सरकारले बिदा दिए पनि बैंक बन्द नगर्नू : राष्ट्र बैंक « Khabarhub

सरकारले बिदा दिए पनि बैंक बन्द नगर्नू : राष्ट्र बैंक


१ फाल्गुन २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले अकस्मात् १ फागुनलाई ‘जनयुद्ध दिवस’ मनाउने भन्दै सार्वजनिक बिदा दिए पनि बैङ्कहरूका अत्यावश्यक सेवा भने सुचारु रहने भएका छन् ।

नेपाल राष्ट्र बैंकले एक सुचना जारी गरी देशभरका बैंकहरुलाई अत्यावश्यक सेवा प्रवाह नरोक्न भन्दै सेवाग्राहीहरुको हितमा ध्यानमा राखी बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म बैंक सञ्चालन गर्न निर्देशन दिएको छ।

‘नगद कारोबार, चेक क्लियरिङ, आरटीजीएसलगायत बैंकिङ सेवा प्रदान गर्न बिहान ११ बजेदेखि अपरान्ह १:३० बजेसम्म बैंक तथा वित्तीय संस्थाका आवश्यक विभाग तथा कार्यालय खुला राखी सेवा सुचारु गर्ने व्यवस्था मिलाउन हुन यो सुचना जारी गरिएको छ,’ राष्ट्र बैंकले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

प्रकाशित मिति : १ फाल्गुन २०७९, सोमबार  ७ : ५२ बजे

बूढीगण्डकी बाढी : आरुघाटमा बेलीब्रिज जडानको तयारीमा खटियो सेनाको टोली

काठमाडौं । बूढीगण्डकी बाढीले आरुघाट–धादिङ जोड्ने मोटरेबल पुलमा बगाएपछि सो

उपचार र राहतमा सहमतिपछि स्कुल बस दुर्घटनाका मृतकको अन्त्येष्टि

कास्की – पोखरा महानगरपालिका–२८ कालिकास्थित ओख्लेको भिरमा शुक्रबार बिहान स्कुल

सहमहामन्त्री खुलातर्फ ५८४ मत गन्दा कसले कति ल्याए ?

काठमाडौं । नेपाली कांग्रेसको सहमहामन्त्री पदका निम्ति मतगणना जारी छ

क्षतिग्रस्त भौतिक पूर्वाधार पुनः सञ्चालनमा ल्याइने प्रधानमन्त्रीको भनाइ

काठमाडौं – गोरखाको चुमनुव्री गाउँपालिकास्थित बूढीगण्डकी नदीमा लेदोसहितको बाढी आउँदा

चाडपर्वमा चोरी हुन सक्ने भन्दै सजग रहन पर्सा प्रहरीको अनुरोध

वीरगञ्ज – जिल्ला प्रहरी कार्यालय पर्साले चाडपर्वको समयमा हुन सक्ने