दिनभर आज: यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचारहरू | Khabarhub Khabarhub

दिनभर आज: यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचारहरू


२६ मंसिर २०८०, मंगलबार  

पढ्न लाग्ने समय : 3 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

दिनभर आजमा ग्यासको बढी मूल्य नतिर्न उपभोक्तालाई आग्रह, ईः को विरोधमा स्थानीयको अवरोध, कोशीका मुख्यमन्त्री कार्की सवार गाडीमा आक्रमण, लागूऔषध कारोबारीलाई समात्न प्रहरीले झम्सिखेलमा गोली चलायो, ओखलढुंगामा पहिचानवादीद्वारा एमालेको स्वागतद्वारमा आगजनी, ८ जना पक्राउ, भूकम्पपीडितलाई चिसोबाट जोगाउन मानवअधिकार आयोगको सुझाव, एसीसी यू-१९ एसिया कप : नेपाल भारतसँग १० विकेटले पराजितलगायतका समाचारले प्रमुख स्थान पाए ।

ग्यासको बढी मूल्य नतिर्न उपभोक्तालाई आग्रह

नेपाल एलपी ग्यास संघले ग्यासको बढी मूल्य नतिर्न उपभोक्तालाई आग्रह गरेको छ ।

संघले आज एक विज्ञप्ति जारी गर्दै बजारमा नेपाल सरकार तथा नेपाल आयल निगम लिमिटेडले निर्धारण गरेको उपभोक्ता मूल्य अनुसार बिक्री नभएर बढी मूल्य लिई बिक्री भइरहेको हुनाले यसप्रति गम्भिर ध्यानाकर्षण भएको जनाएको हो ।

ईः को विरोधमा स्थानीयको अवरोध

फुटपाथ व्यवसाय गर्न नदिन ललितपुर महानगरपालिकाको निर्णयविरुद्ध प्रदर्शन गर्न उभिएका अभियन्ता ईःलाई स्थानीयले अवरोध गरेका छन् ।

आज दिउँसो ३ बजे अभियन्ता ईः ललितपुर महानगरपालिकाको निर्णयविरुद्ध प्रदर्शन गर्न महानगर अगाडि पुगेका थिए । ईः को प्रदर्शन सुरु हुनासाथ ललितपुरका स्थानीयहरूले पनि फुटपाथमा व्यवसाय गर्न नपाउने भन्दै प्रदर्शन गरेका हुन् ।

कोशीका मुख्यमन्त्री कार्की सवार गाडीमा आक्रमण

कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की सवार गाडीमाथि आक्रमण भएको छ । मंगलबार झापामा आयोजित एक कार्यक्रममा सहभागी हुन आउने क्रममा दमक नगरपालिका-५ स्थित सगरमाथा पेट्रोल पम्पअगाडि मुख्यमन्त्री कार्की सवार गाडीमा ढुंगा प्रहार भएको हो ।

ढुंगा प्रहार हुँदा मुख्यमन्त्री चढ्ने गाडीको सिसा चर्किएको र मुख्यमन्त्री कार्की सकुशल रहेका प्रहरीले जनाएको छ ।

लागूऔषध कारोबारीलाई समात्न प्रहरीले झम्सिखेलमा गोली चलायो

ललितपुरको झम्सिखेलमा प्रहरीले लागूऔषध कारोबारीलाई समात्न गोली चलाएको छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले ललितपुर महानगरपालिका-३ ठाडो ढुंगामा गोली चलाएर लागूऔषध कारोबारीलाई नियन्त्रणमा लिएको हाे ।

ओखलढुंगामा पहिचानवादीद्वारा एमालेको स्वागतद्वारमा आगजनी, ८ जना पक्राउ

नेकपा एमालेले ओखलढुंगामा तयार पारेको स्वागतद्वार प्रदेश १ को पुन नामाकरणका लागी आन्दोलन गरिरहेका पहिचानवादीले भत्काएर जलाइदिएका छन् । झुलाघाट–चिवा भञ्ज्याङ्ग संकल्प यात्रामा रहेको एमालेले ओखलढुंगामा तयार पारेको स्वागतद्वार पहिचानवादीले जलाइदिएका हुन् ।

एमालेको संकल्प यात्रालाई अवरोध गरेको आरोपमा आठजना पक्राउ परेका छन् । ओखलढुङ्गालगायतका जिल्लामा मध्यपहाडी लोकमार्गमा रुख ढालेर बाटो अवरोध गर्ने पहिचानवादीका आठजनालाई प्रहरीले पक्राउ गरेको हो ।

रामग्राम स्तूप क्षेत्र विकास गुरुयोजना कार्यान्वयन हुन्छ : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्डले रामग्राम स्तूप क्षेत्र विकासको गुरुयोजना कार्यान्वयनका लागि प्रतिबद्धता व्यक्त गरेका छन् ।

प्रधानमन्त्री दाहाल आज पश्चिम नवलपरासीको रामग्राम स्तूपमा आई स्तूप क्षेत्रको पुनःस्थापना, संरक्षण र विकासका लागि दूरदर्शी काम गर्ने बताएका छन्। रामग्राम स्तूप यस क्षेत्रको विकासका लागि निकै महत्वपूर्ण भएको बताउँदै रामग्रामको विकाससँगै यस क्षेत्रको पर्यटकीय विकासमा टेवा पुग्ने विश्वास व्यक्त गरेका छन् ।

जनताको समस्या सुन्ने पार्टी एमाले मात्रै हो : अध्यक्ष ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जनताको समस्या सुन्ने पार्टी एमाले मात्रै भएको दाबी गरेका छन् ।

एमालेको झुलाघाट–चिवाभञ्ज्याङ यात्रा अन्तर्गत मंगलबार सिन्धुलीको खुर्कोटमा आयोजित सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले जनताले भोगिरहेका समस्या सुन्ने पार्टी एमाले मात्रै रहेको र समस्याहरूको समाधान गर्ने बताएका हुन् ।

एनसेललाई राष्ट्रियकरण गर्नुपर्छ : सोमप्रसाद पाण्डे

नेकपा एकीकृत समाजवादीका नेता एवं पूर्वउद्योगमन्त्री सोमप्रसाद पाण्डेले एनसेल प्रकरणमा निष्पक्ष छानबिन हुनुपर्नेमा जोड दिएका छन् । रफत सञ्चार क्लबले आज यहाँ आयोजना गरेको सञ्चार-संवाद कार्यक्रममा उनले एनसेललाई अब राष्ट्रियकरण गर्नुपर्ने बताए ।

पूर्वमन्त्री पाण्डेले भनेका छन् , ‘डेढ खर्बको लागत रहेको एनसेल कम्पनीको शेयर खरिद बिक्रीको रकम ६ अर्बमात्रै हुनुले त्यहाँ गलत भएको तथ्य उजागर भएको छ, सरकारी अभिलेख हेर्दा पनि एनसेलले छ अर्ब मुनाफाको अंश विदेश लगेको देखिन्छ, यस्तो अवस्थामा ठूलो रकम कर छलेको सहजै अनुमान गर्न सकिन्छ छानबिन समितिले निष्पक्ष छानबिन त्यसलाई राष्ट्रियकरण गरिनुपर्छ ।’

राप्रपा केन्द्रीय समिति बैठक पुस १ देखि काठमाडौँमा

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय कार्यसमितिको बैठक आगामी पुस १ देखि ३ गतेसम्म काठमाडौँमा हुने भएको छ ।

पार्टीको नयाँ नियमावलीको मस्यौदामा आवश्यक छलफल गरी त्यसलाई पारित गर्न बैठक बोलाएको वरिष्ठ नेता राजाराम श्रेष्ठले जानकारी दिए ।

भूकम्पपीडितलाई चिसोबाट जोगाउन मानवअधिकार आयोगको सुझाव

राष्ट्रिय मानवअधिकार आयोगले भूकम्पपीडितलाई चिसोबाट जोगाउन आवश्यक व्यवस्था मिलाउन कर्णाली प्रदेश सरकारलाई आग्रह गरेको छ ।

जाजरकोट र रुकुम पश्चिम पुगेर फर्किएका आयोगका सदस्य मिहिर ठाकुरले त्रिपालमुनि बसेका ४३ जनाको चिसोबाट मृत्यु भइसकेको जनाउँदै उनीहरुलाई चिसोबाट जोगाउन तत्काल आवश्यक व्यवस्था गर्न जरुरी रहेको बताए ।

अलैँचीको मूल्य बढ्यो

सङ्खुवासभामा एक दशकअघिदेखि ओरालो लागेको अलैँचीको मूल्यमा यस वर्ष केही सुधार आएको छ । अलैँचीको मूल्य हाल प्रतिमन (४० किलो) ७० हजार पुगेको छ । झन्डै १० वर्षअघि प्रतिमन एक लाख २० हजारसम्म कारोबार हुँदै आएको अलैँचीको मूल्य घटेर प्रतिमन २५ हजारसम्म झरेको थियो ।

पछिल्लो समय नेपालबाट भारत, पाकिस्तानलगायत देशमा अलैँची निर्यात हुन थालेपछि यसको मूल्य बढेको हो । जिल्लाका किसानको मुख्य आम्दानीको स्रोत मानिने अलैँचीको मूल्य यस वर्ष सुरुवातदेखि नै बढ्दो क्रममा रहेको अलैँची व्यवसायी महासङ्घका जिल्ला अध्यक्ष कुमार श्रेष्ठले बताए। उत्पादन कम, माग बढी भएका कारणले अलैँचीको मूल्य वृद्धि भएको उनको भनाइ छ । यहाँ उत्पादित ९८ प्रतिशत अलैँची नेपालबाहिर निर्यात हुने गरेको तथ्यांक छ ।

एसीसी यू-१९ एसिया कप : नेपाल भारतसँग १० विकेटले पराजित

युएईको दुबईमा जारी एसीसी यू-१९ एसिया कपको समूह चरणको खेलमा भारतले नेपाललाई १० विकेटले पराजित गर्दै विजयी सुरुवात गरेको छ ।

पहिले बलिङ रोजेको भारतले उत्कृष्ट बलिङ प्रदर्शन गर्दै नेपाललाई ५२ रनमा मात्रै सीमित राख्दै राज लिम्बानीले सात विकेट लिएका थिए ।

प्रकाशित मिति : २६ मंसिर २०८०, मंगलबार  ९ : ०४ बजे

जापानका विदेशमन्त्री योको स्वदेश फिर्ता

काठमाडौं – नेपालको एकदिने औपचारिक भ्रमण सम्पन्न गरेर जापानका विदेशमन्त्री

लोमान्थाङमा ऐतिहासिक ‘तिजी’ पर्वको रौनक

म्याग्दी । चीनको स्वशासित क्षेत्र तिब्बत्को सिमानामा रहेको मुस्ताङको लोमान्थाङमा

लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग

लुम्बिनी – बुद्धजन्मस्थल लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग गरिएको

बेसरम झारले ढाकिँदै घोडाघोडी ताल

कैलाली – विश्व रामसार सूचीमा सूचीकृत कैलालीको घोडाघोडी ताल मिचाह

खरबुजाबाट मनग्य आम्दानी लिँदै झापाका किसान

झापा – मेचीनगर–१५ स्थित मेची नदी बगरमा लीला खनाल र