एक शक्तिशाली स्रष्टा हरिभक्त कटुवाल | Khabarhub Khabarhub

एक शक्तिशाली स्रष्टा हरिभक्त कटुवाल


२७ श्रावण २०८०, शनिबार  

पढ्न लाग्ने समय : 5 मिनेट


231
Shares
  • change font
  • change font
  • change font

नेपाली गीति आकाशमा एक गीतकारका रुपमा, एक कविका रुपमा र एक गीतकार र कविको रुपमा जीवन बाँचेर एक पात्रका रुपमा सदैव सम्झनामा रहने आदरणीय गीतकार एवम् कवि हरिभक्त कटुवालको विषयमा यहाँ चर्चा गर्दैछु।

२०३५ सालमा रेडियो नेपालको २८ स्थापना दिवसमा गायकका रूपमा किरण प्रधान प्रथम, उदित नारायण झा द्वितीय, गायिका रचना जोशी तृतीय भए। त्यो वर्ष सङ्गीतकारका रूपमा सिके रसाइली र गीतकारका रूपमा हरिभक्त कटुवाल पुरस्कृत भएका थिए। हरिभक्त कटुवालको रचनामा सिके रसाइलीले गाएको गीत ‘आँखादेखि ओझेल भएँ बिर्सिदिन सकौँला कि भनेर, मुटु मिची हिँडे पनि कोही मेरो साथै हिँड्यो छाया बनेर…’ गीतबाट पुरस्कृत भए।

अम्बर गुरुङकै संगीतमा नारायण गोपालले गाएको कटुवालको गीत ‘बतासले झारेका फूलहरू टिपिराखे है’ यो गीत हरिभक्त कटुवालको निधन भएको दिन रेडयो नेपालले दिनभर बजायो। यो एक किसिमले हरिभक्त कटुवालको आत्मकथा जस्तै गीत थियो।

हरिभक्त कटुवालले लेखेका गीतबाट कयौँ कलाकारको उदय भएको छ। कयौं कलाकार असल गायकमा अनुदित भएका छन्। हरिभक्त कटुवालको रचनाको अम्बर गुरुङको सङ्गीतमा नारायण गोपालले गाएको ‘मेरो आँखालाई राख्ने’ वा ‘मेरो यो गीतमा जो मुर्छना छ, त्यो तिमी होइनौं को भन्नसक्छ’निकै लोकप्रिय भए।

अम्बर गुरुङकै संगीतमा नारायण गोपालले गाएको कटुवालको गीत ‘बतासले झारेका फूलहरू टिपिराखे है’ यो गीत हरिभक्त कटुवालको निधन भएको दिन रेडयो नेपालले दिनभर बजायो। यो एक किसिमले हरिभक्त कटुवालको आत्मकथा जस्तै गीत थियो।

उनलाई धेरै मात्रामा चिनाउने गीत ‘मलाई नसोध कहाँ दुख्छ घाउ, म जो छु ठिकै छु बिथोल्न नआऊ’ नारायण गोपालको सङ्गीत र स्वरमा यो गीत रेकर्ड भयो। यसैको शीर्षकमा काठमाडौंमा अशेष मल्लको निर्देशनमा नाटक पनि मञ्चन भयो।

उक्त नाटकमा गगन विरही, सपना मल्ल प्रधान र किशोर पहाडीले अभिनय गरेका थिए। यो गीतको रेकर्ड हरिभक्त कटुवालले सुन्न पाएनन् किनकी उनको निधन भएको चार वर्ष भइसकेको थियो।

‘मलाई नसोध कहाँ दुख्छ घाउ, म जो छु ठिकै छु बिथोल्न नआऊ’हरिभक्त कटुवालको विशेष गीत मानिन्छ। यसबाहेक हरिभक्त कटुवालको गीतहरू अम्बर गुरुङको सङ्गीतमा अन्जु देवी मोथेले गाएको र पछि प्रविन बराइलीको सङ्गीतमा शैलेस सिंहले पनि गाएका थिए।

यो गीत नारायण गोपालले पाँच किसिमले सङ्गीत गरेका थिए। नारायण गोपालले आफूले सङ्गीत गरेका दुई वटा धुनहरू एउटा टेलिफोनमार्फत भूपी शेरचनलाई सुनाए र अर्को पत्नी पेमला गुरुवाचार्यलाई सुनाए, कस्तो छ भनेर।

भूपी शेरचनले सबै भन्दा राम्रो छ भनेको धुन नारायण गोपालले रेकर्ड गरेनन्। पेमला गुरुवाचार्यले यो राम्रो भनेकी थिइन्। त्यो धुन रेकर्ड गरे। जुन गीतलाई उनले आफ्नै संगीतमा सङ्गीत गरेका थिए। सङ्गीत संयोजनको जिम्मेवारी दिव्य खालिङलाई दिइएका थिए।

यही गीतमा गितार बजाउन सुवर्ण लिम्बुलाई नारायण गोपालले चयन गरेका थिए। ‘मलाई नसोध कहाँ दुख्छ घाउ, म जो छु ठिकै छु बिथोल्न नआऊ’हरिभक्त कटुवालको विशेष गीत मानिन्छ। यसबाहेक हरिभक्त कटुवालको गीतहरू अम्बर गुरुङको सङ्गीतमा अन्जु देवी मोथेले गाएको र पछि प्रविन बराइलीको सङ्गीतमा शैलेस सिंहले पनि गाएका थिए।

हरिभक्त कटुवाल कवितामा जति प्रसिद्ध र उच्च कोटीका थिए गीतकारका रूपमा पनि उत्ति नै उच्च कोटीको मानिन्थे। उनका गीतहरू एकसे एक गायकहरूले गाए। बालगीतका रूपमा उनको चर्चित गीत नातिकाजी श्रेष्ठको सङ्गीतमा तारादेवीले गाउनुभयो। संगीता शाक्य र शान्ति शाक्यको आवाजसँग ‘कहाँ जाने कहाँ जाने पुतलीका हुल, जताजता फुलेका छन् मिठा मिठा फूल’। त्यत्तिकै लोकप्रिय मानिन्छ।

हरिभक्त कटुवालको अर्को गीत गायिका अरुणा लामाले गाएको ‘हाँगा हाँगा चैत भरी वैश फुलेछ’ त्यतिकै लोकप्रिय मानिन्छ। हरिभक्त कटुवालका केही गीतहरू नेपाली कथानक चलचित्र दुई थोपा आँशुमा पनि प्रयोग भएका छन्।

रञ्जित गजमेरले सङ्गीत गरेको त्यस गीतहरूमा कुमार सानु, साधना सरगम लगायत धेरै कलाकारले गाएका छन्। चलचित्र अल्लारेमा शम्भुजीत बाँस्कोटाको सङ्गीतमा ‘कहाँ गयो होला मेरो वैश आज’ केही कलाकारले गाएका छन्।

हरिभक्त कटुवाल गीतकारका रूपमा मिटरमा गीत लेख्न सक्ने, लयमा गीत लेख्न सक्ने, गीत भित्रको छन्द आफै सिर्जना गर्न सक्ने गीतकार हुन्। उनका धेरै गीत सुकोमल भावनाका र सुमधुर हुने गर्छन्। कुनै कुनै गीतको व्यापक चर्चा भएको छ।

हरिभक्त कटुवालको गीतलाई दार्जेलिङका सङ्गीतकार दीप वाइवाले सङ्गीत गरेका छन्। उदय सोताङले गाएका ‘यत्ति धेरै मानिस छन् रुने कुनै काख छैन’ यो गीत पनि निकै लोकप्रिय भयो। यही गीतलाई युजिन लामाले सङ्गीत गरेर नेपाली चलचित्र ‘पछ्यौरी’मा प्रयोग गरेका छन्। पछ्यौरीमा यो गीतलाई मोहमत अजिजले गाएका छन्।

हरिभक्त कटुवाल गीतकारका रूपमा मिटरमा गीत लेख्न सक्ने, लयमा गीत लेख्न सक्ने, गीत भित्रको छन्द आफै सिर्जना गर्न सक्ने गीतकार हुन्। उनका धेरै गीत सुकोमल भावनाका र सुमधुर हुने गर्छन्। कुनै कुनै गीतको व्यापक चर्चा भएको छ।

जसमध्ये एउटा गीत ‘पोखिएर घामको झुल्का भरी सँघारैमा, मलाई भनी तिम्रो जिन्दगीको ढोका खोलु खोलु लाग्छ’ यो गीत विभिन्न गीतकारले विभिन्न प्रसङ्गमा यसरी लेखिएको होला भनेर चर्चा गरेका छन्।

कसैले यो गीत हरिभक्त कटुवालले काठमाडौंको न्युरोडस्थित रञ्जना सिनेमा हलको पछाडि होटेलमा बस्दा त्यो होटलको झ्यालबाट छिमेकमा कुनै युवतीले घरको गमला घाममा बरन्डामा ल्याउँदै गर्दा देखेपछि त्यो घाम र युवतीको सम्मिलनलाई लिएर लेखेको भनेका छन्।

कसैले यो गीत हरिभक्त कटुवाललाई इलाम भ्रमण जाँदा चिया बगानको पहिलो घामको झुल्कामा यो गीत लेख्नु भनेर मैले निर्देशन दिएको भनेका छन्। यी सबै कुरा मिथ्या हुन्।

उनले यो गीत आफ्नी सालीलाई ऐना अगाडि बसेर आफैले कपाल कोरिदिँदै गर्दा झ्यालको घाम आएर आफ्नो सालीको सिउँदोमा परेको बेला त्यो सिउँदोमा खेल्दै गरेको घाममाथि उनले यो गीत लेखेको भनेका छन्।

कृष्णचन्द्र सिंह र केही साथी उनको डेरामा खाना खान गएका रहेछन्। त्यो डेरामा उनका छोराछोरी र पत्नी मात्र रहेछन्। उनीहरू पनि भोकै रहेछन्।  हरिभक्त कटुवाल चामल लिन जान्छु भनेर फर्किएनन्।

हरिभक्त कटुवाल जति बेला काठमाडौं आए त्यति बेला उनको जीवन व्यवस्थित थिएन। साहित्यकार कृष्णचन्द्र सिहंका अनुसार उनी एक पटक पुतलीसडकस्थित महेन्द्र पुलिस क्लबको पछाडि डेरा गरे बस्थे। कृष्णचन्द्र सिंह र केही साथी उनको डेरामा खाना खान गएका रहेछन्। त्यो डेरामा उनका छोराछोरी र पत्नी मात्र रहेछन्। उनीहरू पनि भोकै रहेछन्।  हरिभक्त कटुवाल चामल लिन जान्छु भनेर फर्किएनन्।

यो घटनालाई कृष्णचन्द्र सिंह प्रधानले एकदम गैर जिम्मेवार र लापरवाह भनेर पनि लेखेको छन्। यस्ता घटना कयौं भएका छन्। त्यो सायद आर्थिक विपन्नता र जीवनको व्याकरणको असमानताले भएका हुनसक्छन्।

२०२७ सालमा जब हरिभक्त कटुवाल नेपालमा थिए त्यो बेला भारतले एउटा सूक्ष्म किसिमको नाकाबन्दी गर्यो । नेपालमा मट्टीतेल सजिलै पाइँदैनथ्यो। आफ्नो घरपति मट्टीतेल नलिई खाली टिन लिएर फर्किदा त्यसमा भावविह्वल भएर उनले एउटा कविता लेखे।

‘जाति भए हुन्थ्यो बरु म कवि नभएर त्यो मट्टीतेलको टिन भइदिएको भए, कमसेकम त्यो बुढोको घरको एक छाक त म पकाउन सक्थेँ’ कविता लेखेका थिए। यस्ता धेरै घटनाले उनलाई कवि बन्न र व्याङ्ग्य गर्न सहयोग पुर्याएको छ। कहिलेकाजी व्याङ्ग्य चित्रकार बन्नसमेत सहयोग पुर्याएको छ।

आफ्नो जीवन काठमाडौंमा पेसागत रूपमा ‘रूपरेखा’ प्रेसमा बिताए। पछि जागिर छोडेर नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानमा प्रेस शाखामा कविता नामक पत्रिकामा सम्पादकको भूमिका निर्वाह गरे। तर पनि व्यवस्थित घर बनाउन सकेनन्।

हरिभक्त कटुवालले नगेन्द्रराज शर्माद्वारा सम्पादित अभिव्यक्ति पत्रिकाको एउटा आवरणमा चित्र कोरेका थिए। त्यसमा हरिभक्त कटुवालले अब जन्मिने मान्छेको नाक, कान, मुख केही हुँदैन। एउटा पेट मात्र हुन्छ भनेर पेट भएको पात्रको चित्र कोरेका थिएँ। यो निकै चर्चामा आएको थियो।

कटुवालले काठमाडौंमा आफ्नो जीवनमा रुपरेखा पत्रिकाको प्रेसमा बिताए। त्यसपछि प्रज्ञा प्रतिष्ठानको प्रेसमा विताए। विभिन्न काम र भूमिका निर्वाह गर्दै उनले काठमाडौंमा जीवन बिताए।

आफ्नो जीवन काठमाडौंमा पेसागत रूपमा ‘रूपरेखा’ प्रेसमा बिताए। पछि जागिर छोडेर नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानमा प्रेस शाखामा कविता नामक पत्रिकामा सम्पादकको भूमिका निर्वाह गरे। तर पनि व्यवस्थित घर बनाउन सकेनन्।

उनी २०३६ सालमा अन्तिम पटक बिदाइ भएर फर्केर गए। आसामको डिकबोइमा कुनै अस्पतालमा भर्ना भए। स्वास्थ्य उपचार गर्दागर्दै नेपालमा भएको आम निर्वाचनमा बहुदल कि निर्दल भन्ने चयनमा निर्दलको जित भएर बहुदलको हार भएको थाहा पाए।

उनले त्यसपछि सानो पत्र लेखेर नेपाल पठाएका थिए। त्यो पत्र उनको हस्ताक्षरमै ‘आकुञ्जन’ नामक पत्रिकाको आवरणमा छापिएको थियो। ‘निर्दलको जीत बहुदलको हार हाम्रो हार हो’ भनेर हरिभक्त कटुवालको हस्ताक्षर गरिएको त्यो आवरणमै छापिएको थियो।

कति कति आँखाहरु बाटो छेक्न आउँछन्, मलाई भने तिम्रै आँखा रोजौं रोजौं लाग्छ’ यो गीतको बाटो छेक्न आउँछन् भन्ने बिम्ब दोहोरी रहनेछ। त्यो कटुवालको सम्पत्ति हो। वर्ल्ड प्रोपर्टी अर्गनाइजेसनले यस्ता बिम्बको संरक्षण गर्नुपर्छ।

त्यो उनको जीवनको अन्तिम कविता थियो। कविताका रूपमा ‘यो जिन्दगी खै के जिन्दगी’ वा मुक्तकका रूपमा ढुङ्गा, ‘जिन्दगी आधा चेक बुक जस्तै’ त्यतिकै लोकप्रिय थियो।

गीतहरू उनका फरक फरक गायकहरूले गाएका छन्। नारायण गोपाल, अम्बर गुरुङ, तारादेवी, सङ्गीता सुब्बा, कुमार सानु, साधना सरगम, शैलेश सिंह जस्ता कलाकारले गाएका छन्। तर हरिभक्त कटुवाल सधैँ गाइरहनु पर्ने, सधैँ गुन्जिरहनु पर्ने र सधैँ नेपाली सङ्गीत आकाशमा एक गीतकारका रूपमा सम्झिरहनु पर्ने नाम हो।

एउटा पङ्ति उनको बारम्बार दोहोरिन्छ ‘कति कति आँखाहरु बाटो छेक्न आउँछन्, मलाई भने तिम्रै आँखा रोजौं रोजौं लाग्छ’ यो गीतको बाटो छेक्न आउँछन् भन्ने बिम्ब दोहोरी रहनेछ। त्यो कटुवालको सम्पत्ति हो। वर्ल्ड प्रोपर्टी अर्गनाइजेसनले यस्ता बिम्बको संरक्षण गर्नुपर्छ। श्रदेय कवि हरिभक्त कटुवालप्रति हार्दिक श्रद्धाञ्जली।

प्रकाशित मिति : २७ श्रावण २०८०, शनिबार  ९ : ३० बजे

बकर इदले सहकार्यको संस्कृतिलाई सबल बनाउँछ : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको धार्मिक विविधतालाई समृद्ध तुल्याउन

विश्वकपको अन्तिम खेलमा नेपाल २१ रनले पराजित : बंगलादेश सुपर ८ मा

काठमाडौं – आईसीसी टी-२० विश्वकप क्रिकेटको अन्तिम खेलमा नेपाल बंगलादेशसँग

नेपालले १८ ओभरमा गुमायो ७ विकेट : गुल्सन झा आउट

काठमाडौं – आईसीसी टी-२० विश्वकप क्रिकेटमा बंगलादेशविरुद्धको खेलमा नेपालले ७

अवरुद्ध मुग्लिन–मलेखु खण्ड सुचारु

चितवन– पहिरोका कारण अवरुद्ध मुग्लिन–मलेखु सडकखण्ड पुनःसञ्चालनमा आएको छ ।

नेपालले १७ ओभरमा गुमायो छैटौ विकेट : कुशल मल्ल आउट

काठमाडौं – आईसीसी टी-२० विश्वकप क्रिकेटमा बंगलादेशविरुद्धको खेलमा नेपालले ६