सहिद स्मारक ए डिभिजन लिगमा थ्रीस्टार पराजित « Khabarhub

सहिद स्मारक ए डिभिजन लिगमा थ्रीस्टार पराजित


३० बैशाख २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


222
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सहिद स्मारक ए डिभिजन लिगमा मछिन्द्र क्लबले थ्रीस्टार क्लबलाई पराजित गरेको छ । 

शनिबार ललितपुरस्थित च्यासल मैदानमा भएको खेलमा मछिन्द्रले थ्रीस्टारलाई १-० गोल अन्तरले पराजित गरेको हो । मछिन्द्रका लागि एक मात्र निर्णायक गोल जापानी खेलाडी युता सुजुकीले खेलको दशौँ मिनेटमा गरेका थिए । जितपछि मछिन्द्रको २७ अंक भएको छ । थ्रीस्टारको २५ अंक रहेको छ । 

यस्तै शनिबार नै दशरथ रंगशालामा भएको खेलमा त्रिभुवन आर्मी क्लबले चर्च ब्वाइज युनाइटेडलाई १-० गोल अन्तरले पराजित गरेको छ । आर्मीसँग पराजित भएपछि चर्च ब्वाइज शीर्ष स्थानमा पुग्न असफल रह्यो ।

खेलको ४४ औं मिनेटमा जिलेस्पी जंग कार्कीले आर्मीका लागि गोल गरेका थिए । जीतसंगै आर्मीको १७ खेलमा २४ अंक छ । चर्च ब्वाइज १७ खेलमा ३० अंक जोड्दै दोस्रो स्थानमा छ ।

प्रकाशित मिति : ३० बैशाख २०८०, शनिबार  ६ : ०४ बजे

स्टेडियममा शाकिरालाई ‘किस’ खाएको भिडियो भाइरल: वास्तविकता के हो ?

काठमाडौँ – फिफा विश्वकप २०२६ अन्तर्गत डालस रङ्गशालामा अर्जेन्टिना र

रास्वपा महाधिवेशन : बाहिर भोट माग्दै समर्थक, भित्र आजै चुनावको तयारी

चितवन– चितवनमा आयोजित रास्वपा महाधिवेशनमा केन्द्रीय सदस्य चयनका लागि चुनावको

छ हजार बचतकर्ताको रकम फिर्ताका लागि आवेदन

काठमाडौं– काठमाडौं महानगरपालिकाको सहकारी विभागमा पाँच अर्ब २७ करोड रुपैयाँ

विश्वकपको रौनकबीच मेसीको जन्मदिन, अर्जेन्टिनाले भन्यो- ‘ह्याप्पी बर्थडे, क्याप्टेन !’

काठमाडौँ – विश्व फुटबलकै सर्वकालीन महान् खेलाडीमध्येका एक लियोनेल मेसी

प्रधानमन्त्री बालेनले परिवारको तस्बिर पोस्ट गर्दै लेखे ‘भिजिट चितवन, न्यानो ठाउँ’

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहले फेसबुकमा परिवारसहितको तस्बिर सार्वजनिक