सहिद स्मारक ए डिभिजन लिगमा थ्रीस्टार पराजित « Khabarhub

सहिद स्मारक ए डिभिजन लिगमा थ्रीस्टार पराजित


३० बैशाख २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


222
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सहिद स्मारक ए डिभिजन लिगमा मछिन्द्र क्लबले थ्रीस्टार क्लबलाई पराजित गरेको छ । 

शनिबार ललितपुरस्थित च्यासल मैदानमा भएको खेलमा मछिन्द्रले थ्रीस्टारलाई १-० गोल अन्तरले पराजित गरेको हो । मछिन्द्रका लागि एक मात्र निर्णायक गोल जापानी खेलाडी युता सुजुकीले खेलको दशौँ मिनेटमा गरेका थिए । जितपछि मछिन्द्रको २७ अंक भएको छ । थ्रीस्टारको २५ अंक रहेको छ । 

यस्तै शनिबार नै दशरथ रंगशालामा भएको खेलमा त्रिभुवन आर्मी क्लबले चर्च ब्वाइज युनाइटेडलाई १-० गोल अन्तरले पराजित गरेको छ । आर्मीसँग पराजित भएपछि चर्च ब्वाइज शीर्ष स्थानमा पुग्न असफल रह्यो ।

खेलको ४४ औं मिनेटमा जिलेस्पी जंग कार्कीले आर्मीका लागि गोल गरेका थिए । जीतसंगै आर्मीको १७ खेलमा २४ अंक छ । चर्च ब्वाइज १७ खेलमा ३० अंक जोड्दै दोस्रो स्थानमा छ ।

प्रकाशित मिति : ३० बैशाख २०८०, शनिबार  ६ : ०४ बजे

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना