रूसी सेना पुनः बाखमुतमा अघि बढिरहेको रूसको दाबी « Khabarhub

रूसी सेना पुनः बाखमुतमा अघि बढिरहेको रूसको दाबी


३० बैशाख २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – रूसले शनिबार आफ्नो सेनाले युक्रेनको पूर्वी शहर बाखमुतको एक क्षेत्रमा कब्जा जमाएको जनाएको छ ।

“डोनेट्स्कको दिशामा, आक्रमण टुकडीले आर्टेमोभ्स्क शहरको उत्तर–पश्चिमी भागको एक क्षेत्रलाई मुक्त गरेको छ,” रक्षा मन्त्रालयले बाखमुतलाई यसको रूसी नामले उद्धृत गर्दै भन्यो ।

बाखमुतमा आक्रमणको नेतृत्व गरिरहेको रूसको वाग्नर अर्धसैनिक समूहका प्रमुखले नियमित रूपमा रूसी सैनिकहरू शहरको छेउछाउबाट आक्रमणलाई तीव्र पार्दै यसको केन्द्रमा रहेका आफ्ना सेनाहरूको खोजी गरिरहेको दाबी गरेपछि यो घोषणा गरिएको हो ।

यसअघि रक्षा मन्त्रालयले बाखमुतको उत्तरमा सेना पुनः तैनाथ गरेको र मोर्चाबाट सेना फिर्ता हुन सक्ने सङ्केत गरेको थियो । मन्त्रालयले शनिबार सेनाले वाग्नर सेनालाई सहयोग गरिरहेको जनाएको छ ।

मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “हवाई सेनाका एकाइले आक्रमणकारी टुकडीलाई सहयोग पु¥याएका छन् र शत्रुलाई शहरको किनारामा पु¥्याएका छन् ।”

डोनेट्स्कको पूर्वी क्षेत्रमा चासिभ यारलगायत थुप्रै बस्तीनजिक युक्रेनी सेनालाई लक्षित गरी हवाई र तोपले आक्रमण गरेको रूसी विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित मिति : ३० बैशाख २०८०, शनिबार  १० : १७ बजे

स्टेडियममा शाकिरालाई ‘किस’ खाएको भिडियो भाइरल: वास्तविकता के हो ?

काठमाडौँ – फिफा विश्वकप २०२६ अन्तर्गत डालस रङ्गशालामा अर्जेन्टिना र

रास्वपा महाधिवेशन : बाहिर भोट माग्दै समर्थक, भित्र आजै चुनावको तयारी

चितवन– चितवनमा आयोजित रास्वपा महाधिवेशनमा केन्द्रीय सदस्य चयनका लागि चुनावको

छ हजार बचतकर्ताको रकम फिर्ताका लागि आवेदन

काठमाडौं– काठमाडौं महानगरपालिकाको सहकारी विभागमा पाँच अर्ब २७ करोड रुपैयाँ

विश्वकपको रौनकबीच मेसीको जन्मदिन, अर्जेन्टिनाले भन्यो- ‘ह्याप्पी बर्थडे, क्याप्टेन !’

काठमाडौँ – विश्व फुटबलकै सर्वकालीन महान् खेलाडीमध्येका एक लियोनेल मेसी

प्रधानमन्त्री बालेनले परिवारको तस्बिर पोस्ट गर्दै लेखे ‘भिजिट चितवन, न्यानो ठाउँ’

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहले फेसबुकमा परिवारसहितको तस्बिर सार्वजनिक