आजदेखि रेसुंगा विमानस्थलबाट नियमित उडान सुरू « Khabarhub

आजदेखि रेसुंगा विमानस्थलबाट नियमित उडान सुरू


२९ बैशाख २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


411
Shares
  • change font
  • change font
  • change font

रेसुंगा– गुल्मीको रेसुंगा विमानस्थलबाट आजदेखि नियमित उडान सुरू भएको छ । नेपाल वायुसेवा निगमको जहाजले नियमित उडान थालेको हो । निगमले मंगलबार पनि उडान भर्ने तयारी गरेको छ । 

निगमको जहाजले दुई हप्ता अगाडि रेसुंगा विमानस्थलमा सफल परीक्षण उडान गरेको थियो । त्यसपछि गुल्मेली नागरिकले हवाई सेवा पाउने निश्चित भएको थियो । व्यावसायिक उडानको क्रममा पहिलो यात्रुका रुपमा आएका रेसुंगा नगरपालिका–१ का अखिलेश्वर पाण्डेले सुरक्षित, भरपर्दो र छिटो आफ्नै जिल्लाबाट हवाई सेवा पाएको बताए । 

त्यसैगरी गुल्मीदरबार गाउँपालिका–२ की पार्वती भुजेलले पनि काठमाडौँबाट केही समयमै गुल्मी आउन पाएको बताए । हवाई सेवाले गुल्मी र राजधानीलाई नजिक बनाएको अनूभूति आफूले गरेको उनले सुनाए ।

आज बिहान ६ः३० बजे काठमाडौँको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान भरेको जहाजले ७ः१५ बजे रेसुंगा विमानस्थलमा अवतरण गरेको थियो । जहाजका क्याप्टेन मनेष विष्टका अनुसार अब प्रत्येक शुक्रबार नियमित उडान हुनेछ ।  

‘परीक्षणका क्रममा विमानस्थलको अवस्था हेरेर बिहानी समयमा उडान गरेका हौँ’, क्याप्टेन विष्टले भने, ‘हाललाई शुक्रबार मात्र उडान हुन्छ, पछि मंगलबार पनि उडान भर्ने हाम्रो तयारी छ ।’ रेसुंगा नगरपालिकाका प्रमुख खिलध्वज पन्थीले काठमाडौँमै गई लामो समय प्रयास गरी नेपाल एयरलाइन्सले नियमित उडान गरेको बताए । 

‘गुल्मेलीलाई हवाई सेवा दिन लामो प्रयास गरेका थियौँ’, उनले भने, ‘नियमित उडानले गुल्मेलीको सपना साकार भएको छ ।’ उनका अनुसार निगम र नगरपालिकाबीच नियमित उडान गर्ने सम्झौता भएको थियो । निगमको जहाज पहिलो व्यावसायिक उडानमा १४ यात्रु बोकेर रेसुंगा विमानस्थलमा अवतरण भएको थियो । फर्किँदा पनि १४ यात्रु लिएर जहाज फर्किएको हो । पछिल्ला उडानमा जहाजको क्षमताअनुसार १८ यात्रु बोक्ने निगमको तयारी छ । प्रतियात्रु रु छ हजार तीन सय भाडादर कायम गरिएको छ । 

रेसुंगा विमानस्थलमा यसअघि २०७५ जेठ २५ गते र गत पुस २४ गते तारा एयरको जहाजले परीक्षण उडान गरेको थियो । पछि भाडादर महँगो भएपछि तारा एयरको जहाजको उडान स्थगित भएको हो । विमानस्थल एक सय ५६ रोपनी क्षेत्रफलमा फैलिएको छ । विमानस्थल कूल रु ३५ करोडको लागतमा निर्माण सम्पन्न भएको थियो । 

प्रकाशित मिति : २९ बैशाख २०८०, शुक्रबार  १ : ३७ बजे

विश्वकप फाइनलमा अमेरिकी राष्ट्रपति ट्रम्प मुख्य आकर्षण बन्ने

न्यू जर्सी – विश्वकप फुटबलको फाइनल खेलको ट्रफी हस्तान्तरण समारोहमा

घानाविरुद्ध गोल गर्न चुक्यो इङ्ल्याण्ड : खेल बराबरीमा सकियो

काठमाडौँ – फिफा विश्वकप प्रतियोगिताअन्तर्गत भएको खेलमा इङ्ल्याण्ड र घानाले

रोनाल्डो चम्किँदा पोर्चुगल विजयी, उज्वेकिस्तान ५-० ले पराजित

काठमाडौँ – फिफा विश्वकप प्रतियोगिताअन्तर्गत आज भएको खेलमा पोर्चुगल विजयी

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैङ्कले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल असार १० गते बुधबार सन् २०२६