युवामा बढेको असन्तुष्टि सम्बोधन गर्न लाग्नुपर्छ : पूर्वप्रधानमन्त्री भट्टराई « Khabarhub

युवामा बढेको असन्तुष्टि सम्बोधन गर्न लाग्नुपर्छ : पूर्वप्रधानमन्त्री भट्टराई


२७ श्रावण २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले युवामा बढेको असन्तुष्टि सम्बोधन गर्न सरकार लाग्नुपर्ने बताएका छन् ।

नेपाल समाजवादी युवा सङ्घले अन्तर्राष्ट्रिय युवा दिवसका अवसर पारेर आज ‘भर्चुअल’ मार्फत आयोजना गरेको ‘राष्ट्रिय राजनीतिमा युवाको भूमिका’ विषयक अन्तरक्रियामा उनले बेरोजगारका कारण युवाप्रति बढेको चरम असन्तुष्टिलाई सम्बोधन गर्न सरकार लाग्नुपर्ने बताए ।

“युवामा भएको असन्तुष्टिलाई सम्बोधन गर्नका लागि समाजवादी युवा सङ्घ लाग्नुपर्छ, रोजगारी र अध्ययनका लागि देश छोडेर विदेश पलायन हुने प्रवृत्ति खतरनाक छ, त्यसलाई रोक्नुपर्छ,” पूर्वप्रधानमन्त्री डा भट्टराईले भने ।

उनले १८ देखि ३५ वर्ष सम्मका युवा अति सिर्जनशील हुने भएकाले युवालाई देशभित्र सम्मानपूर्वक ढङ्गले बाँच्ने वातावरण निर्माण गर्नुपर्ने बताए । युवा विवेक र साहस दुवै लिएर अगाडि बढ्नुपर्ने उनको भनाइ थियो ।

नेपाल समाजवादी पार्टीका उपाध्यक्ष एवं बागमती प्रदेशका मन्त्री गङ्गानारायण श्रेष्ठले देशभरका करिब ४० प्रतिशत युवाको भावनालाई सम्बोधन गरेर सरकार र राजनीतिक दल अगाडि बढ्नुपर्ने बताए । “म प्रदेशको कानुनमन्त्री हो, प्रदेश सरकारले बनाएका कानुनमा युवालाई जुन अधिकार दिनुपर्ने हो, त्यो दिएको देखिँदैन,” उनले भने ।

नेपाल समाजवादी पार्टीका उपाध्यक्ष दुर्गा शोवले पुरानालाई विस्थापित गर्दै नयाँ युवालाई स्थापित गर्दै अगाडि बढ्न युवालाई आग्रह गरे । उनले युवाको माग सम्बोधनमा सबै लाग्नुपर्ने उल्लेख गरे।

नेपाल समाजवादी युवा सङ्घका उपमहासचिव तारालाल धरेलले नेपाली राजनीतिलाई अगाडि बढाउन युवाको महत्त्वपूर्ण भूमिका रहेको बताउनुभयो । देशको समृद्धि र सामाजिक विकासका लागि युवा नेतृत्व आवश्यक रहेको उनको भनाइ थियो ।

प्रकाशित मिति : २७ श्रावण २०८०, शनिबार  १० : २९ बजे

बंगलादेशमाथि इन्डोनेसियाको शानदार जित, बेकरले एक्लै गरे ५ गोल

काठमाडौं – इन्डोनेसियाले बंगलादेशमाथि फराकिलो जित निकाल्दै फिफा आसियान कप

दीपेन्द्रसिंह ऐरी आईएल टी–२० अक्सनमा अन्सोल्ड

काठमाडौं – नेपाली राष्ट्रिय टी–२० आई क्रिकेट टोलीका कप्तान दीपेन्द्रसिंह

नापी कार्यालय कलङ्कीका सर्भेक्षक श्रेष्ठविरुद्ध चार करोड ७४ लाखको बिगोसहित आरोपपत्र

काठमाडौं – अख्तियार दुरूपयोग अनुसन्धान आयोगले नापी कार्यालय कलङ्की, काठमाडौँका

दुग्ध विकास संस्थानको कार्यसम्पादनमा सुधार

काठमाडौं – दुग्ध विकास संस्थानले किसान भुक्तानी, दूधको गुणस्तर, बजारीकरण

क्यान–११ सँग भुटानको राष्ट्रिय क्रिकेट टोली पराजित

कास्की – भुटानको राष्ट्रिय क्रिकेट टोली आज पोखरामा भएको टी–२०