सन् २०२५ सम्म औलो निवारण गर्ने भुटानको लक्ष्य « Khabarhub

सन् २०२५ सम्म औलो निवारण गर्ने भुटानको लक्ष्य


२९ फाल्गुन २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- भुटानले सन् २०२५ सम्म औलो रोग निवारण गर्ने लक्ष्य अघि सारेको छ ।

भुटानबाट प्रकाशित हुने द भुटान लाइभ अनलाइनका अनुसार गत वर्ष उक्त मुलुकमा ९ जना औलोका बिरामी देखा परेका थिए ।

यसअघि भुटानले सन् २०१८ र २०२० मा औलो निवारण गर्ने लक्ष्य लिएको थियो । यद्यपि मुलुकको दक्षिणी सीमामा देखिएको समस्या र कोरोना भाइरसको महामारीका कारण उक्त लक्ष्य पूरा हुन नसकेको स्वास्थ्य अधिकारीले जनाएका छन् ।

भुटानको स्वास्थ्य मन्त्रालयले औलो निवारणको अर्थ उक्त रोगलाई पूर्ण रुपमा निर्मूल पार्नु भने नरहेको स्पष्ट पारेको छ । सामुदायिक स्तरमा औलो निवारण भएपनि आयातित रुपमा यस रोग फैलिनसक्ने मन्त्रालयको भनाइ छ ।

औलो रोगबारे अनुसन्धान, कन्ट्याक्ट ट्रेसिङ, सर्वेक्षणलगायतका कार्यलाई तीव्र पारिने स्वास्थ्य अधिकारीहरुले जानकारी दिएका छन् ।

यसका लागि जनचेतनामूलक कार्यक्रम र रोकथामका उपायजस्ता कदम पनि चालिने भुटान लाइभले उल्लेख गरेको छ । औलो रोग निवारण गर्न हरेक व्यक्तिले आफ्नो दायित्व समेत पूरा गर्नुपर्ने भुटानकी स्वास्थ्यमन्त्री ल्योन्पो डाशो डेचेन वाङ्मोले बताएकी छिन् ।

प्रकाशित मिति : २९ फाल्गुन २०७९, सोमबार  ७ : ५२ बजे

बसको ठक्करबाट एक जनाको मृत्यु, दुई घाइते

जनकपुरधाम– धनुषाको धनुषाधाम–सबैला भित्री सडकखण्ड अन्तर्गत सबैला नगरपालिका ५ मखनाहामा

सागसब्जी खेतीबाट वार्षिक नौ लाख आम्दानी 

बागलुङ– बागलुङ बजारमा भाडाको जग्गामा सागसब्जी खेतीबाट यहाँका एक दम्पतीले

विधान र कानुनी शासन नै देशको भरपर्दो जग : खिलराज रेग्मी

काठमाडौं – मन्त्रिपरिषद्का पूर्वअध्यक्ष तथा पूर्वप्रधानन्यायाधीश खिलराज रेग्मीले संविधान र

बाढीपहिरोबाट जलजलाका तीन सय घरपरिवार प्रभावित

म्याग्दी– पछिल्लो मनसुनजन्य विपद्बाट म्याग्दीको सदरमुकाम बेनी बजारसँगै रहेको पर्वतको

श्रीमुक्तिनाथ रथयात्रा : मेची-महाकाली जोड्ने महाअभियान कात्तिक ८ देखि

काठमाडौँ– वैदिक सनातन धर्मको जगेर्ना, आध्यात्मिक चेतनाको विस्तार र राष्ट्रिय