दरबारमार्ग, कमलादी, जमल, सिफल, डिल्लीबजार, चारखाललगायतका स्थानलाई ‘वान वे’ बनाउने तयारी « Khabarhub

दरबारमार्ग, कमलादी, जमल, सिफल, डिल्लीबजार, चारखाललगायतका स्थानलाई ‘वान वे’ बनाउने तयारी


२७ असार २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- दुवै तर्फबाट सवारीसाधन आवतजावत गर्दा समस्या आएको भन्दै काठमाडौँ महानगरपालिकाले आफ्नो अधिकार क्षेत्रमा पर्ने केही सडकमा ‘वान वे’ अर्थात् एक तर्फबाट मात्रै सवारीसाधन सञ्चालन गर्ने तयारी गरेको छ ।

यसरी एकतर्फी बनाउने सडकमा दरबारमार्गस्थित महेन्द्र सालिक क्षेत्रको सडक, कमलादी क्षेत्र, जमल क्षेत्र, सिफल  क्षेत्र, डिल्लीबजार चारखाल क्षेत्रका सडकमा एकतर्फी गर्न लागिएको कामपाको ट्राफिक व्यवस्थापन सल्लाहकार जगतमान श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार सडक एकतर्फी कहिलेदेखि गर्ने, कुन समयमा गर्ने वा सबै समयमा नै सडक एकतर्फी बनाउनेबारे छलफल र अध्ययन भइरहेको छ । त्यसैगरी कामपाले आगामी आवदेखि आफ्नो अधिकार क्षेत्रमा पर्ने सडकमा जेब्राक्रसिङमा रङ लगाउने काम पनि गर्ने जनाएको छ । अहिले अधिकांश स्थानका जेब्राक्रसिङ मेटिएका अवस्थामा छ ।

यस्तो अवस्थामा रहेको जेब्राक्रसिङका कारण दुर्घटनाको जोखिम हुनेहुँदा सडकको मर्मतसम्भार र थप व्यवस्थित गर्नको लागि जेब्राक्रसिङमा रङ लगाएर स्पष्टसँग देख्नसक्ने बनाउन लागिएको सल्लाहकार श्रेष्ठले जानकारी दिए ।

सडक विभागसँगको सल्लाहमा जेब्राक्रसिङमा रङ लगाउने, आवश्यक परेको स्थानमा सडकमा रङ लगाउने कामसहित सडकमा गर्नुपर्ने अन्य कामसमेत गर्ने जनाएको छ । नियमअनुसार आठ मिटरसम्मको सडक कामपाको अधिकारभित्र पर्दछ अन्य सडक सडक विभागको अधिकारभित्र पर्नेछ । कामपाभित्र आठ मिटरभन्दा कम चौडाइका सडक नौ सय ५० किलोमिटर छ ।

कामपाभित्र ६२ मिटर चौडाइका सडकसमेत छन् । कामपाले आगमी आवदेखि यस किसिमको व्यवस्था गर्न लागेको हो । कामपाले आगामी आवका लागि सार्वजनिक पूर्वाधार निर्माण तथा सुधारतर्फ गत आर्थिक वर्षको क्रमागत योजनासहित कूल रु सात अर्ब ३४ करोड ६४ लाख ७१ हजार रकम विनियोजन गरेको छ ।

सोअन्तर्गत सडक निर्माण कार्यलाई थप व्यवस्थित बनाउन रु २५ करोड विनियोजन गरिएको छ । त्यस्तै महानगर क्षेत्रभित्रका सम्पूर्ण सडक तथा पेटीमध्ये ‘डिपिआर’ भएका सडक तथा पेटी मर्मत तथा निर्माण गरी धुलोरहित काठमाडौँ योजनालाई कार्यान्वयन गरी अन्य विभिन्न कार्यक्रम सञ्चालन गर्नका लागि रु एक अर्ब छुट्याएको छ ।

प्रकाशित मिति : २७ असार २०८०, बुधबार  ७ : ०३ बजे

अस्ट्रेलिया र भियतनामबीच व्यापारिक सम्झौता

एजेन्सी– क्यानबेरामा अस्ट्रेलियाली प्रधानमन्त्री एन्थोनी अल्बानिज र भियतनामका राष्ट्रपति टो

सशस्त्र प्रहरीले एक वर्षमा १३ करोडभन्दा बढीको अवैध सामान बरामद

भद्रपुर– सशस्त्र प्रहरीले एक वर्षको अवधिमा रु १३ करोड बढी

मन्त्रिपरिषद्का ५ निर्णय: सुनसरी र सिरहामा मारिएका चारजना सहिद घोषित, एनसेल छानबिन प्रतिवेदन सार्वजनिक गरिने

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहको अध्यक्षतामा बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न पाँच

भारतसँग सम्बन्ध सुधार्ने बङ्गलादेशको चाहना

ढाका- बङ्गलादेशले भारतसँगको सम्बन्धलाई पारस्परिक सम्मान र हितमा आधारित बनाउँदै

अनशनरत यादवको स्वास्थ्यप्रति गम्भीर बन्न सरकारलाई मानवअधिकार आयोगको आग्रह

काठमाडौं- राष्ट्रिय मानवअधिकार आयोगले काठमाडौँको माइतीघरमा अनशनरत विनय यादवको बिग्रँदो