एमाले सुदूरपश्चिममा सबै पदाधिकारी सर्वसम्मत, अध्यक्षमा जैशी « Khabarhub

एमाले सुदूरपश्चिममा सबै पदाधिकारी सर्वसम्मत, अध्यक्षमा जैशी


२५ आश्विन २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमाले सुदूरपश्चिम प्रदेश अध्यक्षमा अछामका कृष्णप्रसाद जैशी सर्वसम्मत चयन भएका छन् ।

धनगढीमा भएको प्रदेशको प्रथम अधिवेशनबाट जैशी सर्वसम्मत अध्यक्ष चुनिएका हुन् । अध्यक्ष पदमा मनोनयन दर्ता गराएका निवर्तमान उपाध्यक्ष कमलप्रसाद तिमिल्सिना, वचनबहादुर सिंह र भरत साउदले उम्मेदवारी फिर्ता लिएपछि जैशी निर्विरोध भएका हुन् ।

अध्यक्षसहित सबै पदाधिकारीमा सहमति जुटेको छ । उपाध्यक्षमा बाजुराका कालीबहादुर शाही, सचिवमा कैलालीका रणबहादुर चन्द, उपसचिव (खुल्ला) मा कञ्चनपुरका नरबहादुर बिक र उपसचिव (महिला) मा कैलालीकी भागरथी विष्ट चयन भएका छन् ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीको निर्देशनमा निर्वाचन प्रक्रिया लम्ब्याएर मंगलबारदेखि नेताहरूले सर्वसम्मतिको प्रयास गरेका थिए ।

प्रकाशित मिति : २५ आश्विन २०८०, बिहीबार  ११ : २१ बजे

ओली र बालेनलाई चुनावमा पछार्ने हो : हर्क सम्पाङ

काठमाडौँ – श्रम, संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले फागुन २१

दाङमा बस र मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु

घोराही (दाङ) – दाङको देउखुरीमा बस र मोटरसाइकल एकापसमा ठोक्किँदा

ख्वप अस्पतालमा सिटीस्क्यान सेवा सुरु

भक्तपुर- यहाँस्थित ख्वप अस्पतालमा आजदेखि सिटीस्क्यान सेवा सञ्चालनमा आएको छ।

सात हजार यात्रीलाई सुरक्षित तरिकाले जेब्राक्रसिङबाट बाटो काट्न सिकाइयो

काठमाडौं- ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा आज सात हजार ९८७ पैदलयात्रीलाई

हेटौँडामा सडक विस्तारको विरोध गर्दै कुलमानको पार्टी छोडिन्, हर्कको पार्टीबाट लिइन् टिकट

काठमाडौँ – हेटौँडा सडक विस्तारको विरोध गर्दै उज्यालो नेपाल पार्टी