घरायसी झगडामा आफैमाथि आगो लगाउने महिलाको उपचारको क्रममा निधन « Khabarhub

घरायसी झगडामा आफैमाथि आगो लगाउने महिलाको उपचारको क्रममा निधन


२९ बैशाख २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


4.3k
Shares
  • change font
  • change font
  • change font

विराटनगर – घरायसी झगडामा आफ्नै शरीरमा आगो लगाएकी महिलाको मृत्यु भएको छ। आफ्नो शरीरमा मट्टितेल खनाएकी ४० वर्षीया आशा शर्माको उपचारको क्रममा मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय, मोरङका प्रवक्ता डीएसपी रञ्जनकुमार दाहालका अनुसार विराटनगर महानगरपालिका–१० तीनटोलियामा आफ्नै शरीरमा आगो लगाएकी शर्माको उपचारका क्रममा मृत्यु भएको हो। उनका अनुसार बुधबार राति ९ बजेतिर पति राजकुमार कोइरीसँग विवाद गरेकी शर्माले आफ्नो शरीरमा मट्टितेल खनाएर आगो लगाएकी थिइन्।

सो आगलागीमा परे पछि उपचारका लागि कोसी अस्पताल, विराटनगरमा ल्याइएको थियो। तर, हिजो साँझ उनको मृत्यु भएको प्रहरी प्रवक्ता दाहालले जानकारी दिए। सो प्रकरणमा पति राजकुमारलाई नियन्त्रणमा लिएर थप अनुसन्धान सुरु गरिएको छ।

प्रकाशित मिति : २९ बैशाख २०८०, शुक्रबार  ९ : ५१ बजे

झपट रावलले भने– बादलको प्रतिवेदन वस्तुनिष्ठ होइन, ‘व्यक्ति केन्द्रित टिपोट’ मात्रै

काठमाडौं – नेकपा एमालेका केन्द्रीय सदस्य झपट रावलले पार्टी पुनर्गठन

भोटेकोशी बाढी : नेपाल प्रहरीद्वारा ‘टिमुरे टु त्रिवेणी’ अप्रेशन सञ्चालन

काठमाडौं – भोटेकोशी बाढीबाट प्रभावितको उद्धार तथा बेपत्ता भएकाको खोजीलाई

दुई दिनमा साढे ३ लाख सिलिन्डर ग्यास भित्रियो, उपभोक्तालाई भने अझै सास्ती

काठमाडौं – पछिल्लो दुई दिनमा भारतबाट नेपालका विभिन्न नाका हुँदै

भोटेकोशी बाढी : छोराबुहारी बेपत्ता, घर फर्कने आशमा आमाबुवा

बर्दिया – रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा छोराबुहारी बेपत्ता भएपछि

सडकपेटीमा सुत्केरी : काममा खटिएका छ जना कर्मचारी निलम्बित

सप्तरी – राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा भर्ना भएकै अवस्थामा अस्पताल