स्वास्थ्य शिविरमा मोतियाबिन्दुको निःशुल्क शल्यक्रिया « Khabarhub

स्वास्थ्य शिविरमा मोतियाबिन्दुको निःशुल्क शल्यक्रिया


२९ चैत्र २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

रसुवा – रसुवाको कालिका गाउँपालिकामा स्वास्थ्य शिविर आयोजना गरिएको छ । जिल्ला रेडक्रसको आयोजना तथा तिलगङ्गा आँखा केन्द्र काठमाडौँको सहयोगमा सञ्चालित निःशुल्क आँखाको स्वास्थ्य शिविरमा मोतियाबिन्दुको शल्यक्रिया गरिएको छ ।

दक्षिणी रसुवाको नौकुण्ड गाउँपालिका–१ लाङ्वुगाउँका ८३ वर्षीय नोच्युङ घले र उत्तरी रसुवाको गोसाइँकुण्ड गाउँपालिका–१ का ७७ वर्षीया कामीछोमु तामाङनीको मोतियाबिन्दुको शल्यक्रिया गरिएको छ । शल्यक्रियापछि दुवै ज्येष्ठ नागरिक अहिले हिँडडुल तथा सामान्य काम आफैँले गर्न सक्ने भएका छन् ।

तिलगङ्गा आँखा केन्द्रद्वारा सञ्चालन गरिएको तीन दिवसीय निःशुल्क स्वास्थ्य शिविरमा कुल ७३ जनाको शल्यक्रिया तथा एक सय ५० जनाको आँखा परीक्षण गरिएको तिलगङ्गा आँखा केन्द्र रसुवाकी प्रमुख एवं नेत्र सहायक उर्मिला तामाङले जानकारी दिए । तिलगङ्गा आँखा केन्द्रकी नेत्रविषेशज्ञ डा इली प्रधान नेतृत्वको टोलीले शल्यक्रिया गरेको हो ।

कालिकास्थानमा मङ्गलबार सम्पन्न शिविरबाट रसुवाका पाँचवटै गाउँपालिकाका नागरिक लाभान्वित भएका नेपाल रेडक्रस रसुवा शाखाका सभापति बाबुलाल तामाङले बताए । रसुवा रेडक्रससँगको सहकार्यमा तिलगङ्गा आँखा केन्द्रले २०६३ सालदेखि यहाँका नागरिकको आँखाको उपचार गर्दै आएको छ । गत वर्ष पनि ५९ जनाको शल्यक्रिया गरिएको रेडक्रस जिल्ला सभापति तामाङले सुनाए ।

प्रकाशित मिति : २९ चैत्र २०७९, बुधबार  ११ : ४० बजे

पैसा नभएकै कारण गर्भवतीलाई अस्पतालबाट फर्काइएको घटनाले बुबाको सम्झना आयो : सांसद अधिकारी

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद लिमा अधिकारीले सप्तरीमा पैसाको अभावमा गर्भवती

प्रधानमन्त्री शाह र न्युजील्याण्डका प्रधानमन्त्रीबीच टेलिफोन वार्ता

 काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाह र न्युजील्याण्डका प्रधानमन्त्री क्रिस्टोफर लक्सनबीच टेलिफोन वार्ता

पाठ्यक्रम परिमार्जन : पाठ्यभार घटाउनदेखि एआई समेट्नेसम्म सुझाव

भक्तपुर –राष्ट्रिय पाठ्यक्रम प्रारूप, २०७६ परिमार्जनका लागि सातै प्रदेशमा आयोजित

राष्ट्रिय बाख्रा अनुसन्धान कार्यक्रमको स्रोत सामग्री उत्पादन लक्ष्यभन्दा बढी

दमौली- बन्दीपुरस्थित राष्ट्रिय बाख्रा अनुसन्धान केन्द्रले आर्थिक वर्ष २०८२/८३ मा विभिन्न

बाढीपीडितको स्वास्थ्य उपचारका लागि डेढ करोड सहयोग

काठमाडौं- भोटेकोशी बाढीबाट प्रभावितको स्वास्थ्य उपचार तथा आवश्यक स्वास्थ्य सामग्री व्यवस्थापनका