यमनमा हुथी विद्रोहीको ड्रोन आक्रमणमा परी तीन सैनिकको मृत्यु « Khabarhub

यमनमा हुथी विद्रोहीको ड्रोन आक्रमणमा परी तीन सैनिकको मृत्यु


२९ बैशाख २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – यमनको मारिब प्रान्तमा हुथी लडाकू समूहले गरेको ड्रोन आक्रमणमा परी कम्तीमा तीन जना यमनी सरकारी सैनिकको मृत्यु भएको यमनका एक सरकारी अधिकारीले शुक्रबार सिन्ह्वालाई जानकारी दिएका छन् ।

नाम नबताउने शर्तमा स्थानीय सरकारी अधिकारीका अनुसार हुथी समूहले मारिबको हरिब जिल्लामा रहेको सरकारी सैन्य प्रतिष्ठानलाई लक्षित गरी रातभर गरेको ड्रोन आक्रमणमा तीन सैनिकको मृत्यु हुनुका साथै अन्य पाँच जना गम्भीर घाइते भएका थिए ।

ती अधिकारीले भने, “हुथी विद्रोहीले बिहीबार राति हरिब क्षेत्रमा तैनाथ हाम्रा सैनिकलाई विस्फोटक पदार्थले भरिएको ड्रोनले निशाना बनाएका थिए। रातभर धेरै विस्फोटका आवाज सुनिएको थियो ।”

सरकारी सेना र इरान समर्थित हुथी विद्रोहीहरूबीच जारी द्वन्द्वमा सापेक्षिक शान्तिको अवधिका बीच ड्रोन आक्रमण भएको हो । यमनले हालैका महिनाहरूमा शत्रुतामा उल्लेखनीय कमी आएको अनुभव गरेको छ । यो सापेक्षिक शान्ति यमनको आठ वर्ष लामो विनाशकारी युद्धको अन्त्य गर्ने उद्देश्यले क्षेत्रीय र अन्तर्राष्ट्रिय शान्ति प्रयासहरूसँग मेल खान्छ ।

तेलको लागि धनी मानिने यमनको मारिब प्रान्तको लडाईं जारी द्वन्द्वको एक प्रमुख प्रेरक शक्ति बनेको छ, किनकि यसको बहुमूल्य स्रोतहरूले नियन्त्रणका लागि विभिन्न गुटहरूलाई आकर्षित गर्दछ ।

हुथी लडाकू समूहले सन् २०१४ मा साउदी समर्थित यमनी सरकारलाई सानाबाट सत्ताच्युत गरेपछि यमन गृहयुद्धमा फसेको छ । यस द्वन्द्वका कारण ठूलो सङ्ख्यामा हताहत भएका छन् र यमनलाई व्यापक अनिकाललगायत मानवीय सङ्कटको सङ्घारमा पु¥याएको छ ।

प्रकाशित मिति : २९ बैशाख २०८०, शुक्रबार  १० : ३५ बजे

महिला क्रिकेट टोलीका प्रशिक्षक मनोज कटुवालले दिए राजीनामा

काठमाडौं – नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक मनोज कटुवालले

सिन्धुलीकाे कमलामाई नगर क्षेत्रमा कर्फ्यू आदेश जारी

सिन्धुली – जिल्ला प्रशासन कार्यालय सिन्धुलीले कमलामाई नगरपालिका क्षेत्रमा अवस्था

५६ वर्षमा डिग्री गरेका सुजयराजको अनुभव : पढाउनेले झन् धेरै पढ्नु पर्छ

काठमाडौं– उमेरले होइन, इच्छाशक्तिले मानिसलाई सफलताको शिखरसम्म पुर्‍याउँछ । बुढ्यौली

दश घण्टापछि कुमार बेनको घरबाट बाहिरिए बालेन

ललितपुर– काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ललितपुर तरेको १० घण्टापछि