ब्राजिल फर्केको छ : ब्राजिलका राष्ट्रपति लुला « Khabarhub

ब्राजिल फर्केको छ : ब्राजिलका राष्ट्रपति लुला


३० चैत्र २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

साङ्घाई– युक्रेनका राष्ट्रपति लुइज इनासियो लुला डा सिल्भाले व्यापार सम्बन्धलाई मजबुत बनाउने र युक्रेनमा शान्ति स्थापनाका लागि समर्थन जुटाउने उद्देश्यका साथ चीनको राजकीय भ्रमणका क्रममा बिहीबार ‘ब्राजिल फर्केको’ बताएका छन् ।

बुधबार राति साङ्घाई आइपुगेका अनुभवी वामपन्थी नेता लुलाले आफ्ना पूर्ववर्ती जायर बोल्सोनारोको नेतृत्वमा चार वर्षको सापेक्षिक अलगावपछि ब्राजिललाई एक प्रमुख वैश्विक खेलाडीको रूपमा पुनः स्थापित गर्न खोजिरहेका छन् ।

ब्रिक्स नयाँ विकास बैंक (एनडीबी) को अध्यक्षका रूपमा आफ्नो राजनीतिक सहयोगी डिल्मा रूसेफको उद्घाटन समारोहमा लुलाले भने, ‘ब्राजिल विश्वका ठूला निर्णयहरूमा अब धेरै समय अनुपस्थित रहनुपर्ने छैन ।
‘हामी एक अकल्पनीय अनुपस्थितिपछि अन्तर्राष्ट्रिय मञ्चमा फर्केका छौँ,’ उनले भने ।

लुलाले बिहीबार साङ्घाईमा बिताएर आफ्ना समकक्षी सी जिनपिङलाई भेट्न चीनको राजधानी जाने छन् ।
चीन र ब्राजिल दुवैले रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग अति घनिष्ठ रहेको पश्चिमा चिन्ताका बावजुद द्वन्द्वमा आफूलाई मध्यस्थकर्ताका रूपमा प्रस्तुत गरेका छन् ।

लुलाको भ्रमणको साङ्घाई चरणले दुई देशबीचको आर्थिक सम्बन्धलाई अझ प्रगाढ बनाउन भ्रमणको अर्को प्रमुख लक्ष्यलाई उजागर गरेको छ ।

चीन ब्राजिलको सबैभन्दा ठूलो निर्यात बजार हो, जसले अर्बौँ डलरको भटमास, गाइको मासु र फलामको कच्चा पदार्थ (आइरान ओर) खरिद गर्दछ ।

ब्राजिल, चीन, रुस, भारत र दक्षिण अफ्रिकाले संयुक्त रूपमा स्थापना गरेको बहुपक्षीय ऋणदाता एनडीबीको नेतृत्व ब्राजिलका रूसेफले सन् २०२५ सम्म गर्ने छन् ।

प्रकाशित मिति : ३० चैत्र २०७९, बिहीबार  ७ : ५५ बजे

आशिकाको आक्रोश : ग्यास दिन नसक्ने भए सरकारले दाउरा खोजेर भात पकाऊ भन्नुपर्‍यो

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद आशिका तामाङले बजारमा

रास्वपा सांसद तोसिमाको आक्रोश- सरकार खोज्दै बबिता अस्पताल पुगिन्, तर सरकार बबितासम्म पुगेन

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद तोसिमा कार्कीले प्रसव पीडामा अस्पताल

अस्पतालमा भर्ना नलिई फुटपाथमा प्रसूति घटनाको छानबिन गर्न टोली गठन

काठमाडौं– स्वास्थ्यमन्त्री निशा मेहताले राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अस्पतालले भर्ना नलिएपछि

‘अनलाइन प्रणाली ह्याक गराएर सरकारले गुण्डागर्दी र लुटपाट शैलीमा ठेक्कापट्टा लगाउन खोज्यो’

काठमाडौं- नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सांसद युवराज दुलालले सरकारले

हिजबुल्लाहले बनाएको दुई किलोमिटर लामो सुरुङमा इजरायलले विस्फोट गराउँदा ४.१ म्याग्निच्युडको भूकम्प

जेरूसेलम- इजरायलले दक्षिणी लेबनानमा हिजबुल्लाहले निर्माण गरेको २ किलोमिटरभन्दा लामो