नेपालले सबै मित्रराष्ट्रको साथ र सहयोगबाट अघि बढ्ने अपेक्षा राखेको छ : सभामुख « Khabarhub

नेपालले सबै मित्रराष्ट्रको साथ र सहयोगबाट अघि बढ्ने अपेक्षा राखेको छ : सभामुख


२९ फाल्गुन २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – सभामुख देवराज घिमिरेले नेपालले सबै मित्रराष्ट्रहरूको साथ र सहयोगबाट अघि बढ्ने अपेक्षा राखेको बताएका छन् । अन्तर व्यवस्थापिका सङ्घ (आइपियु) को १४६औँ महासभालाई बहराइनको राजधानी मनामामा आज साँझ सम्बोधन गर्दै उनले भने, “असंलग्नता हाम्रो परराष्ट्र नीतिको आधारभूत पक्ष हो, शान्तिपूर्ण सहअस्तित्वका पाँच सिद्धान्त पञ्चशील, नेपालमा जन्मिएका भगवान् गौतम बुद्धको शिक्षामा आधारित छन् ।”

उनले नेपालको सङ्घीय संसद् लोकतान्त्रिक मूल्य र मान्यताको संरक्षक भएको बताएको उनको सचिवालयले जनाएको छ । सभामुख घिमिरेले संविधानसभाबाट निर्माण भएको संविधानले मौलिक हक तथा सामाजिक न्याय, बालिग मताधिकार, स्वतन्त्र न्याय प्रणाली तथा सामाजिक समावेशीकरणका माध्यमबाट नागरिकलाई एकताको सूत्रमा आबद्ध गराएको बताए ।

सभामुख घिमिरेले भने, “हाम्रो संसद्ले राज्यव्यवस्था र शासन प्रणालीमा नै परिवर्तन ल्याएको छ, अर्कोतर्फ नागरिकका मुद्दामा सरकारलाई जवाफदेही बनाउँदै संसदीय गतिविधि गर्दै आएको छ ।”

उनले संसद् मुलुकको सर्वोच्च जनप्रतिनिधिमूलक संस्था भएको र नागरिकको सर्वभौमसत्ताको प्रयोग गर्ने मूल थलो भएको प्रष्ट पारे । उनले भने, “संसद्मा जनताका प्रतिनिधि निश्चित अवधिका लागि चुनिने गर्दछन्, हरेक मुलुकले आफ्नो अनुभवका आधारमा आफ्नै मौलिक संसदीय शासन प्रणाली विकास गरेका छन्, एकअर्काका अभ्यास र सिकाइले संसदीय व्यवस्थालाई प्रभावकारी र बलियो बनाउन मद्दत पुग्ने विश्वास लिएको छु ।”

संयुक्त राष्ट्रसङ्घको बडापत्रका सिद्धान्तलाई कायम राख्ने, राष्ट्रिय स्वतन्त्रतालाई समर्थन गर्ने, सार्वभौमसत्ता र क्षेत्रीय अखण्डताको संरक्षण गर्ने उद्देश्यले स्थापित नामको सान्दर्भिकता विश्वशान्तिविरुद्ध हुने गतिविधि, घरेलु मामिलामा हस्तक्षेप, असमानता र अनुचित व्यवहारका घटनाका कारण अझै वृद्धि भएको सभामुख घिमिरेको भनाइ थियो ।

विश्वका विकासशील देशहरूले निरन्तररूपमा आर्थिक, सामाजिक र राजनीतिक क्षेत्रमा असमानताको महसुस गरिरहेको र ती चुनौती रहँदासम्म नाम सदस्य राष्ट्रले शान्ति, न्याय र विकासका लागि आवाज उठाइरहने उनले बताए ।

प्रकाशित मिति : २९ फाल्गुन २०७९, सोमबार  १० : ४८ बजे

विष्णु पौडेललाई साधारण तारेखमा छाड्दा विशेष अदालतले लिएका चार आधार

काठमाडौं – विशेष अदालतले सम्पत्ति शुद्धीकरण मुद्दामा नेकपा (एमाले)का उपाध्यक्ष

वर्तमान सरकार चौतर्फी असफल, अर्थतन्त्र संकटग्रस्त : आजपा 

काठमाडौं– आम जनता पार्टी (आजपा)ले वर्तमान सरकार चौतर्फी असफल भएको निश्कर्ष

उपत्यका डुबान : मुख्य निकास साँघुरिँदा बढ्दो सास्ती

काठमाडौं– अनामनगर, नयाँ बानेश्वर, जमल, रानीवन तथा सिंहदरबारलगायत आसपासको क्षेत्र

मधेस प्रदेश सरकारद्वारा ५६.३१ प्रतिशत बजेट खर्च

जनकपुरधाम– मधेस प्रदेश सरकारले आर्थिक वर्ष २०८२/८३ मा कुल बजेटको

‘रासायनिक मलको दीर्घकालीन समाधान गर्न नीतिगत सुधार आवश्यक’

काठमाडौं– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले रासायनिक मलको दीर्घकालीन