पुल निर्माण सम्पन्न हुने समय हुन लाग्दासम्म काम सुरु भएन « Khabarhub

पुल निर्माण सम्पन्न हुने समय हुन लाग्दासम्म काम सुरु भएन


२९ चैत्र २०७९, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

सुर्खेत – पश्चिम जाजरकोटको छेडा–चाँदे सडक खण्डको बीचमा रहेको साल्म खोलामा यातायात सञ्चालन गर्ने पुल निर्माण गर्ने भाका नजिकिँदै गर्दा पुल निर्माणको काम नै सुरु गरिएको छैन।

भौतिक पूर्वाधार कार्यालय जाजरकोटले २०७८ सावन २९ गते नेपाल मेगा सिस्ने जेभी नेपालगन्जसँग ४ करोड ८८ लाखमा पुल निर्माण गर्ने सम्झौता गरेको थियो। सम्झौता मिति अनुसार २०८० माघ भित्र पुल निर्माण गरी पूर्वाधार विकास कार्यालयलाई हस्तान्तरण गर्नुपर्ने सहमति रहेको छ।

निर्माण कार्य पुरा गर्ने झन्डै ९ महिना बाँकी रहँदा सम्म पुलको सामान्य काम समेत गरिएको छैन। पूर्वाधार विकास कार्यालयले समेत काम नगर्ने निर्माण व्यवसायीलाई कुनै पनि दबाब नदिएको सरोकारवाला बताउँछन्। यही ठाउँमा हिउँद याममा सजिलै यातायातका साधन सञ्चालन भए पनि वर्षायाममा यातायात सेवा अवरुद्ध हुँदै आएको छ।

छेडागाड नगरपालिका–१ र ४ को बीचमा रहेको खारास्थित झार्पा खोला पुल सम्झौता अनुसार काम भएको भए अहिलेसम्म आधा काम भइसक्नु पर्ने थियो। पुल निर्माणको जिम्मेवारी लिएको निर्माण व्यवसायीले काममा चरम लापरबाही र पूर्वाधार विकास कार्यालयले ताकेता नगर्दा पुल निर्माणमा ढिलाइ हुँदै गएको हो। पुल निर्माणको भाका नजिक आउँदै गर्दा अब म्याद थप गरेर काम गर्न निर्माण व्यवसायीले दबाब दिने निश्चित देखिएको छ। छेडा–चाँदे सडक खण्ड समेत पुलको अभाव नियमित नहुने सम्भावना बढीरहेको छ।

तालुक कार्यालय पूर्वाधार विकास कार्यालयले निर्माण व्यवसायीलाई कुनै पनि दबाब नदिँदा काममा ढिलासुस्ती भइरहेको स्थानीयवासी रेशम खड्काले बताउनुभयो। छेडागाड नगरपालिकाले केही सामान्य यातायातका साधनहरु सञ्चालन गर्न खोलामा केही पाइपहरु राखे पनि त्यसको समेत प्रभावकारी भूमिका निभाउन सकेको छैन। हिउँदमा धुलाम्य यो सडक खण्ड वर्षायाममा हिलाम्यका साथै भगवानको भरोसामा यातायातका साधनहरु चलाउनु परेको यातायात व्यवसायी प्रविण पुनले बताए।

पुल निर्माण नहुँदा खोलामा गाडी जबरजस्ती हालेर यातायात सञ्चालन गर्दा धेरै क्षति हुँदै गएको उनले बताए। भौतिक पूर्वाधार विकास कार्यालय जाजरकोटका प्रमुख सोहिन्दर यादवले काम नगरेको भए ताकेता गर्ने बताए। यादवले ताकेता गर्ने भनिए पनि कामको गति ज्यूँकात्यूँ हुँदा समस्या हुँदै आएको छ। यो सडकले मध्य पहाडी लोकमार्गसँग जोडने काम गर्दछ। त्यस्तै भेरी करिडोरसँग समेत जोड्ने काम गर्दछ।

प्रकाशित मिति : २९ चैत्र २०७९, बुधबार  ८ : ५२ बजे

यी भूभागमा चट्याङसहित मध्यम वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

इरान युद्ध रोक्न प्रारम्भिक सम्झौतामा हस्ताक्षर भएको ट्रम्पको दाबी

जेनेभा – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग जारी युद्ध अन्त्यका

चर्चामा स्पेनलाई रोक्न ‘पर्खाल’ बनेका ४० वर्षीय गोलकिपर बोजिन्हा

एटलान्टा – एटलान्टा स्टेडियममा जब रेफ्रीले अन्तिम सिट्ठी फुके, क्यामराका

विश्वकप : लुकाकु चम्किँदा हारबाट जोगियो बेल्जियम, इजिप्टसँग १-१ को बराबरी

सियाटल – सियाटल स्टेडियममा सोमबार राति भएको समूह ‘जी’ को

मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर