निषेधित क्षेत्रमा पक्राउ परेका चिनियाँ नागरिकलाई काठमाडौँ पठाइयो « Khabarhub

निषेधित क्षेत्रमा पक्राउ परेका चिनियाँ नागरिकलाई काठमाडौँ पठाइयो


३० चैत्र २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – सङ्खुवासभाको भोटखोला गाउँपालिका–१ किमाथाङ्का नाकाबाट पक्राउ परका चिनियाँ नागरिकलाई काठमाडौँ पठाइएको छ ।

सोमबार निषेधित क्षेत्र भोटखोला–१ को किमाथाङ्का नाकाबाट चिनियाँ नागरिक ३४ वर्षीय याङ यी पक्राउ परेका थिए । पक्राउ परेका चिनियाँ नागरिकलाई आज काठमाडौँ पठाइएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी नायब उपरीक्षक वीरेन्द्र गोदारले जानकारी दिए ।

चिनियाँ नागरिक याङलाई जिल्ला प्रहरी कार्यालयमा अनुसन्धान गरेर थप अनुसन्धानका लागि अध्यागमन विभाग काठमाडौँ पठाइएको प्रनाउ गोदारले बताउनुभयो । निषेधित क्षेत्र पुगेका चिनियाँ नागरिकलाई नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले पक्राउ गरेको थियो ।

उनी किमाथाङ्का नाका किन आएका भन्न खुल्न सकेको छैन । किमाथाङ्काबाट यसअघि पनि एक चिनियाँ नागरिक पक्राउ परेका थिए । उनी रसुवागडी नाका हुँदै किमाथङ्का पुगेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ३० चैत्र २०७९, बिहीबार  १० : ५५ बजे

कांग्रेसका उम्मेदवारबारे देउवा पक्षको गुनासो : गगनले पुराना नेताहरूको अपमान गरे

काठमाडौं– नेपाली कांग्रेसको संसदीय बोर्डको बैठकले १६५ वटै क्षेत्रमा उम्मेदवार

रास्वपाद्वारा १६४ स्थानमा उम्मेदवारी दर्ता

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रतिनिधिसभा सदस्यको लागि प्रत्यक्षतर्फ देशभरका

भोटको भारीले विपक्षीलाई हराएकाहरू यसपटक पनि मैदानमा

काठमाडौं – जेन–जी आन्दोलनका कारण आधा कार्यकालमै विघटन भएपछि प्रतिनिधि

‘मैले टिकट किन पाइनँ भन्ने प्रश्नको जवाफ मैसँग छैन’

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूविरुद्ध प्रश्न उठाउँदै