रूसी सेना पुनः बाखमुतमा अघि बढिरहेको रूसको दाबी « Khabarhub

रूसी सेना पुनः बाखमुतमा अघि बढिरहेको रूसको दाबी


३० बैशाख २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – रूसले शनिबार आफ्नो सेनाले युक्रेनको पूर्वी शहर बाखमुतको एक क्षेत्रमा कब्जा जमाएको जनाएको छ ।

“डोनेट्स्कको दिशामा, आक्रमण टुकडीले आर्टेमोभ्स्क शहरको उत्तर–पश्चिमी भागको एक क्षेत्रलाई मुक्त गरेको छ,” रक्षा मन्त्रालयले बाखमुतलाई यसको रूसी नामले उद्धृत गर्दै भन्यो ।

बाखमुतमा आक्रमणको नेतृत्व गरिरहेको रूसको वाग्नर अर्धसैनिक समूहका प्रमुखले नियमित रूपमा रूसी सैनिकहरू शहरको छेउछाउबाट आक्रमणलाई तीव्र पार्दै यसको केन्द्रमा रहेका आफ्ना सेनाहरूको खोजी गरिरहेको दाबी गरेपछि यो घोषणा गरिएको हो ।

यसअघि रक्षा मन्त्रालयले बाखमुतको उत्तरमा सेना पुनः तैनाथ गरेको र मोर्चाबाट सेना फिर्ता हुन सक्ने सङ्केत गरेको थियो । मन्त्रालयले शनिबार सेनाले वाग्नर सेनालाई सहयोग गरिरहेको जनाएको छ ।

मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “हवाई सेनाका एकाइले आक्रमणकारी टुकडीलाई सहयोग पु¥याएका छन् र शत्रुलाई शहरको किनारामा पु¥्याएका छन् ।”

डोनेट्स्कको पूर्वी क्षेत्रमा चासिभ यारलगायत थुप्रै बस्तीनजिक युक्रेनी सेनालाई लक्षित गरी हवाई र तोपले आक्रमण गरेको रूसी विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित मिति : ३० बैशाख २०८०, शनिबार  १० : १७ बजे

रवि-बालेन वार्तास्थलमा बाक्लो संख्यामा सञ्चारकर्मी (तस्बिरहरू)

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका

निर्वाचनको वातावरण बनाउनुपर्नेमा ओलीको जोड

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनको

जनकपुरधाममा ई-रिक्सा व्यवस्थापन लागि अध्ययन समिति गठन

जनकपुरधाम–  जनकपुरधाम उपमहानगरपालिकाभित्र चल्ने ई–रिक्साको व्यवस्थापन, सञ्चालन तथा दर्ताको विषयमा

सत्र वर्षमा ४७ लाख बढीले गरे नारायणहिटी सङ्ग्रहालय अवलोकन

काठमाडौं– शाहवंशीय राजतन्त्रको अन्त्यसँगै नारायणहिटी राजदरबार १७ वर्षअघि सङ्ग्रहालयमा परिणत

सुधनले लगाइदिए कुमार बेनको घरमा ताला, कुरा नमिलेसम्म रवि र बालेनलाई जान नदिने

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका