उदयपुरमा ठगी गर्ने गिरोहका सात जना पक्राउ | Khabarhub Khabarhub

उदयपुरमा ठगी गर्ने गिरोहका सात जना पक्राउ


२७ असार २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


744
Shares
  • change font
  • change font
  • change font

उदयपुर- जिल्ला प्रहरी कार्यालय उदयपुरले ठगी गरेको आरोपमा सात जनालाइ पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय उदयपुरले बुधबार पत्रकार सम्मेलन गर्दै उपहार, हुण्डी, तथा विदेशी विनिमय अन्तरगर्तका कारोबारमा ठगी गरेको आरोपमा उनीहरुलाई पक्राउ गरी सार्वजनिक गरेको हो ।

विभिन्न प्रलोभन देखाई समाजिक सञ्जालमा विदेशबाट उपहार आएको र एयरपोर्टमा कर तिर्न पर्ने भएकोले रकम पठाउन लगाइ ठगी गरेको आरोपमा बिराटनगर महानगरपालिका २० का हेमराज साह, सप्तरी विष्णुपुर गाउँपालिका २ का निरजकुमार साह, झापा जिल्लाको झापा गाउँपालिका १ का बरजहान सेखलार्य पक्राउ परेका हुन् ।

त्यसैगरी पक्राउ पर्नेहरुमा गुल्मी जिल्लाको इस्मा गाउपालिका ५ का ध्रुब थापा, बारा जिल्ला कलैया उपमहानगरपालिका २० का फुल मोहमद मियाँ धुनिया, सप्तरी जिल्ला राजविराज नगरपालिका १ का डम्बर साह रहेको प्रहरीले जनाएको छ ।

पत्रकार सम्मेलनमा ईलाका प्रहरी कार्यालय कटारीका प्रहरी नायव उपरिक्षक रबिन कार्कीले घटनामा प्रहरीले सुक्ष्म अनुसन्धान गरी ठगी गर्ने गिरोह पक्राउ गर्न सफल भएको बताए ।

पछिल्लो समय समाजिक संजाल तथा मोबाइल कल गरेर चिठ्ठा पर्यो भनेर ठगी गर्ने गिरोह सक्रिय रहेका बेला उदयपुर प्रहरीले सात जनालाई पक्राउ गरी कारवाही प्रक्रिया अघि बढाएको हो ।

पक्राउ परेका सातै जनालाई नै जिल्ला अदालतबाट संगठित अपराधसम्बन्धी कसुर, मुलुकी अपराध संहिता २०७४ को ठगी, अपराधिक विश्वासघात तथा आपराधिक लाभ सम्बन्धि कसुरमा अनुसन्धान सुरु गरिरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २७ असार २०८०, बुधबार  ६ : २८ बजे

महदेवा गाउँपालिका पूर्व अध्यक्ष यादवको निधन

सप्तरी – सप्तरीको महदेवा गाउँपालिका पूर्व अध्यक्ष दीपककुमार यादवको ६८

बालुवाटारमा ओलीको बोली : ईश्वरले बाटो बिराए, विद्याबाहेक एमालेमा मलाई चुनौती दिने कोही छैन

काठमाडौँ- दशौँ केन्द्रीय कमिटीको बैठक स्थगित गरेका नेकपा एमालेका अध्यक्ष

नेपाल–चीन सम्बन्ध मित्रता र आपसी विश्वासमा आधारित छ : पूर्वप्रधानमन्त्री खनाल

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीका सम्मानित नेता एवं

बारामा बाघको आक्रमणबाट एक जनाको मृत्यु

बारा – बारामा बाघको आक्रमणमा परी कृष्णप्रसाद शर्माको मृत्यु भएको

एमाले महाधिवेशन तयारी तीव्र पार्न महासचिवको पोखरेलको निर्देशन

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले दोस्रो