कर्नाटक निर्वाचन: काङ्ग्रेस तीन स्थानमा बिजयी, १२९ मा अग्रता « Khabarhub

कर्नाटक निर्वाचन: काङ्ग्रेस तीन स्थानमा बिजयी, १२९ मा अग्रता


३० बैशाख २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – कर्नाटक विधानसभा चुनावमा भारतीय काङग्रेस (काङ्ग्रेस–आई)ले तीन सिट जितेको छ भने अन्य १२९ सिटमा अग्रता लिएको छ ।

निर्वाचन आयोगले दिएको पछिल्लो अपडेटअनुसार कर्नाटक बिधानसभामा काङ्ग्रेसले तीन सीटमा बिजय भएको छ भने १२९ सीटमा अग्रता लिएको छ । त्यसैगरी भारतीय जनता पार्टी (भाजपा)ले ६६ र जनता दलले २२ सिटमा अग्रता लिएका छन् । स्वतन्त्र उम्मेदवारले दुई सीटमा अग्रता लिएको छ ।

मतभारका आधारमा हेर्दा पछिल्लो परिणाम अनुसार काङ्ग्रेसलाई खसेको मतको कूल ४३ प्रतिशत मत र भाजपालाई ३६ प्रतिशत मत र जनता समाजवादी (सेकुलर)लाई १३.२ प्रतिशत मत प्राप्त भएको छ । भारी समर्थन देखिएपछि काङ्ग्रेसले पार्टीको दिल्लीस्थित केन्द्रीय कार्यालय र कर्नाटकस्थित क्षेत्रिय कार्यालयमा पटाका पड्काएर खुशी मनाएको छ ।

कर्नाटक विधानसधाको २२४ सदस्यका लागि यही मे १० मा सम्पन्न भएको निर्वाचनको मत गणना शनिबार बिहान ८ः०० बजेदेखि शुरू भएको थियो । राजनीतिक दलहरूको चर्को प्रचार–प्रसार भएको यो चुनाव भाजपा र काङ्ग्रेस दुवैका लागि महत्वपूर्ण छ ।

प्रकाशित मिति : ३० बैशाख २०८०, शनिबार  १० : ५८ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै