स्वास्थ्य शिविरमा मोतियाबिन्दुको निःशुल्क शल्यक्रिया « Khabarhub

स्वास्थ्य शिविरमा मोतियाबिन्दुको निःशुल्क शल्यक्रिया


२९ चैत्र २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

रसुवा – रसुवाको कालिका गाउँपालिकामा स्वास्थ्य शिविर आयोजना गरिएको छ । जिल्ला रेडक्रसको आयोजना तथा तिलगङ्गा आँखा केन्द्र काठमाडौँको सहयोगमा सञ्चालित निःशुल्क आँखाको स्वास्थ्य शिविरमा मोतियाबिन्दुको शल्यक्रिया गरिएको छ ।

दक्षिणी रसुवाको नौकुण्ड गाउँपालिका–१ लाङ्वुगाउँका ८३ वर्षीय नोच्युङ घले र उत्तरी रसुवाको गोसाइँकुण्ड गाउँपालिका–१ का ७७ वर्षीया कामीछोमु तामाङनीको मोतियाबिन्दुको शल्यक्रिया गरिएको छ । शल्यक्रियापछि दुवै ज्येष्ठ नागरिक अहिले हिँडडुल तथा सामान्य काम आफैँले गर्न सक्ने भएका छन् ।

तिलगङ्गा आँखा केन्द्रद्वारा सञ्चालन गरिएको तीन दिवसीय निःशुल्क स्वास्थ्य शिविरमा कुल ७३ जनाको शल्यक्रिया तथा एक सय ५० जनाको आँखा परीक्षण गरिएको तिलगङ्गा आँखा केन्द्र रसुवाकी प्रमुख एवं नेत्र सहायक उर्मिला तामाङले जानकारी दिए । तिलगङ्गा आँखा केन्द्रकी नेत्रविषेशज्ञ डा इली प्रधान नेतृत्वको टोलीले शल्यक्रिया गरेको हो ।

कालिकास्थानमा मङ्गलबार सम्पन्न शिविरबाट रसुवाका पाँचवटै गाउँपालिकाका नागरिक लाभान्वित भएका नेपाल रेडक्रस रसुवा शाखाका सभापति बाबुलाल तामाङले बताए । रसुवा रेडक्रससँगको सहकार्यमा तिलगङ्गा आँखा केन्द्रले २०६३ सालदेखि यहाँका नागरिकको आँखाको उपचार गर्दै आएको छ । गत वर्ष पनि ५९ जनाको शल्यक्रिया गरिएको रेडक्रस जिल्ला सभापति तामाङले सुनाए ।

प्रकाशित मिति : २९ चैत्र २०७९, बुधबार  ११ : ४० बजे

मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध

मुस्ताङ– यहाँका पाँच वटै स्थानीय तहमा शनिबार साँझदेखि नियमित विद्युत्

बैतडीमा जिप दुर्घटना : मृतकको सङ्ख्या चार पुग्यो

बैतडी– जयपृथ्वी राजमार्ग अन्तर्गत बैतडीको पाटन  नगरपालिका–८ साडीघाटीमा जिप दुर्घटना

काठमाडौं बस्ने थारु समुदायले माघी पर्व टुँडिखेलमा मनाउने

काठमाडौं– काठमाडौं उपत्यकामा बसोबास गर्दै आएका थारु समुदायले काठमाडौंको टुँडिखेलमा

इरानप्रति अमेरिकी नीति पुनरावलोकन, आगामी कदम विचाराधीन

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको वर्तमान अवस्थासम्बन्धी विषयमा आफ्नो

दुर्घटनामा गम्भीर घाइते भएका एक जनाको मृत्यु

काठमाडौं– काठमाडौँ महानगरपालिका–१३ गौरीगाउँस्थित सडकमा भएको मोटरसाइकल दुर्घटनामा परी गम्भीर