कर्नाटक निर्वाचन: काङ्ग्रेस तीन स्थानमा बिजयी, १२९ मा अग्रता « Khabarhub

कर्नाटक निर्वाचन: काङ्ग्रेस तीन स्थानमा बिजयी, १२९ मा अग्रता


३० बैशाख २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – कर्नाटक विधानसभा चुनावमा भारतीय काङग्रेस (काङ्ग्रेस–आई)ले तीन सिट जितेको छ भने अन्य १२९ सिटमा अग्रता लिएको छ ।

निर्वाचन आयोगले दिएको पछिल्लो अपडेटअनुसार कर्नाटक बिधानसभामा काङ्ग्रेसले तीन सीटमा बिजय भएको छ भने १२९ सीटमा अग्रता लिएको छ । त्यसैगरी भारतीय जनता पार्टी (भाजपा)ले ६६ र जनता दलले २२ सिटमा अग्रता लिएका छन् । स्वतन्त्र उम्मेदवारले दुई सीटमा अग्रता लिएको छ ।

मतभारका आधारमा हेर्दा पछिल्लो परिणाम अनुसार काङ्ग्रेसलाई खसेको मतको कूल ४३ प्रतिशत मत र भाजपालाई ३६ प्रतिशत मत र जनता समाजवादी (सेकुलर)लाई १३.२ प्रतिशत मत प्राप्त भएको छ । भारी समर्थन देखिएपछि काङ्ग्रेसले पार्टीको दिल्लीस्थित केन्द्रीय कार्यालय र कर्नाटकस्थित क्षेत्रिय कार्यालयमा पटाका पड्काएर खुशी मनाएको छ ।

कर्नाटक विधानसधाको २२४ सदस्यका लागि यही मे १० मा सम्पन्न भएको निर्वाचनको मत गणना शनिबार बिहान ८ः०० बजेदेखि शुरू भएको थियो । राजनीतिक दलहरूको चर्को प्रचार–प्रसार भएको यो चुनाव भाजपा र काङ्ग्रेस दुवैका लागि महत्वपूर्ण छ ।

प्रकाशित मिति : ३० बैशाख २०८०, शनिबार  १० : ५८ बजे

झपट रावलले भने– बादलको प्रतिवेदन वस्तुनिष्ठ होइन, ‘व्यक्ति केन्द्रित टिपोट’ मात्रै

काठमाडौं – नेकपा एमालेका केन्द्रीय सदस्य झपट रावलले पार्टी पुनर्गठन

भोटेकोशी बाढी : नेपाल प्रहरीद्वारा ‘टिमुरे टु त्रिवेणी’ अप्रेशन सञ्चालन

काठमाडौं – भोटेकोशी बाढीबाट प्रभावितको उद्धार तथा बेपत्ता भएकाको खोजीलाई

दुई दिनमा साढे ३ लाख सिलिन्डर ग्यास भित्रियो, उपभोक्तालाई भने अझै सास्ती

काठमाडौं – पछिल्लो दुई दिनमा भारतबाट नेपालका विभिन्न नाका हुँदै

भोटेकोशी बाढी : छोराबुहारी बेपत्ता, घर फर्कने आशमा आमाबुवा

बर्दिया – रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा छोराबुहारी बेपत्ता भएपछि

सडकपेटीमा सुत्केरी : काममा खटिएका छ जना कर्मचारी निलम्बित

सप्तरी – राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा भर्ना भएकै अवस्थामा अस्पताल