विभिन्न स्थानबाट अवैध लागूऔषध सहित पाँच जना पक्राउ « Khabarhub

विभिन्न स्थानबाट अवैध लागूऔषध सहित पाँच जना पक्राउ


२९ बैशाख २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– विभिन्न स्थानबाट अवैध लागूऔषध सहित पाँच जना पक्राउ परेका छन् ।

चितवन, राप्ती नगरपालिका ११ चिउरीटारबाट अवैध लागूऔषध गाँजा १० किलो ५ सय ग्रामसहित सोही नगरपालिका बरिनटार बस्ने ६२ वर्षीय मान बहादुर तामाङलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय भण्डाराबाट खटिएको प्रहरीले उनलाई उक्त गाँजासहित फेला पारी पक्राउ गरेको हो ।

त्यसै गरी कैलाली, गोदावरी नगरपालिका २ अत्तरिया चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ५ सय १० मिलिग्रामसहित सोही ठाउँ बस्ने ३३ वर्षीय विक्रम देउवालाई गए राति प्रहरीले पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।

कपिलवस्तु, मायादेबी गाउँपालिका(३ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम १ सय २० मिलिग्रामसहित २ जनालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा वाणगंगा नगरपालिका ८ बस्ने  २६ वर्षीय कृष्ण भण्डारी र सोही नगरपालिका ४ सिद्धिपुर बस्ने १९ वर्षीय मोहित चौधरी रहेका छन् ।

इलाका प्रहरी कार्यालय पकडीबाट खटिएको प्रहरीले लु. ३० प १८७० नम्बरको स्कुटरलाई जाँच गर्ने क्रममा उक्त पदार्थसहित फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।

साथै थप अनुसन्धानको क्रममा उक्त लागूऔषध कपिलवस्तु नगरपालिका ७ धरमपानिया बस्ने २४ वर्षीय सोनु खठिकबाट किनेर ल्याएको खुल्नआएपछी सोनुको घरबाट २ ग्राम ७ सय २० मिलिग्राम ब्राउनसुगर जस्तो देखिने पदार्थ र नगद २४ हजार २ सय ५० रुपैयाँ फेला पारी सोनुसमेतलाई प्रहरीले पक्राउ गरेको छ ।

धनकुटा नगरपालिका ९ सिरसिरेबाट अवैध लागूऔषध गाँजा करिब ५ सय केजी शुक्रबार बिहान प्रहरीले बरामद गरेको छ ।

प्रहरी चौकी मुलघाटबाट खटिएको प्रहरीले मुलघाटस्थित सडक धनकुटाबाट धरानतर्फ जाँदै गरेको को १ ख ३१६७ नम्बरको ट्रकलाई जाँच गर्ने क्रममा ट्रकका चालक ट्रक छाडी फरार भएपश्चात् प्रहरीले ट्रक तलासी गर्दा १७ वटा बोरामा गाँजा फेला पारी बरामद गरेको हो ।

यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २९ बैशाख २०८०, शुक्रबार  ३ : २५ बजे

गरिमा हत्या प्रकरणमा गगनको प्रश्न : सरकारले परिवारको पीडा महसुस गरेको छ ?

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले बाराको जितपुरसिमरा–१ की

देशभर करिब ९८ प्रतिशत धान रोपाइँ सकियाे, सबैभन्दा बढी सुदूरपश्चिममा

काठमाडौँ । कृषि विभागले देशभर करिब ९८ प्रतिशत धान रोपाइँ

गुल्मीमा बाँदर धपाउने क्रममा लडेर महिलाको मृत्यु

गुल्मी । बाँदर धपाउने क्रममा लडेर गुल्मीमा एक महिलाको मृत्यु

विश्वकपमा अनुशासन उल्लंघनको घटना : अर्जेन्टिनाका खेलाडी, अफिसियल तथा फुटबल संघलाई लाखौँ डलर जरिबाना

काठमाडौं । गत महिना सम्पन्न फिफा विश्वकपका दौरान देखिएको विवादास्पद

नेपाल-भारत सीमा क्षेत्रमा आधुनिक उपकरणमार्फत निगरानी बढाउने सहमति

काठमाडौं । नेपाल–भारत सीमा क्षेत्रका संवेदनशील स्थानहरूमा सीसीटीभीलगायत आधुनिक उपकरणको