आर्यघाट पुगेर पूर्वप्रधानमन्त्रीद्वय देउवा र नेपालले दिए सीता दाहाललाई अन्तिम श्रद्धाञ्जली « Khabarhub

आर्यघाट पुगेर पूर्वप्रधानमन्त्रीद्वय देउवा र नेपालले दिए सीता दाहाललाई अन्तिम श्रद्धाञ्जली


२७ असार २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


117
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको अन्त्येष्टिको तयारी भइरहेको छ ।

अहिले पशुपति आर्यघाटमा दाहालप्रति अन्तिम श्रद्धाञ्जली दिने कार्य भइरहेको छ । पूर्वप्रधानमन्त्रीद्वय नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललले दाहाललाई अन्तिम श्रद्धाञ्जली दिएका छन् ।

उनीप्रति परिवारका सदस्य, आफन्त, विभिन्न राजनीतिक दलका नेता तथा कार्यकर्ता, मन्त्रीहरु, सांसद तथा शुभचिन्तकहरुले अन्तिम श्रद्धाञ्जली दिइरहेका छन् ।

हृदयघात भएपछि बुधबार बिहान ८ बजे नर्भिक अस्पतालमा लगिएको सीताको उपचारकै क्रममा ८ बजेर ३३ मिनेट जाँदा निधन भएको प्रधानमन्त्री प्रचण्डका निजी चिकित्सक प्राध्यापक डा. युवराज शर्माले जानकारी दिए ।

प्रकाशित मिति : २७ असार २०८०, बुधबार  ३ : १९ बजे

आर्थिक गणना : लगत प्रशोधन प्रक्रिया सुरु

काठमाडौँ– राष्ट्रिय तथ्याङ्क कार्यालयले आर्थिक गणनामा सहभागी व्यावसायिक प्रतिष्ठानको लगत

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, के छ कार्यसूची ?

काठमाडौँ– सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ । प्रतिनिधिसभाको

मेसीको गोलका बाबजुद १० खेलाडीमा सीमित इन्टर मायमी कोलम्बससँग पराजित

काठमाडौँ : लिओनेल मेसीले गोल गरे पनि मेजर लिग सकर

हालान्डको कीर्तिमानी गोलका बाबजुद नर्वेमाथि पोर्चुगलको रोमाञ्चक जित

काठमाडौँ : एर्लिङ हालान्डले आफ्नो ६५औँ अन्तर्राष्ट्रिय गोल गरे पनि

कालीगण्डकीको कटानले फाइबर पोल बगाएपछि म्याग्दी, बागलुङ र मुस्ताङमा सञ्चार सेवा ठप्प

म्याग्दी : सहश्रधारामा कालीगण्डकी नदीको कटानले फाइबर पोल बगाएपछि धवलागिरिका