ठगी गरेको आरोपमा सात जना पक्राउ « Khabarhub

ठगी गरेको आरोपमा सात जना पक्राउ


२७ असार २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


123
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ : जिल्ला प्रहरी कार्यालय उदयपुरले ठगी गरेको आरोपमा सात जनालाइ पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय उदयपुरले बुधबार पत्रकार सम्मेलन गर्दै उपहार, हुण्डी, तथा विदेशी विनिमय अन्तरगर्तका कारोबारमा ठगी गरेको आरोपमा उनीहरुलाई पक्राउ गरि सार्वजनिक गरेको हो ।

विभिन्न प्रलोभन देखाई समाजिक संजालमा विदेशबाट उपहार आएको छ, भन्दै एयरपोटमा कर तिर्न पर्ने भएकोले रकम पठाउन लगाइ ठगि गरेको आरोपमा बिराटनगर महानगरपालिका २० का हेमराज साह, सप्तरी विष्णुपुर गाउँपालिका २ का निरजकुमार साह, झापा जिल्लाको झापा गाउँपालिका १ का बरजहान सेखलार्य पक्राउ परेका हुन् ।

त्यसै गरी पक्राउ पर्नेहरुमा गुल्मी जिल्लाको इस्मा गाउपालिका ५ का ध्रुब थापा, बारा जिल्ला कलैया उपमहानगरपालिका २० का फुल मोहमद मियिा धुनिया, सप्तरी जिल्ला राजविराज नगरपालिका १ का डम्बर साह रहेको प्रहरीले जनाएको छ । पत्रकार सम्मेलनमा ईलाका प्रहरी कार्यालय कटारीका प्रहरी नायव उपरिक्षक रबिन कार्कीले घटनामा प्रहरीले सुक्ष्म अनुसन्धान गरी ठगि गर्ने गिरोहहरु पक्राउ गर्न सफल भएको बताए ।

पछिल्लो समय समाजिक संजाल तथा मोवाईल कल गरेर चिठ्ठा पर्यो भनेर ठगी गर्ने गिरोह सक्रिय भई रहेको बेला उदयपुर प्रहरीले सात जनालाई पक्राउ गरि कार्वाही प्रक्रिया अघि बढाएको हो । पक्राउ परेका सातै जनालाई नै जिल्ला अदालतबाट संठठित अपराध सम्बन्धी कसुर, मुलुकी अपराध संहिता २०७४ को ठगी, अपराधिक विश्वासघात तथा आपराधिक लाभ सम्बन्धि कसुरमा अनुसन्धान सुरु गरिरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २७ असार २०८०, बुधबार  १० : २८ बजे

रवि–बालेन भेटवार्ता : सुकुमबासी व्यवस्थापनदेखि सरकारको कार्यसम्पादनबारे छलफल

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र

मोदी खोलाको बाढीले घर र रेष्टुरेन्ट बगायो

कास्की – कास्कीको अन्नपूर्ण गाउँपालिका–११ स्थित किम्रुङ खोलामा आज आएको

झापामा मुन्द्रा लुट्ने एक जना पक्राउ

झापा – झापामा विद्यालयमा पुगेर बालबालिकालाई फकाइ–फुल्याइ कानको मुन्द्रा लुटेको

मोदीखोलाको कटानले पर्यटकीय स्थल घान्द्रुक जाने सडक बन्द

पर्वत – कास्की र पर्वत हुँदै बग्ने मोदीखोलामा आएको बाढीले