देश बनाउन युवा जुट्नुपर्छ : मन्त्री लिम्बू | Khabarhub Khabarhub

देश बनाउन युवा जुट्नुपर्छ : मन्त्री लिम्बू


२७ श्रावण २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूले देश बनाउन युवा जुट्नुपर्ने बताएका छन् । २४औँ अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा आज राष्ट्रिय युवा परिषद्द्वारा आज यहाँ आयोजित कार्यक्रममा उनले देश बनाउने संकल्पका साथ युवा अगाडि बढ्नुपर्ने बताए । 

‘सबै मिलेर काम गर्ने हो भने देश बनाउन धेरै समय लाग्दैन’, मन्त्री लिम्बूले भने । देशलाई समृद्ध बनाउन युवा अगाडि बढ्नुपर्ने मन्त्री लिम्बूको भनाइ छ । ‘जुन रुपमा हामी अगाडि बढेका छौँ । युवालाई चित्त बुझेको छैन । युवाले खोजेको कुरा प्राप्त भएको छैन । नीति परिमार्जन गरेर युवालाई अवसर दिन चाहन्छ्’, उनले भने । युवालाई उद्यमशील बनाउनका लागि यो वर्षलाई सरकारले युवा उद्यमशीलता वर्ष मनाउन थालेको मन्त्री लिम्बूले जानकारी दिए । युवाले राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिकलगायत क्षेत्रमा अग्रसर भएर नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्ने उनले बताए । 

चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा श्रीकृष्ण गिरीले युवा जनशक्ति देशको विकासका लागि महत्वपूर्ण रहेको उल्लेख गर्दै युवालाई नेपालमा काम गर्ने वातावरण सिर्जना गर्नुपर्ने बताए। उनले शिक्षा, स्वास्थ्य र रोजगार युवा केन्द्रित गर्न सके देशको विकास हुने बताए ।

युवा मन्त्रालयका सचिव रविलाल पन्थले युवालाई सक्षम नबनाएसम्म देश नबन्ने बताए। रोजगारी र गन्तव्यको अनेक विकल्प भए पनि मातृभूमिको विकल्प नभएकाले युवालाई जिम्मेवार बनाउनुपर्ने बताए । 

परिषद्का कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेतले युवा उद्यमशीलता वर्षको रुपमा घोषणा गरेकाले युवालाई स्वदेशभित्र नै स्वरोजगार बनाइने बताए। उनले परिषद् युवाको नेतृत्वका विकास, युवाको सशक्तीकरण र उद्यमशीलताका क्षेत्रमा काम गर्न तयार रहेको बताए । 

परिषद्का सदस्य सजिना थापामगरले युवाका लागि बनेका नीति र संरचनालाई कार्यान्वयन गरेर अगाडि बढ्नुपर्ने बताए। मधेस प्रदेश युवा सञ्जालका अध्यक्ष मोहम्मद रइन रायनले मधेस प्रदेशका युवालाई जागरुक गराउनुको साथै आफ्नै प्रदेशमा रोजगारीका लागि काम गर्ने वातावरण तयार पार्नुपर्ने बताए ।  

प्रकाशित मिति : २७ श्रावण २०८०, शनिबार  ४ : ३४ बजे

कोशी र बागमतीका पहाडी भूभागमा भारी वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले मनसुनको

टप टी-२० सिरिज: आज होबर्ट हुरिक्यान्ससँग भिड्दै नेपाल

काठमाडौं – अस्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप इन्ड टी–२० सिरिजमा

मलाइका अरोराले खुलाइन् असफल विवाह, प्रेमप्रतिको विश्वास र अनुभव

काठमाडौं – बलिउड अभिनेत्री मलाइका अरोराले आफ्नो व्यक्तिगत जीवनबारे खुलेर

कानून र अर्थसमितिको बैठक बस्दै

काठमाडौं– संघीय संसद अन्तर्गत रहेको विभिन्न दुईवटा समितिको बैठक बस्दैछ

ट्रम्पले गरे युक्रेनको सुरक्षा ग्यारेन्टीबारे छलफल, पुटिनसँग अर्को बैठकको तयारी

वासिंगटन डिसी – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रूस–युक्रेन युदबारेमा युक्रेनी