सहकारी संस्थाको रकम हिनामिना गरी फरार रहेका एक जना पक्राउ « Khabarhub

सहकारी संस्थाको रकम हिनामिना गरी फरार रहेका एक जना पक्राउ


२६ भाद्र २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


132
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कास्की पोखरा बागलुङ बसपार्कस्थित सूर्यदर्शन वचत तथा ऋण सहकारी संस्थाको रकम हिनामिना गरी फरार रहेका एक जान पक्राउ परेका छन् ।

ललितपुर गोदावरी नगरपालिका-४ ठेगाना भएका सोही संस्थाका कोषाध्यक्ष ४२ वर्षीय कुमार रम्तेललाई प्रहरीले पक्राउ गरेको छ ।

रम्तेल समेतले ठगी गरेको भनि वचतकर्ताहरुले जिल्ला प्रहरी कार्यालय कास्कीमा उजुरी दिएको तथा रम्तेल समेतको नाममा जिल्ला अदालत कास्कीबाट पक्राउ पुर्जी जारी भई सहकारी तथा ठगी सम्बन्धी मुद्दामा फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले ललितपुर महानगरपालिका-१४ कुमारीपाटीबाट पक्राउ गरेको हो ।

उनलाई थप अनुसन्धान एवम् कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय कास्की पठाइएको छ ।

प्रकाशित मिति : २६ भाद्र २०८०, मंगलबार  ५ : ४१ बजे

विमानस्थलबाट एक महिनामा सुनसहित ४५ पक्राउ

काठमाडौँ – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट प्रहरीले एक महिनाको अवधिमा एक

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा भयो १४ अर्ब ५६ करोड

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पछिल्लो २४ घण्टामा

युक्रेनमाथि रुसको आक्रमण

काठमाडौँ । रुसी सेनाले बुधबार राति युक्रेनमा ठुलो मात्रामा आक्रमण

अनेरास्ववियुका चेतन अयडीको हत्या प्रकरण : ६ जनालाई जन्मकैद, १८ जनालाई सफाइ

काठमाडौँ । बाजुराका चेतन अयडीको हत्या आरोपमा ६ जनालाई जन्म

बागमतीमा १३४ दरबन्दी घटाउने मन्त्रिपरिषद्को निर्णय

हेटौँडा – बागमती प्रदेश सरकारले प्रदेशअन्तर्गतका कार्यालय तथा निकायको सङ्गठन