विभिन्न स्थानबाट अवैध लागूऔषध सहित पाँच जना पक्राउ | Khabarhub Khabarhub

विभिन्न स्थानबाट अवैध लागूऔषध सहित पाँच जना पक्राउ


२९ बैशाख २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– विभिन्न स्थानबाट अवैध लागूऔषध सहित पाँच जना पक्राउ परेका छन् ।

चितवन, राप्ती नगरपालिका ११ चिउरीटारबाट अवैध लागूऔषध गाँजा १० किलो ५ सय ग्रामसहित सोही नगरपालिका बरिनटार बस्ने ६२ वर्षीय मान बहादुर तामाङलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय भण्डाराबाट खटिएको प्रहरीले उनलाई उक्त गाँजासहित फेला पारी पक्राउ गरेको हो ।

त्यसै गरी कैलाली, गोदावरी नगरपालिका २ अत्तरिया चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ५ सय १० मिलिग्रामसहित सोही ठाउँ बस्ने ३३ वर्षीय विक्रम देउवालाई गए राति प्रहरीले पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।

कपिलवस्तु, मायादेबी गाउँपालिका(३ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम १ सय २० मिलिग्रामसहित २ जनालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा वाणगंगा नगरपालिका ८ बस्ने  २६ वर्षीय कृष्ण भण्डारी र सोही नगरपालिका ४ सिद्धिपुर बस्ने १९ वर्षीय मोहित चौधरी रहेका छन् ।

इलाका प्रहरी कार्यालय पकडीबाट खटिएको प्रहरीले लु. ३० प १८७० नम्बरको स्कुटरलाई जाँच गर्ने क्रममा उक्त पदार्थसहित फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।

साथै थप अनुसन्धानको क्रममा उक्त लागूऔषध कपिलवस्तु नगरपालिका ७ धरमपानिया बस्ने २४ वर्षीय सोनु खठिकबाट किनेर ल्याएको खुल्नआएपछी सोनुको घरबाट २ ग्राम ७ सय २० मिलिग्राम ब्राउनसुगर जस्तो देखिने पदार्थ र नगद २४ हजार २ सय ५० रुपैयाँ फेला पारी सोनुसमेतलाई प्रहरीले पक्राउ गरेको छ ।

धनकुटा नगरपालिका ९ सिरसिरेबाट अवैध लागूऔषध गाँजा करिब ५ सय केजी शुक्रबार बिहान प्रहरीले बरामद गरेको छ ।

प्रहरी चौकी मुलघाटबाट खटिएको प्रहरीले मुलघाटस्थित सडक धनकुटाबाट धरानतर्फ जाँदै गरेको को १ ख ३१६७ नम्बरको ट्रकलाई जाँच गर्ने क्रममा ट्रकका चालक ट्रक छाडी फरार भएपश्चात् प्रहरीले ट्रक तलासी गर्दा १७ वटा बोरामा गाँजा फेला पारी बरामद गरेको हो ।

यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २९ बैशाख २०८०, शुक्रबार  ३ : २५ बजे

‘जेन-जीका नाममा भएको आन्दोलन तत्कालीन सरकार एमालेविरुद्धको षड्यन्त्र’

काठमाडौं- नेकपा एकीकृत समाजवादी छाडेर फर्किएकी नेतृ रामकुमारी झाँक्रीले एमाले

रामकुमारी भन्छिन् : जेन-जी आन्दोलनपछि एमाले नेताहरूले आँट गरे

काठमाडौं- चार वर्षपछि नेकपा एमालेमा फर्किएकी नेतृ रामकुमारी झाँक्रीले जेन-जी

एमालेले विघटित प्रतिनिधिसभाका आफ्ना सांसदसँग छलफल गर्ने

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले विघटित प्रतिनिधिसभामा आफ्नो दलबाट प्रतिनिधित्व

बागलुङमा थपिए ६३१ मतदाता

गलकोट– बागलुङमा ६३१ नयाँ मतदाता थपिएका छन् । निर्वाचन तयारीअनुसार

किसान श्रेष्ठले भने- नेकपा एस सकियो, जीवनकै ठूलो भूल सच्याएर घर फर्कियौँ

काठमाडौं- नेकपा (एकीकृत समाजवादी) छाडेका पूर्वसांसद किसान श्रेष्ठ सोमबार राष्ट्रिय