सिन्धुलीबाट लागूऔषधसहित एक जना पक्राउ « Khabarhub

सिन्धुलीबाट लागूऔषधसहित एक जना पक्राउ


२९ बैशाख २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

सिन्धुली– जिल्ला प्रहरी कार्यालय सिन्धुलीले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ । 

शुक्रबार दिउँसो कमलामाई नगरपालिका-६ माझिटारमा यात्रुबाहक हायस गाडी चेकजाँच गर्ने क्रममा एक्सपल्वननिट्राभेट ट्याबलेटसहित बर्दिवास नगरपालिका-४ माईस्थानका २१ वर्षीय रविन विश्वकर्मालाई प्रहरीले नियन्त्रणमा लिएको हो । 

बिर्तामोडबाट काठमाडौंतर्फ जाँदै गरेको प्रदेश ३-०१-००५ ख ९७६७ नम्बरको हायसमा रहेका विश्वकर्माले लगाएको पाइन्टमा एक्सपल्वन २ सय एमएलनिट्राभेट-दश लेखिएको १० पत्ता ट्याब्लेट लागूऔषध फेला पारिएको थियो । 

पक्राउ गरिएका विश्वकर्मालाई शुक्रबार नै जिल्ला अदालत सिन्धुलीबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान कार्य सुरु गरिएको प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक चिरञ्जिवी दाहालले जानकारी दिए । 

प्रकाशित मिति : २९ बैशाख २०८०, शुक्रबार  ७ : ४१ बजे

घाँसामा शीतोष्ण बागवानीको एकाइ फार्म स्थापना

मुस्ताङ– यहाँको थासाङ गाउँपालिका–४ घाँसास्थित शीतोष्ण बागवानी विकास केन्द्रको जग्गामा

निर्वाचन बिथोलिन दिँदैनौँ : गृहमन्त्री अर्याल

सुदूरपश्चिम– गृहमन्त्री ओमप्रकाश अर्यालले लुटिएका हतियार र भागेका कैदीबन्दीका कारण

डविड र अर्जुनको बलियो साझेदारीले चितवनले जनकपुरलाई दियो १७७ रनको लक्ष्य

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गत मंगलबारको

कालो पट्टी बाँधेर मैदानमा उत्रिए जनकपुरका खेलाडी (तस्बिरहरू)

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गत मंगलबारको पहिलो खेलमा 

चीनद्वारा आफ्नो जलक्षेत्रमा पसेका अवैध जापानी जहाज निष्कासन

एजेन्सी– चिनियाँ जल क्षेत्रमा अवैध रूपमा प्रवेश गरेको आरोपमा जापानी