अनावश्यक दबाब म झेल्छु, तपाईंहरू काम गर्नुस् : उपप्रधानमन्त्री श्रेष्ठ « Khabarhub

अनावश्यक दबाब म झेल्छु, तपाईंहरू काम गर्नुस् : उपप्रधानमन्त्री श्रेष्ठ


३० चैत्र २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले कारागारलाई सुधारगृहका रूपमा विकास गर्नुपर्ने बताएका छन् । आज कारागार व्यवस्थापन विभाग अवलोकनपछि विभागका अधिकारीहरूको ब्रिफिङ सुनेपछि उपप्रधानमन्त्री श्रेष्ठले उक्त कुरा बताएका हुन् ।

“कारागारलाई सुधारगृहका रूपमा सञ्चालन गर्नुपर्छ भन्ने मान्यतालाई हामीले स्थापित गर्नुछ, त्यो अनुकूल वातावरण बनाउनुछ”, उपप्रधानमन्त्री श्रेष्ठले भने, “त्यसमा हामीले गृहकार्य गर्नुपर्ने आवश्यकता छ ।”

उनले बजेटलगायतका कारण उक्त कार्यका लागि सरकारका पनि केही सीमाहरू भएको चर्चा गर्दै साँच्चिकै सुधारगृह बनाउने काममा योजना बनाएर लाग्नुपर्ने र त्यसमा आफू प्रतिबद्ध रहेको बताए ।

उपप्रधानमन्त्री श्रेष्ठले एकातर्फ सीमित स्रोतसाधनका बाबजुद धेरै कैदीबन्दीको व्यवस्थापन गर्नुपर्ने चुनौतीपूर्ण जिम्मेवारी रहेको र अर्कातर्फ त्यहाँ भित्रैका नाइकेहरूको अनावश्यक दबाबको कुरा पनि आफूले सुनेको बताए । नीति र विधि छाडेर अनावश्यक दबाबमा आफूले काम नगर्ने श्रेष्ठको भनाइ थियो । उनले भने, “अनावश्यक दबाब हामी झेल्छौँ, मैले झेल्छु, म विभागका अधिकारीहरूलाई तत्काल सुधारको दिशामा लाग्न निर्देशन गर्दछु, तत्काल के के गर्नुपर्छ भन्ने सूची बनाउनुस् । त्यो सूची आओस् हामी त्यसलाई कार्यान्वयनमा लान्छौँ ।”

उपप्रधानमन्त्री श्रेष्ठले यथास्थितिमा जस्तो चलिरहेको छ, त्यस्तै चलिरहोस् भनेर अब नहुने बताए । अब विकृति र खराब कार्यहरूमा व्यापक परिवर्तन आवश्यक रहेको उनको भनाइ छ । ब्रिफिङका क्रममा विभागका अधिकारीहरूले सीमित स्रोतसाधनका बाबजुद धेरैको व्यवस्थापन गर्नुपरेको र क्षमताभन्दा बढी कैदीबन्दी राख्नुपरेको गुनासो गरेका थिए ।

प्रकाशित मिति : ३० चैत्र २०७९, बिहीबार  १० : ३५ बजे

रास्वपाको चार प्रदेश र ६४ जिल्लामा अधिवेशन सम्पन्न

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले हालसम्म चार प्रदेश र ६४

भारतीय पर्यटकले भरिभराउ पोखरा (तस्बिरहरू)

पोखरा– भारतीय पर्यटकको उल्लेख्य आगमनसँगै नेपालको पर्यटकीय राजधानी पोखरा यतिबेला

इन्डोनेसियामा ६.७ म्याग्निच्युडको भूकम्प

एजेन्सी– मध्य इन्डोनेसियामा मंगलबार ६.७ म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भूगर्भीय

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ‘युरोलोजी’ सेवा सञ्चालन

तुलसीपुर– राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा युरोलोजी (मूत्ररोग) सेवा सोमबारदेखि सुरु

विपक्षीको एउटै आवाज : सीमाका विषयमा प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाइयोस्

काठमाडौं– विपक्षी दलका सांसदहरूले मंगलबार पनि सीमाका विषयमा प्रधानमन्त्रीको अभिव्यक्ति