सुझाव
जाजरकोट र रूकुम पश्चिममा गएको भूकम्पपछि सरकारले उद्धार र उपचारमा लिएको अग्रसरताप्रति प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समितिले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्डलाई धन्यवाद दिएको छ ।

भूकम्पबाट ठूलो जनधनको क्षति भएको क्षेत्र जाजरकोट र रूकुम पश्चिमबाट फर्किएपश्चात् महामन्त्रीद्वयले आज नागरिकको अपेक्षा र आफ्ना सुझावसहित प्रधानमन्त्री दाहालको ध्यानाकर्षण गराएका हुन् ।

भूकम्पपीडितलाई सघाउन आह्वान
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का उपाध्यक्ष राजेन्द्र पाण्डेले भूकम्पपीडितलाई सघाउन आह्वान गरेका छन् ।

उपलब्धि रक्षाका लागि नयाँ अभियान : प्रधानमन्त्री प्रचण्ड
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूले सरकार तथा पार्टीमार्फत गणतन्त्र र संघीयता जस्ता उपलब्धिको रक्षाका लागि नयाँ अभियान थालेको बताएका छन् ।

तिहार प्रेरणाको विम्ब र उज्यालोको पर्व : मुख्यमन्त्री पाण्डे
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले तिहार प्रेरणाको बिम्बका साथै उज्यालोको पर्व भएको बताएका छन् ।

नेपालीहरूको महान् चाड तिहारका अवसरमा आज शुभकामना सन्देश व्यक्त गर्दै उनले तिहार मनाउने हाम्रो मौलिक सांस्कृतिक परम्पराले प्रकृति, मानव जीवन र प्राणी जगत्को अन्योन्याश्रित सम्बन्धलाई उजागर गर्नुका साथै दिदीबहिनी तथा दाजुभाइबीचको आपसी स्नेहलाई प्रगाढ बनाउने बताए ।

विचौलियाले अस्पताललाई बदनाम गरिरहेका छन् : मन्त्री बस्नेत
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले अस्पताल भित्रकै विचौलियाले अस्पताललाई बदनाम गरिरहेका बताएका छन्।

नेपाल टेलिकमको आम्दानी घट्यो
नेपाल टेलिकमको आर्थिक वर्ष २०८०-८१ को पहिलो तीन महिनामा रू ३९ करोड बढी आम्दानी घटेको छ । टेलिकमले आज सार्वजनिक गरेको प्रथम त्रैमासिकको वित्तिय विवरणअनुसार चालु आवको प्रथम त्रैमासिक अवधि (२०८० आश्विन मसान्त) सम्मको कूल आय रू १० अर्ब ६४ करोड ८७ लाख ९३ हजार रहेको जनाइएको छ ।

हिमचितुवाको आक्रमणबाट ८२ च्याङ्ग्रा मरे
मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका–२ ढाक्मरमा हिमचितुवाको आक्रमणबाट एउटै खोरमा रहेका ८२ च्याङ्ग्रा मरेका छन् ।

मिङ्मार गुरुङको खोरमा गएराति पसेका हिमचितुवाले आक्रमण गर्दा ८२ च्याङ्ग्रा मृत र आठ घाइते अवस्थामा भेटिएका वडा सदस्य ङवाङ छवत्तर गुरुङले जानकारी दिए।

सेतीमा एक अर्बको लागतमा ‘सिग्नेचर आर्च ब्रिज’ निर्माण गरिँदै
पर्यटकीय सहर पोखराको बजार क्षेत्र प्रवेशको मुख्यद्वार पृथ्वीचोकस्थित सेती नदीमाथि रु एक अर्ब सात करोड २४ लाखको लागतमा ‘सिग्नेचर आर्च ब्रिज’ निर्माण गर्न लागिएको छ ।

एसियाली विकास बैंकको ऋण सहयोगमा सडक विभागमार्फत उक्त पुल निर्माण गर्न लागिएको हो ।

प्रकाशित मिति : २५ कार्तिक २०८०, शनिबार  ९ : ०० बजे

स्पेनसँगको भिडन्तअघि रोनाल्डोले भने – ‘यो मेरो अन्तिम विश्वकप हो’

टेक्सस – पोर्चुगलका भेट्रान फरवार्ड क्रिस्टियानो रोनाल्डोले जारी विश्वकप आफ्नो

अधुरै बन्यो २४ वर्षदेखिको विश्वकप उपाधिको खडेरी तोड्ने ब्राजिलको सपना

काठमाडौँ – २४ वर्षदेखिको विश्वकप उपाधि खडेरी तोड्ने लक्ष्यका साथ

पाँच पटकको विजेता ब्राजिलमाथि नर्वेको सनसनीपूर्ण जित, हालान्डको दुई गोल

न्युयोर्क – स्टार स्ट्राइकर एर्लिङ हालान्डले खेलको अन्तिम समयमा दुई

हात्ती आक्रमणबाट मृतकका परिवारलाई १० लाख राहत दिने मन्त्री गौतमको घोषणा

काठमाडौँ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले मानव–वन्यजन्तु

फ्लाई दुबईले उडान भर्ने भएपछि पोखराका पर्यटन व्यवसायी उत्साहित

काठमाडौं । फ्लाई दुबईले पोखराबाट उडान भर्ने भएपछि यस क्षेत्रका