नवीकरण नगर्ने क्याम्पसलाई त्रिवीले कारबाही गर्ने « Khabarhub

नवीकरण नगर्ने क्याम्पसलाई त्रिवीले कारबाही गर्ने


२७ असार २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


144
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– त्रिभुवन विश्वविद्यालय (त्रिवी)ले सम्बन्धन प्राप्त गरी सञ्चालनमा भइ नवीकरण नगर्ने क्याम्पसलाई कारबाही गर्ने भएको छ ।

विश्वविद्यालयले आज सूचना प्रकाशित गरी यसअघि नवीकरणका लागि पटकपटक सम्बन्धित क्याम्पसलाई सूचित गरे पनि नवीकरण नगरेकाले कारबाहीको प्रक्रिया अगाडि बढाएको जानकारी दिएको हो ।

नवीकरण नगर्ने क्याम्पसको सूची वेबसाइटमा प्रकाशित गरिएको विश्वविद्यालयले जनाएको छ ।

विश्वविद्यालयले कुनै क्याम्पसले नवीकरण प्रक्रियामा भएको भए यथाशक्य आधिकारिक निस्सा प्रमाणसहित सम्बन्धित डीनको कार्यालयमा सम्पर्क गर्न समेत अनुरोध गरेको छ ।

यसअघि त्रिविले २०७९ पुस २० गते र चैत २८ गते नवीकरणका लागि सूचना प्रकाशित गरेको थियो ।

प्रकाशित मिति : २७ असार २०८०, बुधबार  १ : ०४ बजे

एनसेल र नाटोबीच साझेदारी, नेपाल आउने पर्यटकको दूरसञ्चार सेवामा पहुँच सहज हुने

काठमाडौं– एनसेलले नेपाल एसोसिएसन अफ ट्राभल अपरेटर्स (नाटो) सँग साझेदारीको घोषणा

एसियाली खेलकुदमा नेपाली खेलाडीले बनाए निराश, कराँते र उसूका सबैजसो खेलाडी पराजित

नागोया- जापानको आइची–नागोयामा जारी २०औँ एसियाली खेलकुदमा आइतबार नेपालका पदकका

उमेर र तौलको ट्रोलिङमा सलमानको जवाफ : कपडा फुकाल्दै भने- ‘कर लो ट्रोलिङ’

काठमाडौं– बलिउड अभिनेता सलमान खान आफ्नो उमेर, तौल, रूप र

दोलखा कांग्रेसको वडा अधिवेशन : ६० वडामा सम्पन्न, १४ वडाको नतिजा आउन बाँकी

दोलखा– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत दोलखाका नौवटा स्थानीय तहका ७४

केही नेताले शेरबहादुर दाइलाई अल्मल्याए : महालक्ष्मी उपाध्याय ‘डिना’

काठमाडौं- पूर्वसभापति शेरबहादुर देउवाको साथ छोडेर केही दिनअघि नेपाली कांग्रेसको