ब्याजदर घट्न थालेको छ, तरलता सुधारोन्मुख : राष्ट्र बैंक « Khabarhub

ब्याजदर घट्न थालेको छ, तरलता सुधारोन्मुख : राष्ट्र बैंक


२९ बैशाख २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको तेस्रो समीक्षा गर्दै वाह्य क्षेत्रमा आएको सुधारका कारण वित्तीय प्रणालीमा तरलताको स्थिति सहज भएको जनाएको छ । राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०७९-८० को मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा सार्वजनिक गर्दै ब्याजदर घट्न थालेको उल्लेख गरेको हाे ।

राष्ट्र बैंकले मौद्रिक समीक्षामा भनेको छ, ‘ब्याजदर क्रमशः घट्न थालेको छ । फलस्वरुप, कर्जा र आन्तरिक माग पनि क्रमशः बढ्दै जाने देखिन्छ’ ‘यसर्थ, समग्र माग व्यवस्थापनका साथै आन्तरिक उत्पादन विस्तार गर्न सकेमा मात्र बाहृय क्षेत्र र ब्याजदरमा आएको सुधार दिगो रहन सक्दछ ।’ बैंक तथा वित्तीय संस्थामा निष्क्रिय कर्जा अनुपात केही बढेको राष्ट्र बैंकले जनाएको छ । 

आर्थिक शिथिलताका अतिरिक्त ऋणीको क्षमताभन्दा बढी कर्जा प्रदान गर्ने प्रवृत्ति, विगतमा कर्जा प्रवाहमा भएको तीब्र विस्तार र बैंकिङ क्षेत्र लक्षित गैरव्यावसायिक गतिविधिका कारण निष्क्रय कर्जा बढ्न गएको राष्ट्र बैंकको भनाई छ ।

प्रकाशित मिति : २९ बैशाख २०८०, शुक्रबार  २ : ४६ बजे

रसुवा बाढीमा १९६ भन्दा बढी जलविद्युत कर्मचारी र कामदार सम्पर्कविहीन, प्राधिकरणको उद्धार टोली सक्रिय

काठमाडाैं – रसुवा बाढीमा परी जलविद्युत आयोजनामा कार्यरत १९६ भन्दा

रवि लामिछानेले बोलाए सर्वदलीय बैठक

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सर्वदलीय

कस्तो रहला आज रातिको मौसम ?

काठमाडौं – देशभर मनसुनी वायुको प्रभाव कायम रहँदा विभिन्न भू-भागमा

रसुवा बाढीका कारण १० प्रतिशत विद्युत् क्षमता प्रभावित

काठमाडौं – रसुवास्थित भोटेकोशी नदीमा आएको बाढीका कारण देशको कुल

रसुवा बाढीमा ४०३ पर्यटक बेपत्ता, अधिकांश विदेशी

काठमाडौं – रसुवामा बुधबार आएको विनाशकारी बाढीले पर्यटकमाझ ठूलो त्रास