धुलिखेललाई कृषिमा जापानी सीप र प्रविधि भित्र्याउन सहज  « Khabarhub

धुलिखेललाई कृषिमा जापानी सीप र प्रविधि भित्र्याउन सहज 


२९ चैत्र २०७९, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काभ्रेपलाञ्चोक– धुलिखेल नगरपालिकालाई कृषि क्षेत्रमा जापानको सीप र प्रविधि भित्र्याउन सहज भएको छ । यसका लागि नगरले जापानको कृषिसँग सम्बन्धित रिनोकिनो कम्पनीसँग स्थानीय कृषकलाई त्यहाँको सीप र प्रविधि तथा भाषाबारे छ महिने तालिम प्रदान गर्ने सम्झौता गरेको छ । नगर जनप्रतिनिधि र कम्पनी पदाधिकारीबीच भएको सम्झौतामा जापानका विभिन्न दश कृषि उद्योग र होम केयर कम्पनीमा धुलिखेलका कृषकलाई पाँच वर्षको रोजगारी दिइनेछ ।

 नगरप्रमुख अशोककुमार ब्याञ्जूले सम्झौताअनुसार जापानिज भाषा, सीप र प्रविधिको तालिमपछि सीप परीक्षण गरी उत्तीर्ण हुने कृषकलाई त्यहाँ कृषि क्षेत्रमै रोजगारीका लागि पठाइने बताए । ‘जापानमा निश्चित समय बसेर फर्कने कृषकलाई पुनः कृषि पेसा गर्न चाहे नगरले प्रविधिमा सहयोग गर्नेछ’, ब्याञ्जूले भने।

उनका अनुसार नगरभित्रका युवायुवतीले भविष्यमा कृषि तथा पशुपालनसम्बन्धी आधुनिकीकरण एवं प्रविधिमैत्री बनाउन जापानिज भाषा र सीप सिकाइनेछ । नगरले यसअघि कृषि ऐन, कानुन तथा नियमावली बनाइसकेको छ । सम्झौतापछि धुलिखेल नगरको कृषि क्षेत्रमा थप आधुनिकीकरण हुने अपेक्षा गरिएको छ । 

यसैबीच विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)ले उक्त नगरलाई नेपालको पहिलो स्वस्थ सहरका रुपमा सूचीकृत गर्ने भएको छ । संघीय राजधानी काठमाडौँबाट ३० किलोमिटर पूर्वमा अवस्थित पर्यटकीय नगर धुलिखेललाई डब्लुएचओले करिब एक महिनामा पहिलो स्वस्थ सहरको मान्यता दिई नगरलाई सदस्यता प्रदान गर्ने जनाइएको छ । 

दिगो विकास लक्ष्यका चार लक्ष्य शिक्षा, स्वास्थ्य, खानेपानी र गरिबी निवारणको क्षेत्रमा काम गरिरहेका विश्वका आठ देशमा धुलिखेलको अनुकरण भइरहेको बताइन्छ ।

नगरले हाल एक लाख बिरुवा रोपण अभियान सञ्चालन गरिरहेको छ । शून्य कार्बन उत्सर्जन गर्ने विश्वका १५ नगरमध्येको एक पर्यटकीय धुलिखेलले थप कार्बन उत्सर्जनको पूर्वाधार र संरचना निर्माण गर्न हाल अभियानअन्तर्गत पहिलो चरणमा तीन वडामा १५ हजार फलफूलका बिरुवा रोपण गरेको हो । रोपिएका सबै बिरुवामा जिपिएस (ग्लोबल पोजिसनिङ सिष्टम)बाट संरक्षण गरिने जनाइएको छ । ‘अब रोपिएका बिरुवामा सबै बिरुवामा जिपिएस जोडिएको छ, उसैको माध्यमबाट बिरुवाको निगरानी हुनेछ’, ब्याञ्जूले भने। उनका अनुसार यो प्रविधि जिल्ला र धुलिखेलकै लागि नयाँ हो । 

रोपिएका सबै बिरुवालाई नम्बर दिएर प्रणालीमा जोडिएको छ । बिरुवाको अवस्था स्वाभाविकभन्दा फरक भए तुरुन्तै प्रणालीमा जानकारी आउने र नगरको सम्बन्धित विभागले सुधारको काम गरिहाल्ने जनाइएको छ । वृक्षरोपणसँग शून्य कार्बन उत्सर्जन गर्ने खालका उद्योग मात्रै स्थापना गर्ने, नगरका पूर्वाधार निर्माणलाई वातावरणमैत्री बनाउने, स्थानीय वन संरक्षण गरी वन क्षेत्रलाई सम्पूर्ण भू-भागको ४० प्रतिशतसम्म पु¥याउने योजना बनाइएको जनाइयो । 

धुलिखेलले नेपालमै पहिलोपटक वातावरणमैत्री ऐन नगरले निर्माण गरेको थियो । सोही ऐनअनुसार नगरलाई शून्य कार्बन उत्सर्जन नगर बनाइएको हो । नगरले हाल ६१ प्रतिशत फोहोर पानीलाई शुद्ध बनाई खोलामा पठाउने गरेको जनाएको छ । दिशाजन्य फोहोरबाट ग्यास र मल बनाउन योजना सुरु गरिएको नगरले जनाएको छ । 

साथै, टुँडिखेल पार्कमा विश्वभरका विभिन्न प्रकारका गुलाबका फूल उत्पादन गर्ने बगैँचा निर्माण सुरु गरिएको ब्याञ्जूले बताए। विज्ञका अनुसार २० हजार नयाँ बिरुवा पूर्णरुपमा हुर्कंदा आठ हजार टन कार्बन न्यूनीकरण हुन्छ । यसअनुसार धुलिखेलमा शून्य कार्बन उत्सर्जनार्थ एक लाख बिरुवा पूर्णरुपमा हुर्किए ४० हजार टन कार्बन न्यूनीकरण हुने बताइन्छ । कूल १२ वडा रहेको धुलिखेलमा क्रमशः अभियानलाई योजनाबुद्ध तवरले निरन्तरता दिइने जनाइएको छ । 

धुलिखेलले यसअघि दक्षिण एसियामै पहिलोपटक ‘जिवाश्म इन्धन अप्रसार सन्धि’ अभियानलाई कार्यान्वयनमा ल्याएको थियो । नगरलाई केही महिनाअघि मात्रै शून्य कार्बन उत्सर्जन गर्दै वातावरणमैत्री विकास गर्ने विश्वका १५ सहरमध्ये पाँचौँ नम्बर र एसियाको पहिलो सहर बनेको घोषणा गरिएको थियो ।

प्रकाशित मिति : २९ चैत्र २०७९, बुधबार  १२ : १० बजे

शर्माको प्रस्ताव : एक व्यक्ति दुईपटकभन्दा बढी प्रधानमन्त्री बन्न नपाउने

काठमाडौं– नेपाली कांग्रेसको विशेष महाधिवेशनमा महामन्त्री विश्व प्रकाश शर्माले प्रधानमन्त्री

भृकुटीमण्डपमा कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र (तस्बिरहरू)

काठमाडौं– नेपाली कांग्रेसको विशेष महाधिवेशन आज दोस्रो दिन छ ।काठमाडौंको

विश्वको प्रस्ताव : एकपटक समानुपातिक पाएकाले अर्को पटक नपाउने

काठमाडौं– नेपाली कांग्रेसको विशेष महाधिवेशनमा महामन्त्री विश्व प्रकाश शर्माले समानुपातिक

विश्वको प्रस्ताव : पदाधिकारी र केन्द्रीय सदस्यले पनि प्रतिनिधि निर्वाचित भएर आउनुपर्ने

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले विशेष महाधिवेशनको बन्द सत्रमा

विष पिएरै भएनि पार्टीभित्रको एकता कायम गरिछाड्ने प्रयासमा जुटिरहन्छु : नेता कोइराला

काठमाडौं– नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले आफू निकट