तीन जना फरार अभियुक्त पक्राउ « Khabarhub

तीन जना फरार अभियुक्त पक्राउ


२९ फाल्गुन २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – ज्यान मार्ने उद्योग कसूरमा संलग्न भई फरार रहेका तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा नुवाकोट बेलकोट नगरपालिका-१० घर भएका २८ वर्षीय दिनेश तामाङ, ईलाम चुलाचुली गाउँपालिका-३ घर भई हाल काठमाडौं तारकेश्वर नगरपालिका-८ नेपालटार बस्ने २० वर्षीय जेन राई र १८ वर्षीय किशोर रहेका छन् ।

काठमाडौं महानगरपालिका-१६ बालाजु बस्ने २४ वर्षीय सुमन पण्डितलाई हतियार प्रयोग गरी कुटपिट गरि फरार रहेका उनीहरूलाई काठमाडौं तार्केश्वर नगरपालिका-९ फुटुङबाट फेला पारी प्रहरीले पक्राउ गरेको हो । प्रहरीले उनीहरूको साथबाट घटनामा प्रयोग भएको चुप्पि १ थान र छिनो १ थान समेत बरामद गरेको छ ।

उनीहरू उपर ज्यान मार्ने उद्योग कसूरमा काठमाडौं जिल्ला अदालतबाट ५ दिन म्याद थप अनुमति लिई प्रहरी वृत्त बालाजुबाट थप अनुसन्धान भइरहेको छ ।

प्रकाशित मिति : २९ फाल्गुन २०७९, सोमबार  १० : ५६ बजे

इन्डोनेसियामा ६.७ म्याग्निच्युडको भूकम्प

एजेन्सी– मध्य इन्डोनेसियामा मंगलबार ६.७ म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भूगर्भीय

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ‘युरोलोजी’ सेवा सञ्चालन

तुलसीपुर– राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा युरोलोजी (मूत्ररोग) सेवा सोमबारदेखि सुरु

विपक्षीको एउटै आवाज : सीमाका विषयमा प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाइयोस्

काठमाडौं– विपक्षी दलका सांसदहरूले मंगलबार पनि सीमाका विषयमा प्रधानमन्त्रीको अभिव्यक्ति

मुस्ताङ पुगे भारतीय राजदूत, लोमन्थाङमा गुम्बा विद्यालयको छात्रावास उद्घाटन

काठमाडौं– भारत सरकारको आर्थिक सहयोगमा गण्डकी प्रदेशको मुस्ताङ जिल्लास्थित लोमन्थाङ

सुदूरपश्चिम प्रदेश सरकारको अभियान : ‘पोखौँ पसिना देशमै हाँसेर’

अत्तरिया– सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ मा ‘पोखौँ