देशको समस्या र सम्भावनाको खोजी गर्न चितवनमा ‘चितौन कचेहेरी’ « Khabarhub

देशको समस्या र सम्भावनाको खोजी गर्न चितवनमा ‘चितौन कचेहेरी’


२९ बैशाख २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

चितवन– चितवनको पहिचानसँगै देशको समस्या र सम्भावनाको खोजी गर्न ‘चितौन कचेहेरी’ कार्यक्रम आयोजना गरिएको छ । नारायणगढको नारायणी कला मन्दिरमा आजदेखि सुरु भएको कचेहेरी शनिबारसम्म सञ्चालन हुनेछ ।

मन्थन चितवन, डबली द स्पेस, दलित युवा जागरण मञ्च नेपाल, बेटर चितवन, युथ पोलिटिकल फोरम र नारायणी कला मन्दिरले संयुक्त रूपमा उक्त कार्यक्रम आयोजना गरेका हुन् । चित्तौने कचेहेरीका सहनिर्देशक डा जीवन क्षेत्रीले अहिले नेतृत्व तहमा बसेका व्यक्ति जनताको समस्यालाई समाधान गर्न सके सकेनन् भन्ने विषयमा बहस हुने बताए । सभ्य समाज निर्माणका लागि कार्यक्रम आयोजना गरिएको उनको भनाइ छ ।

कचेहेरीमा समसामयिक समस्या, समाधान र सम्भावना खोतल्ने गरी समूहगत छलफल गरिनुका साथै नाटक, साहित्य प्रस्तुत गरिने उत्सव निर्देशक सरिता तिवारीले बताए। ‘दुई दिनसम्म कार्यक्रममा मानिसका जीवनमरणका विषय उठान गरिने र थुनिएका आवाजलाई चिन्तनको मूलधारमा ल्याउने प्रयास गरिने छ’, उनले भने । कचेहेरीको पहिलो दिन सात वटा विषयमा समूहगत छलफल हुनेछ ।

घर गाउँको सिंहदरबारः कति विकास, कति शासन ?, कृषिमा उद्यमशीलताः कर्म र मर्म, न्यायको लामो लडाइँ, महिलामाथिको हिंसाः यथार्थ र भाष्य, पानी र पर्यावरणः नदी र भूमिगत जलाधारको दुर्दशा, अस्तित्व र आत्मसम्मानको खोजी, नयाँ युगको राजनीतिः विचार कति, व्यवहार कति, विषयमा आज छलफल हुने आयोजकले जनाएको छ । आजै सशस्त्र युद्धमा बेपत्ता पारिएका नागरिकको सम्झनामा नाटक प्रस्तुत गरिने तिवारीले जानकारी दिए ।

शनिबार विकासमा कहाँ छुटे आदिवासी, जब्बर जात व्यवस्थाः समाज अघि बढ्दैछ कि पछि ?, कसरी लेखिँदैछ चितवनको आख्यान ?, मधेस र सत्ता, रैथाने भाषाको साहित्य, चितवनः हिजो, आज र भोलि, ‘स्वप्नबयान’ नाटक प्रस्तुति र गजल वाचन कार्यक्रम हुनेछ । आज उद्घाटन कार्यक्रममा थारु संस्कृतिको नाच प्रस्तुत गरिरहेको छ ।

कार्यक्रममा साहित्यिक, राजनीतिक, सामाजिक, आर्थिक, शैक्षिक, पत्रकारिता लगायतका क्षेत्रमा क्रियाशील व्यक्तित्वको सहभागिता रहने छ ।

प्रकाशित मिति : २९ बैशाख २०८०, शुक्रबार  ४ : ०० बजे

निर्धारित मितिमै निर्वाचन हुन्छ : अर्थमन्त्री खनाल

सिरहा– अर्थमन्त्री डा रामेश्वर खनालले आगामी फागुन २१ गते हुने

बालेनसँगको वार्तापछि रवि : मेरो अनुहार हेर्नुस्, केही समय प्रतिक्षा गर्नुस्

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर

विश्वविद्यालयलाई प्राज्ञिकस्थल बनाउन आवश्यक : प्रधानमन्त्री

काठमाडौ– प्रधानमन्त्री सुशीला कार्कीले विश्वविद्यालयलाई प्राज्ञिक बहसको थलो बनाउन सबै

बालेनको सक्रियताले वैकल्पिक शक्तिलाई मिल्न दबाब, यस्ता छन् जटिलता

काठमाडौं- पछिल्लो समय काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले वैकल्पिक शक्तिहरूसँग

उत्तर कोरियाको आणविक पनडुब्बीमा प्रगति

एजेन्सी – उत्तर कोरियाले आणविक–सञ्चालित पनडुब्बी निर्माणमा उल्लेखनीय प्रगति गरेको