उदयपुरमा ठगी गर्ने गिरोहका सात जना पक्राउ « Khabarhub

उदयपुरमा ठगी गर्ने गिरोहका सात जना पक्राउ


२७ असार २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


744
Shares
  • change font
  • change font
  • change font

उदयपुर- जिल्ला प्रहरी कार्यालय उदयपुरले ठगी गरेको आरोपमा सात जनालाइ पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय उदयपुरले बुधबार पत्रकार सम्मेलन गर्दै उपहार, हुण्डी, तथा विदेशी विनिमय अन्तरगर्तका कारोबारमा ठगी गरेको आरोपमा उनीहरुलाई पक्राउ गरी सार्वजनिक गरेको हो ।

विभिन्न प्रलोभन देखाई समाजिक सञ्जालमा विदेशबाट उपहार आएको र एयरपोर्टमा कर तिर्न पर्ने भएकोले रकम पठाउन लगाइ ठगी गरेको आरोपमा बिराटनगर महानगरपालिका २० का हेमराज साह, सप्तरी विष्णुपुर गाउँपालिका २ का निरजकुमार साह, झापा जिल्लाको झापा गाउँपालिका १ का बरजहान सेखलार्य पक्राउ परेका हुन् ।

त्यसैगरी पक्राउ पर्नेहरुमा गुल्मी जिल्लाको इस्मा गाउपालिका ५ का ध्रुब थापा, बारा जिल्ला कलैया उपमहानगरपालिका २० का फुल मोहमद मियाँ धुनिया, सप्तरी जिल्ला राजविराज नगरपालिका १ का डम्बर साह रहेको प्रहरीले जनाएको छ ।

पत्रकार सम्मेलनमा ईलाका प्रहरी कार्यालय कटारीका प्रहरी नायव उपरिक्षक रबिन कार्कीले घटनामा प्रहरीले सुक्ष्म अनुसन्धान गरी ठगी गर्ने गिरोह पक्राउ गर्न सफल भएको बताए ।

पछिल्लो समय समाजिक संजाल तथा मोबाइल कल गरेर चिठ्ठा पर्यो भनेर ठगी गर्ने गिरोह सक्रिय रहेका बेला उदयपुर प्रहरीले सात जनालाई पक्राउ गरी कारवाही प्रक्रिया अघि बढाएको हो ।

पक्राउ परेका सातै जनालाई नै जिल्ला अदालतबाट संगठित अपराधसम्बन्धी कसुर, मुलुकी अपराध संहिता २०७४ को ठगी, अपराधिक विश्वासघात तथा आपराधिक लाभ सम्बन्धि कसुरमा अनुसन्धान सुरु गरिरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २७ असार २०८०, बुधबार  ६ : २८ बजे

अल्पकालीन लोकप्रियताभन्दा दीर्घकालीन आर्थिक सुधारमा केन्द्रित छ बजेट : अर्थमन्त्री

काठमाडौं– अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको बजेट अल्पकालीन

एमसिए नेपालद्वारा ४५० हेक्टरमा वृक्षारोपण गर्न सम्झौता

काठमाडौं– मिलेनियम च्यालेञ्ज एकाउण्ट (एमसिए) नेपालले विद्युत् प्रसारण आयोजनाबाट प्रभावित हुने

लुम्बिनी प्रदेशको बजेटको आकार ३७ अर्ब ३८ करोड ४५ लाख

काठमाडौं– लुम्बिनी प्रदेशले आगामी आर्थिक वर्षको लागि ३७ अर्ब ३८

सम्झौताका बाबजुद पनि अमेरिकाप्रति गहिरो अविश्वास कायमै : इरान

एजेन्सी– युद्ध अन्त्य गर्ने उद्देश्यका साथ सहमति भए पनि तेहरानले

मुस्ताङमा पर्यटक बढेसँगै फोहरमैला व्यवस्थापनमा चुनौती

मुस्ताङ–  धार्मिक तथा पर्यटकीय हिमाली जिल्ला, मुस्ताङमा पछिल्लो समय फोहरमैला