गेटामा स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउने सरकारको निर्णय « Khabarhub

गेटामा स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउने सरकारको निर्णय


२९ जेठ २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


318
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाल सरकारले कैलालीको गेटामा मेडिकल कलेज सञ्चालनका लागि निर्माण गरिएको भौतिक संरचनामा स्वास्थ्य विज्ञान विश्वविद्यालय नै बनाउने भएको छ ।

आगामी आर्थिक वर्षको बजेट वक्तव्यमा स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापनाका लागि बजेट विनियोजन गरिएको भए पनि सरकारले स्वास्थ्य विज्ञान विश्वविद्यालय नै बनाउने भएको हो ।

परराष्ट्रमन्त्री एवं नेपाली कांग्रेसका नेता एनपी साउदले गेटामा प्रतिष्ठान नभएर शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाइने जानकारी दिए । गृहजिल्ला कञ्चनपुर क्षेत्र नं २ कांग्रेसका नेताहरुसँग आज मन्त्रालयमा भएको भेटवार्ताका क्रममा उनले गेटामा स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाइने स्पष्ट पारेका हुन् ।

प्रतिष्ठान कि विश्वविद्यालय भन्ने द्विविधा जनतामा देखिएको भन्दै कञ्चनपुर–२ का नेता मन्त्री साउदलाई भेट्न आएका र मन्त्री साउदले प्रतिष्ठान नभएर मेडिकल विश्वविद्यालय नै बन्छ, यसमा सरकार प्रतिबद्ध रहेको बताएको उनका प्रमुख स्वकीय सचिव दीपक जोशीले जानकारी दिए ।

क्षेत्रीय सभापति लालबहादुर सिंहको नेतृत्वको टोलीसँगको भेटवार्तामा मन्त्री साउदले मन्त्रिपरिषद् बैठकबाट गेटामा स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउने निर्णय नै भइसकेको बताएका हुन् ।

मन्त्रिपरिषदबाट निर्णय गरेर सुदूरपश्चिममा विश्वविद्यालय खोल्ने र यसका लागि विधेयक संसदमा पठाउने निर्णय भइसकेको छ । प्रधानमन्त्री निवासमा स्वास्थ्य सचिव बोलाएर विश्वविद्यालय बनाउने विषयमा छलफल गरेरै मन्त्रिपरिषद्ले विश्वविद्यालय बनाउने निर्णय गरेको हो ।

गत माघ २९ गते बसेको मन्त्रिपरिषद् बैठकले गेटामा शहीद दशरथचन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउने निर्णय गरेको थियो । त्यसको भोलिपल्ट गेटमै आयोजित कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउने निर्णयबारे स्थानीयलाई जानकारी दिएका थिए ।

प्रकाशित मिति : २९ जेठ २०८०, सोमबार  १ : ३६ बजे

कृष्णभीर अवरुद्ध भएपछि हेटौँडा–काठमाडाैं मार्गमा सवारी चाप

हेटौँडा – पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक अवरुद्ध भएपछि वैकल्पिक

भोटेकोशी बाढी : बर्दियाका १३५ जनाको उद्धार

बर्दिया – रसुवाको भोटेकोशी नदीमा यही भदौ १० गते गएको

भोटेकोशी बाढीपीडितलाई आठ लाख २५ हजार सहयोग

कञ्चनपुर – कञ्चनपुरको लिटिल बुद्ध एकेडेमीले भोटेकोशी बाढीपीडितका लागि रु

भोटेकोशी बाढी : एक हजार २०४ शव फेला

काठमाडौं – रसुवास्थित भोटेकोशी बाढीमा परी मृत्यु भएका एक हजार

भोटेकोशी बाढीसँगै बगेका नौ शव भारतबाट नेपाल ल्याइयो

रूपन्देही – भोटेकोशी नदीमा गएको बाढीमा बगेर भारत पुगेका नौ