बैतडीमा जीप दुर्घटना, ६ जनाको मृत्यु « Khabarhub

बैतडीमा जीप दुर्घटना, ६ जनाको मृत्यु


२९ चैत्र २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बैतडीमा जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । जयपृथ्वी राजमार्गअन्तर्गत पाटन नगरपालिका–८, झौलेक मोडमा मंगलबार राति जीप दुर्घटना भएको हो ।

दुर्घटनामा ६ जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिए ।

बझाङको केदारस्युँ गाउँपालिका–५, बाँझका ६० वर्षीय मने बोहरा, सोही ठाउँका ४० वर्षीय नरे बोहरा, ३५ वर्षीय गोरख बोहरा, ४५ वर्षीय मानबहादुर धामी, ४५ वर्षीय बिर्ख धामी र ४५ वर्षीय वीरे धामीको मृत्यु भएको प्रहरीको भनाइ छ ।

जीप सवार पाँचजना सकुशल छन् । जीप खस्ने क्रममा सडकमै हामफालेका पाँचैजना सकुशल रहेको प्रहरीले जनाएको छ । चालक सम्पर्कविहीन छन् ।

झुलाघाटबाट बझाङको बाग्थलातर्फ जाँदै गरेको से१ज ७६४ नम्बरको जीप अनियन्त्रित भई सडकबाट करिब ५०० मिटर तल खसेको प्रहरीले जनाएको छ ।

 

प्रकाशित मिति : २९ चैत्र २०७९, बुधबार  ६ : ५२ बजे

रास्वपाका दर्जनौँ नेता–कार्यकर्ता जसपा नेपालमा प्रवेश

राजविराज– राष्ट्रिय स्वतन्त्र पार्टीका विष्णुपुर गाउँपालिका अध्यक्ष पदका प्रत्यासी मुनिलाल

तेस्रो मुलुकका नागरिकलाई छ वर्षपछि खुल्यो जमुनाह नाका

नेपालगञ्ज– जमुनाह नाकाबाट तेस्रो मुलुकका नागरिकका लागि आवतजावत सुरु भएको

जुम्लामा नौ सय चौहत्तर निर्वाचन प्रहरी छनोट

जुम्ला– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

बागबजार र बबरमहलमा ‘बक्स कल्भर्ट’ निर्माण गरिँदै

काठमाडौं– काठमाडौँ महानगरपालिकाले बागबजार र बबरमहलमा ‘बक्स कल्भर्ट’ निर्माण गर्ने

युवापुस्ताको आवाजलाई कांग्रेसले आत्मसात् गरेको छ : महामन्त्री पौडेल

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले युवा पुस्ताको आवाजलाई कांग्रेसले