बालुवाटारमा गठबन्धनका नेताहरूबीच छलफल  « Khabarhub

बालुवाटारमा गठबन्धनका नेताहरूबीच छलफल 


३० जेठ २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सत्ता गठबन्धन दलका नेताहरूले आज समसामयिक विषयमा छलफल गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा गठबन्धनको बैठक बस्ने, बजेटका सम्बन्धमा गठबन्धन दलका धारणालगायत विषयमा कुराकानी भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । 

छलफलमा प्रधानमन्त्री दाहालले बजेट सदनमा प्रस्तुत भइसकेको अवस्थामा केही विषय आवश्यकताअनुसार मिलाइएर जान सकिने बताएका थिए । बजेटमा प्रस्तुत विषयलाई लिएर सत्ता साझेदार नेकपा (एकीकृत समाजवाद) र जनता समाजवादी पार्टी नेपालले केही बुँदामा विमति प्रकट गरेका छन् । सोही विषयमा पनि शीर्षनेताहरुबीच छलफल भएको थियो । 

छलफलमा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवम् प्रधानमन्त्री दाहाल, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललगायत गठबन्धन आबद्ध दलका नेताहरूकाे सहभागिता रहेको थियो। 

प्रकाशित मिति : ३० जेठ २०८०, मंगलबार  २ : २२ बजे

त्रिपक्षीय रक्षा सम्झौताले क्षेत्रीय समीकरण बदल्ने इरानको दाबी

एजेन्सी– इरानले साउदी अरेबिया, टर्की र पाकिस्तानबीच गत साता भएको

द्वन्द्व ‘फ्रिज’ गर्ने प्रस्ताव अस्वीकार गर्दै रूस

मस्को- रूसले युक्रेनसँग जारी द्वन्द्वलाई तत्काल ‘फ्रिज’ वा अस्थायी रूपमा रोक्ने

सनातन हिन्दुराष्ट्र माग गर्दै काठमाडौंमा ‘साउन पैदल यात्रा’

काठमाडौं– नेपाललाई सनातन हिन्दुराष्ट्र पुनः स्थापना गर्नुपर्ने माग गर्दै काठमाडौंमा

सांसद ध्रुव राईको कटाक्ष : राष्ट्रिय मुद्दामा देश एक हुन नसक्दा विश्वले ‘कुरीकुरी’ भनेको छ

काठमाडौं– श्रम संस्कृति पार्टीका सांसद ध्रुवराज राईले राष्ट्रिय मुद्दामा एक

‘सामुदायिक वनमा आधारित उद्यमशीलता, प्रशोधन, बजारीकरण र हरित रोजगारी सिर्जना गर्छौँ’

काठमाडौं– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले सामुदायिक वनमा आधारित