प्रधानमन्त्री पत्नी सीता दाहालको निधन « Khabarhub

प्रधानमन्त्री पत्नी सीता दाहालको निधन


२७ असार २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


435
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको निधन भएको छ ।

उनको थापाथलीस्थित नर्भिक अस्पतालमा आज विहान ८ बजेर ३३ मिनेटमा निधन भएको अस्पतालले जनाएको छ ।

लामो समयदेखि अस्वस्थ सीता दाहालको अवस्था तथ जटिल बनेपछि गएराति नर्भिक अस्पतालमा भर्ना गरिएको थियो ।

यसैबीच, स्वर्गीय सीताको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि बिहान ११ देखि दिउँसो १ बजेसम्म पार्टी कार्यालय पेरिसडाँडामा राखिने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । उनको दिउँसो २ बजे पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिने जनाइएको छ ।

माओवादी केन्द्रको सल्लाहकार समेत रहेकी सीता पार्किन्सन जस्तो देखिने एक जटिल प्रकारको रोग ‘प्रोग्रेसिभ सुपरान्युक्लियर पाल्सी (पीएसपी)’ बाट लामो समयदेखि पीडित थिइन् ।

 

प्रकाशित मिति : २७ असार २०८०, बुधबार  ९ : ३३ बजे

दशैँको टीका : कतै रौनक, कतै सुनसान

काठमाडौं – आज विजयादशमी । निधारमा रातो टीका र शिरमा

बङ्गलादेशका क्रिकेटर मेहदी हसनले पोखराबाट एनपिएल खेल्ने

काठमाडौं – बङ्गलादेशका अलराउन्डर मेहदी हसनले नेपाल प्रिमियर लिग (एनपिएल)

एनपीएलका सबै खेलले पाए लिस्ट ‘ए’ टी–२० मान्यता

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका सबै

अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा ईयू

ब्रसेल्स – युरोपेली युनियन (ईयू)ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष

ग्रीसमा पनि विद्यार्थी र शिक्षकद्वारा प्रदर्शन

एथेन्स- जीवनयापनको बढ्दो लागत, विद्यार्थीका लागि सस्तो आवासको अभाव र