रियादस्थित दूतावासमा अनलाइन प्रणालीमार्फत सेवा लिन सकिने  « Khabarhub

रियादस्थित दूतावासमा अनलाइन प्रणालीमार्फत सेवा लिन सकिने 


२८ असार २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


162
Shares
  • change font
  • change font
  • change font

दोहा : साउदी अरबको रियादस्थित नेपाली दूतावासबाट प्रदान हुने सेवाहरू अनलाइन प्रणालीमार्फत लिन सकिने भएको छ ।

दूतावासले बुधबार साँझ एक सूचना जारी गर्दै दूतावासले प्रदान गर्ने सेवालाई समसामयिक, सरल, छिटो, छरितो र प्रविधिमैत्री बनाउँदै लैजाने उद्देश्यले साउदी अरबमा रहेका नेपालीका लागि राहदानी नवीकरण, श्रम सम्बन्धी कुनै समस्या वा गुनासोको सम्बोधन लगायतका सेवा अब अनलाइन प्रणालीमार्फत लिन सकिने जनाइएको हो ।

यस्तै, श्रम स्वीकृतिको नवीकरण, सामाजिक सुरक्षा कोषमा आवद्धता, दूतावासबाट प्रक्रिया गरिएका बहिर्गमन भिसा (एक्जिट भिसा) को बारेमा अद्यावधिक जानकारी, गैरकानूनी हैसियतमा रहेकाहरूको विवरण संकलन, लगायतका अन्य सेवाहरू लिन सजिलो होस भन्ने हेतुले अनलाइन प्रणाली प्रयोगमा ल्याएको जनाएको छ ।

आफूलाई आवश्यक सेवा सम्बन्धमा थप जानकारी आवश्यक परेमा दूतावासको सम्पर्क नम्बर ०११–४६१११०८ मा बिहान ९ देखि बेलुका ५ बजेसम्म र ०११–२८८३७९५ मा दिउसो ३ बजे देखि बेलुका ५ बजेसम्म दूतावास खुला रहेको दिन सम्पर्क गर्न सकिनेछ ।

साउदीमा नेपाली कामदार बढेसँगै दूतावासमा सेवा लिन आउनेहरुलाई मध्यनजर गर्दै सेवाहरू अनलाइन प्रणालीमार्फत लिन सक्ने व्यवस्था मिलाइएको दूतावासको भनाइ छ । साउदीमा विभिन्न क्षेत्रमा गरी करिव चार लाखको हाराहारीमा नेपाली कामदार कार्यरत रहेको पाइन्छ ।

प्रकाशित मिति : २८ असार २०८०, बिहीबार  १० : १५ बजे

आज विश्व माटो दिवस मनाइँदै

काठमाडौं– ‘स्वस्थ माटोका लागि स्वस्थ सहर’ भन्ने नाराका साथ देशभर

एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै

काठमाडौं – दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शुक्रबार

प्रतिनिधिसभा निर्वाचनको तयारी तीव्र, यस्तो छ कार्यतालिका

काठमाडौं – आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा

शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८२ साल मंसिर १९ गते शुक्रबार तदनुसार