सदस्य सचिव वाग्लेलाई दोस्रो पटक सोधियो स्पष्टीकरण « Khabarhub

सदस्य सचिव वाग्लेलाई दोस्रो पटक सोधियो स्पष्टीकरण


२९ बैशाख २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


147
Shares
  • change font
  • change font
  • change font

विराटनगर – कोसी प्रदेश सरकारले प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव हंशराज वाग्लेलाई दोस्रो पटक स्पष्टीकरण सोधेको छ ।

सामाजिक विकास मन्त्रालयले यसअघि ७ दिने स्पष्टीकरण सोधेकोमा चित्त नबुझेको भन्दै पुनः दोस्रो पटक तीन दिने स्पष्टीकरण सोधेको हो । सदस्य सचिव वाग्लेलाई पहिलो पटक गत वैशाख १७ गते सात दिने स्पष्टीकरण सोधिएको थियो ।

‘तपाईँलाई मिति २०८० वैशाख १७ गते सोधिएको स्पष्टीकरणको जवाफसमेत चित्त बुझ्दो नभएकाले प्रदेश खेलकुद ऐन २०७६ को दफा ४ को उपदफा ९४० बमोजिम तपाईँले इमानदारितापूर्वक आफ्नो कर्तव्य पालना गरेको नदेखिएकोले सोका आधारमा तपाईँलाई आफ्नो पदबाट किन नहटाउने ? कारणसहित तीन दिनभित्र लिखित स्पष्टीकरण पेस गर्नुहुन यस मन्त्रालयको मिति २०८० वैशाख २७ गतेको मन्त्र स्तरीय निर्णय अनुसार अनुसार अनुरोध छ ।’ पत्रमा लेखिएको छ।

गत वैशाख १४ गतेदेखि १६ गतेसम्म झापामा आयोजित प्रथम मुख्यमन्त्री कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको ब्यानरमा कोसी प्रदेश सरकारको नाम किन उल्लेख नगरेको ? भन्दै मन्त्रालयका उपसचिव फणिन्द्र खत्रीले दोस्रो पटक स्पष्टीकरण सोधेका हुन् । उनलाई जिम्मेवारीबाट पदमुक्त गर्नका लागि प्रक्रिया पुराउनका लागि दोस्रो पटक स्पष्टीकरण सोधिएको बुझिन आएको छ ।

उता मन्त्रालयले पहिलो स्पष्टीकरण सोधे लगतै प्रभु बैंकको शाखा कार्यालयलाई पत्र लेख्दै प्रदेश खेलकुद विकास बोर्डको बैंक खाता रोक्का गर्न निर्देशन दिइसकिएको छ ।

प्रकाशित मिति : २९ बैशाख २०८०, शुक्रबार  ९ : २३ बजे

झपट रावलले भने– बादलको प्रतिवेदन वस्तुनिष्ठ होइन, ‘व्यक्ति केन्द्रित टिपोट’ मात्रै

काठमाडौं – नेकपा एमालेका केन्द्रीय सदस्य झपट रावलले पार्टी पुनर्गठन

भोटेकोशी बाढी : नेपाल प्रहरीद्वारा ‘टिमुरे टु त्रिवेणी’ अप्रेशन सञ्चालन

काठमाडौं – भोटेकोशी बाढीबाट प्रभावितको उद्धार तथा बेपत्ता भएकाको खोजीलाई

दुई दिनमा साढे ३ लाख सिलिन्डर ग्यास भित्रियो, उपभोक्तालाई भने अझै सास्ती

काठमाडौं – पछिल्लो दुई दिनमा भारतबाट नेपालका विभिन्न नाका हुँदै

भोटेकोशी बाढी : छोराबुहारी बेपत्ता, घर फर्कने आशमा आमाबुवा

बर्दिया – रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा छोराबुहारी बेपत्ता भएपछि

सडकपेटीमा सुत्केरी : काममा खटिएका छ जना कर्मचारी निलम्बित

सप्तरी – राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा भर्ना भएकै अवस्थामा अस्पताल