म्याग्दीको मंगलामा ‘लिफ्ट’ सिँचाइ आयोजना निर्माण  « Khabarhub

म्याग्दीको मंगलामा ‘लिफ्ट’ सिँचाइ आयोजना निर्माण 


३० जेठ २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

म्याग्दी– म्याग्दीको मङ्गला गाउँपालिका–५ पोकमा ‘लिफ्ट’ सिँचाइ आयोजना निर्माण भएको छ । मङ्गला गाउँपालिकाको आर्थिक सहयोगमा म्याग्दी नदीको पानी तानेर पोकको फाँटमा लगेर सिँचाइ गर्न थालिएको हो । तीस हर्षपावर क्षमताको पम्प प्रयोग गरेर म्याग्दी नदीको पानी ६५ मिटरमाथि तानिएको मङ्गलाका प्राविधिक नगेन्द्र सापकोटाले बताए ।

‘म्याग्दी नदीको किनारबाट ९० मिलीलिटरको पाइपबाट पानी तानेर ६५ मिटरमाथि पोकफाँटको सिरानमा पुर्याइएको छ’, उनले भने, ‘नहरबाट कृषकको खेतबारीमा पानी लगेर सिँचाइ गर्न सकिन्छ ।’ लिफ्ट सिँचाइ आयोजनाको सोमबार परीक्षण सफल भएको प्राविधिकको भनाइ छ । 

पोक म्याग्दीको मकै, गहुँ र धानबालीको भण्डार मानिन्छ । लिफ्ट सिँचाइ आयोजनाबाट पोकको ६५ हेक्टर जमिनमा सिँचाइ सुविधा पुगेको उपभोक्ता समितिका अध्यक्ष मनप्रसाद बुढाथोकीले बताए । बाउन्न घरधुरी कृषक लाभान्वित भएका छन् । हिउँदयाममा सिँचाइ अभावमा कृषकलाई खेतीबाली लगाउन समस्या परेपछि लिफ्ट प्रविधिको विकल्प अपनाइएको हो ।

बर्खायाममा मूल फुट्ने र खोल्सामा पानी आउने हुँदा सिँचाइको समस्या हुँदैन । खडेरी र हिउँदयाममा सिँचाइ अभावमा बाली सुक्ने समस्या छ । पानीको अभावमा धानको ब्याड राख्न नपाएका र खेतको मकै सुकेर क्षति ब्यहोर्नुपर्ने समस्या हट्ने पोकका कृषकको अपेक्षा छ । सिँचाइ भएपछि जमिन बाँझो राख्नुपर्ने समस्या हटेर बाह्रै महिना मौसम अनुकूलको खेती लगाउन सकिने भएको छ ।

लिफ्ट सिँचाइ आयोजना निर्माणका लागि मङ्गला गाउँपालिकाले चालु आर्थिक वर्ष २०७९–८० मा १० लाख बजेट विनियोजन गरेको थियो । पम्प, पाइप खरिद र नेपाल विद्युत् प्राधिकरणसँग समन्वय गरी नयाँ ट्रान्सफर्मर राखेर विद्युत्को व्यवस्था मिलाइएको छ । म्याग्दी नदी किनारमा आवश्यक परेको समयमा पाइप राखेर पानी तान्न मिल्ने संरचना बनाइएको थियो । आगामी वर्ष म्याग्दी नदीबाट तानेको पानी सङ्कलन गर्ने पोखरी बनाउने योजना रहेको गाउँपालिकाले जनाएको छ ।

प्रकाशित मिति : ३० जेठ २०८०, मंगलबार  ८ : १७ बजे

आज २०८३ साल असार १८ गते बिहीबारको राशिफल

काठमाडौँ – २०८३ साल असार १८ गते बिहीबार सन् २०२६

१८ वर्षमुनिका बालबालिकालाई पार्टी सदस्य बनाउने नीति नभएको रास्वपाको स्पष्टोक्ति

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रथम राष्ट्रिय महाधिवेशनमा प्रस्तुत

पौडी खेल्ने क्रममा डुबेर बालिकाको मृत्यु

दाङ – दाङको घोराहीमा सिँचाइका लागि बनाइएको ड्याममा पौडी खेल्ने

बोर्डको हिट लिस्ट : पलको सोलो सफलता, अनमोलको इन्ट्री, ९ वर्षपछि भेटियो ‘लुट २’

काठमाडौं – ७ करोडभन्दा बढी ग्रस कलेक्सन गर्ने ब्लकबस्टरको संज्ञा

श्रममन्त्रीसँग नेपालका लागि युएईका राजदूतको शिष्टाचार भेट

काठमाडौं – युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवसँग नेपालका लागि