तीन जना फरार अभियुक्त पक्राउ « Khabarhub

तीन जना फरार अभियुक्त पक्राउ


२९ फाल्गुन २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – ज्यान मार्ने उद्योग कसूरमा संलग्न भई फरार रहेका तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा नुवाकोट बेलकोट नगरपालिका-१० घर भएका २८ वर्षीय दिनेश तामाङ, ईलाम चुलाचुली गाउँपालिका-३ घर भई हाल काठमाडौं तारकेश्वर नगरपालिका-८ नेपालटार बस्ने २० वर्षीय जेन राई र १८ वर्षीय किशोर रहेका छन् ।

काठमाडौं महानगरपालिका-१६ बालाजु बस्ने २४ वर्षीय सुमन पण्डितलाई हतियार प्रयोग गरी कुटपिट गरि फरार रहेका उनीहरूलाई काठमाडौं तार्केश्वर नगरपालिका-९ फुटुङबाट फेला पारी प्रहरीले पक्राउ गरेको हो । प्रहरीले उनीहरूको साथबाट घटनामा प्रयोग भएको चुप्पि १ थान र छिनो १ थान समेत बरामद गरेको छ ।

उनीहरू उपर ज्यान मार्ने उद्योग कसूरमा काठमाडौं जिल्ला अदालतबाट ५ दिन म्याद थप अनुमति लिई प्रहरी वृत्त बालाजुबाट थप अनुसन्धान भइरहेको छ ।

प्रकाशित मिति : २९ फाल्गुन २०७९, सोमबार  १० : ५६ बजे

चाडपर्वमा खानपानजन्य समस्याबाट बच्न चिकित्सकको सुझाव

चितवन- दसैँको बिदामा पनि विशेषज्ञ सेवा दिँदै आएको चितवन मेडिकल

दक्षिणी सीमामा हतियार थप्ने किम जोङ उनकी बहिनीको चेतावनी

सोल- उत्तर कोरियाले दक्षिण कोरियासँगको सीमामा थप हतियार तैनाथ गर्ने

नवरात्रको अन्तिम दिनः सिद्धिदात्री देवीको विधिपूर्वक विशेष पूजाआराधना

काठमाडौँ- शारदीय नवरात्र अथात् दुर्गा पक्षको दशौँ दिन दसैँ घर

स्वाद मात्र होइन, खाना नेपाली संस्कृति पनि हो : वरिष्ठ सेफ केसी

काठमाडौँ- खाना जिब्रोको स्वादका लागि मात्र नभएर शारीरिक स्वास्थ्यका लागि

गण्डकीमा सघन उपचारका लागि २५ शय्या थप

कास्की- पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा २५ शय्याको