सिन्धुलीबाट लागूऔषधसहित एक जना पक्राउ « Khabarhub

सिन्धुलीबाट लागूऔषधसहित एक जना पक्राउ


२९ बैशाख २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

सिन्धुली– जिल्ला प्रहरी कार्यालय सिन्धुलीले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ । 

शुक्रबार दिउँसो कमलामाई नगरपालिका-६ माझिटारमा यात्रुबाहक हायस गाडी चेकजाँच गर्ने क्रममा एक्सपल्वन र निट्राभेट ट्याबलेटसहित बर्दिवास नगरपालिका-४ माईस्थानका २१ वर्षीय रविन विश्वकर्मालाई प्रहरीले नियन्त्रणमा लिएको हो । 

बिर्तामोडबाट काठमाडौंतर्फ जाँदै गरेको प्रदेश ३-०१-००५ ख ९७६७ नम्बरको हायसमा रहेका विश्वकर्माले लगाएको पाइन्टमा एक्सपल्वन २ सय एमएल र निट्राभेट-दश लेखिएको १० पत्ता ट्याब्लेट लागूऔषध फेला पारिएको थियो । 

पक्राउ गरिएका विश्वकर्मालाई शुक्रबार नै जिल्ला अदालत सिन्धुलीबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान कार्य सुरु गरिएको प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक चिरञ्जिवी दाहालले जानकारी दिए । 

प्रकाशित मिति : २९ बैशाख २०८०, शुक्रबार  ७ : ४१ बजे

पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित

मुस्ताङ – पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित भएको छ ।

पिकअपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मकवानपुर – मकवानपुरको हेटौँडामा पिकअप गाडी र मोटरसाइकल एकआपसमा ठोक्किँदा

किन घटे मुस्ताङ आउने पर्यटक ?

मुस्ताङ – गत आर्थिक वर्षको पहिलो तीन महिनाको तुलनामा चालु

गाजामा इजरायली हवाई आक्रमणमा हमासका तीन सदस्य मारिए

जेरुसेलम – गाजा पट्टीमा गत सप्ताहान्त इजरायलले गरेको हवाई आक्रमणमा

तातोपानी नाका नियमित सञ्चालनको माग, दुई दिनमा जम्मा १० कन्टेनर नेपाल भित्रिए

सिन्धुपाल्चोक – यही कात्तिक १ गतेदेखि अस्थायी रुपमा सञ्चालनमा ल्याइएको