वैदेशिक लगानी आकर्षित गर्न संरचनात्मक सुधारमा ध्यान दिन विज्ञको सुझाव « Khabarhub

वैदेशिक लगानी आकर्षित गर्न संरचनात्मक सुधारमा ध्यान दिन विज्ञको सुझाव


२९ बैशाख २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपालमा विदेशी लगानी भित्र्याउनका लागि कानूनी एवं संरचनात्मक सुधार गर्नुपर्नेमा जोड दिइएको छ ।

लगानी बोर्ड र स्टान्डर्ड चार्टर्ड बैंकको संयुक्त आयोजना र नेपाल आर्थिक पत्रकार समाज (सेजन) को संयोजनमा आज काठमाडौँमा सम्पन्न ‘नेपालका लागि वित्तीय लगानीसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन’को अन्तिम सत्रका वक्ताहरूले नेपालमा वैदेशिक लगानी भित्र्याउनका लागि कानूनी संरचनासहित लगानीयोग्य आयोजना निर्माणमा विशेष ध्यान दिनुपर्ने सुझाव दिएका हुन् ।

अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) का नेपालका लागि आवासीय प्रतिनिधि टेरेसा दबन सान्चेजले भने, “नेपालको कानूनी संरचना सुधार्नुपर्छ, दिगो अर्थतन्त्रका लागि आयातमा आधारित राजस्व प्रणालीलाई परिवर्तन गर्नुपर्छ । त्यसका लागि उत्पादनमूलक क्षेत्रमा लागनी बढाउनुपर्छ ।”

उनले वैदेशिक लगानी आकर्षित गर्नका लागि आयोजना कार्यान्वयन क्षमता अभिवृद्धि र नीतिगत सुधारमा विशेष केन्द्रित हुन पनि सुझाव दिए।

त्यसैगरी एसियाली विकास बैंका प्रमुख अर्थशास्त्री जान हान्सेनले नेपालमा लगानीमैत्री वातारण बनाउनका लागि प्रविधिमैत्री हुनुपर्ने बताए । उनले स्थानीयस्तरमा लगानी पु¥याउनका लागि सोहीअनुसारका फरक–फरक लगानीयोग्य आयोजना निर्माण गर्न नेपाललाई सुझाव दिए ।

अर्थशास्त्री हान्सेनले सार्वजनिक र निजी क्षेत्रको सहकार्यमा नै लगानीको वातावरण सिर्जना हुने भएकाले आपसी सहकार्य गर्दै लागनीका क्षेत्र पहिल्याउनेतर्फ ध्यान दिन आग्रह गरे ।

त्यसैगरी संयुक्त राष्ट्रसङ्घ, वित्तीय विकास कोषका राष्ट्रिय कार्यक्रम संयोजक सरोज नेपालले नेपालका सङ्घ, प्रदेश र स्थानीय तहमा थुप्रै आयोजनाहरू रहेको उल्लेख गर्दै लगानीयोग्य आयोजना भने पाउन मुस्किल रहेको बताए । उनले लगानीयोग्य आयोजना तयार भएको अवस्थामा मात्रै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय लगानी आकर्षित हुने भएकाले त्यस्ता योजना तयारमा विशेष ध्यान जानुपर्नेमा उनको जोड थियो ।

स्टान्डर्ड चार्टर्ड बैंक युकेका स्थिरतासम्बन्धी वरिष्ठ सल्लाहकार जोहन मुर्टनले सन् २०३० सम्ममा मध्यस्तरको आय भएको देशमा परिणत हुने र सन् २०४५ सम्ममा शून्य कार्वन उत्सर्जन गर्ने लक्ष्य लिएको नेपालले त्यस्तो लक्ष्य भेट्टाउनका लागि वातावरणमैत्री लगानीलाई विशेष प्राथमिकता दिनुपर्नेमा जोड दिए । उनले वैदेशिक लगानीलाई आकर्षित गर्नका लागि तीव्र गतिमा विकास गरिरहेका विश्वका ठूला अर्थतन्त्र (भारत र चीन) बाट फाइदा लिन सक्नुपर्ने र त्यसका लागि नीतिगत सुधारलाई ध्यान दिनुपर्ने बताए ।

त्यसैगरी नेपाल उद्योग परिसङ्घका उपाध्यक्ष वीरेन्द्रराज पाण्डेले सार्वजनिक क्षेत्र र निजी क्षेत्रको सहकार्यबाट मात्रै आर्थिक विकास अगाडि बढाउन सकिने विश्वास व्यक्त गर्दै सोहीअनुसार नेपाल अगाडि बढेको जानकारी गराए । उनले दिगो विकासका लागि निजी क्षेत्रले महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएको उल्लेख गर्दै नेपालका निजी क्षेत्रको आर्थिक विकास निरन्तर सहयोग बताए ।

नेपाल पूर्वाधार बैंकका प्रमुख कार्यकारी अधिकृत रामकृष्ण खतिवडाले नेपालले लिएको आर्थिक लक्ष्य पूरा गर्नका लागि वैदेशिक सहयोग आवश्यक पर्ने र सोहीअनुसारका कार्यक्रम तय गरेर अगाडि बढ्नुपर्ने बताए ।

 

प्रकाशित मिति : २९ बैशाख २०८०, शुक्रबार  ८ : १२ बजे

इलाम र रूकुम पश्चिममा दुईजना मृत अवस्थामा फेला

काठमाडौं– इलामको सूर्योदय नगरपालिका-१२ स्कुल टोल बस्ने २९ वर्षीया अनिता भगवत

शीतभण्डारमा भ्रष्टाचार : लुम्बिनीका तत्कालीन प्रदेश सचिव अधिकारीसहित १६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रूपन्देहीको सम्मरीमाई गाउँपालिका-५ सिद्धनाथमा निर्माणाधीन

वातावरण संरक्षणमा सक्रिय सहभागिता आवश्यक : सभामुख यादव

महेन्द्रनगर– मधेस प्रदेशसभाका सभामुख रामआशिष यादवले मिथिलाको लोकपर्व जुडशितलको शुभ

दुई सय २५ केजी गाँजासहित दुई जना पक्राउ

इनरुवा– सुनसरी बराहक्षेत्र नगरपालिका–६ बाट ठूलो परिणामा लागूऔषध गाँजासहित पक्राउ

अब शिक्षकहरूको अवकाशपछिको ‘सिटरोल’ प्रदेशस्तरबाट

काठमाडौं– राष्ट्रिय किताबखाना (निजामती) ले सामुदायिक विद्यालयका स्थायी शिक्षकहरूको अवकाशपछिको